काठमाडौं-नेपालले आइसिसी विश्व ट्वान्टी–२० छनोटको अन्तिम खेलमा बर्मुडालाई २१ रनले पराजित गर्दै दोस्रो चरण पुगेर विश्वकप पुग्ने सम्भावनालाई एक कदम नजिक ल्याएको छ।
चौथो विजय हात पार्दै नेपाल समूह 'बी' अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। नेपालसँग ८ अंक छ। अफगानिस्तान र नेदरल्यान्ड्सको समान १० अंक छ। नेदरल्यान्ड्सले सबै ७ खेल खेलिसकेको छ। अफगानिस्तानले केन्यालाई पराजित गरेमा समूह विजेता बन्दै विश्व ट्वान्टी–२० लाई छानिने छ।
केन्या र स्कटल्यान्ड्को ६–६ अंक छ। प्रतियोगितामा सहभागी १६ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष ५ गरी कुल १० टोली दोस्रो चरणमा पुग्ने छन्। त्यसमा दुवै समूहको विजेता टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छानिने छन्। प्लेअफबाट बाँकी चार टोलीले विश्वकपको यात्रा तय गर्नेछ।
युएईमा भइरहेको प्रतियोगितामा शनिबार नेपालका लागि टस निकै महŒवपूर्ण थियो। नेपालले यसअघि जितेको तीनै खेल दोस्रो ब्याटिङ गरेर जितेको हो भने पहिला ब्याटिङ गरेको तीनै खेल हारेको थियो। दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपालले निर्णायक मानिएको टस गुमाउन पुग्यो। नेपालले लगातार पाँचौंपल्ट टस हारेको थियो।
पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेट गुमाई १ सय ४८ रन बनायो। जवाफमा आएको बर्मुडालाई ४ बलअघि १ सय २७ रनमा अलआउट गर्यो। एकदिवसीय विश्वकप खेलिसकेको बर्मुडामाथि ट्वान्टी–२० मा लगातार दोस्रो विजय हो। गत वर्ष कप्तान पारस खड्काको अविजित ६५ रन सहयोगमा २४ रनको विजय पाएको थियो।
युवा तीब्र बलर अविनाश कर्ण र जितेन्द्र मुखियाले प्रभावशाली प्रदर्शन गर्दै बर्मुडासँग विजयलाई निरन्तरता दिए। म्यान अफ द म्याच जितेन्द्रले ३.२ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। यस प्रतियोगिताबाटै राष्ट्रिय टोलीमा परेका जितेन्द्रले ८ विकेट लिइसकेका छन्। पारस १० र वसन्त रेग्मी ९ विकेटसहित उनीभन्दा अगाडि छन्।
अविनाशले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। प्रतियोगितामा दोस्रो खेल खेलिरहेका उनले पहिलो ओभरमै क्वामे टुकरलाई बोल्ड गरे। अर्को ओभरमा जितेन्द्रले डिओन स्टोभेललाई आउट गरे। प्रत्येक ओभरमा विकेट लिनेक्रम निरन्तरता दिँदा अविनाशले तेस्रो ओभरमा लिओनेल कान र जितेन्द्रले चौथो ओभरमा काउन्टी क्रिकेटका अनुभवी डेविड हेम्पलाई आउट गर्दा बर्मुडा १५–४ को स्थितिमा पुग्यो।
नेपाललाई मुख्य डर एलान डग्लससँग थियो। यसै वर्ष बर्मुडामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ३ मा उनकै आक्रामक शतकमा बर्मुडाले अमेरिकालाई पराजित गरेपछि नेपाल डिभिजन २ मा उक्लिएको हो। वसन्तले उनलाई १४ रनमा एलबिडब्लु आउट गरे। तर जेनेरियो टुकरले विष्फोटक ४८ रन बनाउँदै बर्मुडाको रन गति बढाए । उनले ११औं ओभरमा वसन्तलाई २ छक्का र १ चौकासहित १८ रन प्रहार गर्दा नेपालमाथी दबाब बढेको थियो।
१३औं ओभरमा सागर पुनले टुकरलाई बोल्ड गरेपछि नेपालको जिततर्फ अगाडि बढ्यो। खेलमा त्यो सागरको पहिलो ओभर थियो। १७औं ओभरमा पारसले ट्रे मेन्डर्स र कमाउ लेभोरेकलाई आउट गरेपछि नेपालको विजय निश्चित भएको हो। बोल्ड भएका मेन्डर्सले १९ र लेभोरेकले १२ रन बनाए। मालाची जोन्सलाई बोल्ड गरी जितेन्द्रले तेस्रो विकेट लिए। पारसले २ विकेट लिनेक्रममा ३ ओभरमा २३ रन खर्चे। कुनै विकेट लिन नसकेका शक्ति गौचनले ४ ओभरमा १८ रन खर्चे।
यसअघि ओपनरद्वय सुवास खकुरेल र सागरले राम्रो सुरुआत दिलाए पनि नेपालले सोचेजस्तो ठूलो स्कोर बनाउन सकेन। सागर २० बलमा २ चौका र १ छक्कासहित १९ रन बनाई आउट हुँदा नेपालको छैटौं ओभरमा ३७ रन थियो। तेस्रो नम्बरमा पठाइएका प्रदीप ऐरीले १६ बलमा १ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए। पारसले ७ रनमात्र जोड्न सके। सुवास ३५ बल खेली ३ चौकासहित ३५ रन बनाई आउट भए।
विनोद भण्डारी १३, शरद भेषावकर ७ र वसन्त १ रनमै आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रनको शानदार इनिङ्स खेल्दै नेपालको स्कोर चुनौतीपूर्ण बनाए। २२ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। अन्तिम ओभरको चौथो र पाँचौं बलमा ज्ञानेन्द्र र वसन्त आउट भए। १८औं ओभरमा १४ र १९औं ओभरमा १३ रन जोडेको नेपालले अन्तिम ७ बलमा ३ रन जोड्दा ३ विकेट गुमाएको थियो।