काठमाडौं- दुबईमा जारी एसीसी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले ४४.४ ओभर खेल्दै १३६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको भारतले २५.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। नेपालका लागि विभतु थापाले ४७ र आरिफ सेखले ४० रन जोडेका थिए। हारसँगै नेपालको अर्को चरण पुग्ने सम्भावना लगभग सकिएको छ।नेपाल शनिबारको पहिलो खेलमा पाकिस्तानसँग १३२ रनले पराजित भएको थियो।
अर्को समाचार
नेपाल भारतसँग ९ विकेटले पराजित
अर्को समाचार
भारतसँग नेपाल ७ विकेटले पराजित
काठमाडाैं-बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाल सात विकेटले पराजित भएको हो। भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लगि प्रेम तामाङले २ विकेट र सन्दिप लामिछानेले एक विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। नेपालका लागि सन्दीप सुनारले सर्वाधिक ३७ रन बनाए। त्यस्तै राजवीर सिंहले ३५, प्रेम तामाङले २९ र अरिफ शैखले २६ रन बनाए।
पहिलो ओभरमै सुनिल धमला शून्यमा आउट भए। योगेन्द्र सिंह कार्की ७ रन, राजु रिजाल रिजाल ६ रन, दिपेन्द्र सिंह ऐरी १ रन, कुशल भुर्तेल ६ रन र सुशील कँडेल ३ रन बनाए।
भारतका लागि अभेष खानले तीन विकेट लिए। मयंक डगर र वाशिंग्टन सुन्दरले २-२ विकेट लिए।
बाक्लो हुस्सुका कारण खेल ढिला भएको थियो। हुस्स्कै कारण आयोजकले २ ओभरको खेल पनि घटाएको हो।