दीपक राई (मनाङ): लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगको पहिलो चरण शीर्ष स्थानमा रहेर अन्त्य गर्दा स्ट्राइकर दीपक राईको भूमिका सबभन्दा महत्वपूर्ण रहयो।
जारी लिगमा मनाङका लागि सर्बाधिक ६ गोल गरेका दीपकले अर्को गोलको अवसर सिर्जना गरेका छन्। यसका लागि उनले पहिलो चरणका १२ मध्ये ११ खेलको उपयोग गरे। दुई पहेलो कार्डका कारण प्रतिवन्धमा रहँदा दीपकले सिमि्रक सरस्वती क्लबविरुद्धको खेल स्ट्यान्डमा विताएका थिए।
सात खेलमा पूरा समय मैदानमा विताएका दीपक बाँकी चार खेलमा भने बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका थिए।
अनुभव, मेहनत र विपक्षी पोष्टमा हावी भइरहन सक्ने छरिता दीपक हेर्दा भने लोसे देखिन्छन्। आर्मी र पुलिससँग १–१ को समान बराबरी खेल्दा दीपकले नै मनाङको तर्फबाट गोल गरेका थिए। आर्मीले मनाङ विरुद्धको खेलमा अग्रता लिइरहेको बेला गोल गरेर टोलीलाई हारबाट जोगाएका दीपकले एपिएफमाथि ३–० को जित हासिल गर्दा दुई गोल गरेका थिए।
सुलभ मास्के (मनाङ): सुलभ टोलीलाई आवश्यक परेको बेला सेन्ट्रल मिडफिल्ड र विंग्समा जम्न सक्ने खेलाडी हुन्। जारी लिगको पहिलो चरणमा सुलभले आफै ३ गोल गर्नुका साथै ४ गोलको अवसर मिलाएका छन। मनाङले ब्वाइज युनियन क्लबलाई १–० ले हराउँदा उनैले गोल गरेका थिए त्यस्तै आरसिटीलाई ४–० ले हराउँदा एक गोल गरेका सुलभले यति हिमालयन शेर्पासँग २–१ ले पराजित हुदा गोल फर्काएका थिए।
लियोन्सी डोडोज (थ्रीस्टार): आइभेरिकोस्टका स्ट्राईकर लियोन्सी डोडोजको आगमनले थ्रीस्टार थप बलियो बन्यो। डोडोजको उत्कृष्ट प्रर्दशननै कारण थ्रीस्टार उपाधि रक्षा तर्फ अगाडी बढिरहेको छ। एपिएफ र पुलिसलाई थ्रीस्टारले २–१ ले हराउँदा डोडोजले नै निर्णायक गोल गरेका थिए। मछिन्द्रसँग थ्रीस्टारले २–२को बराबरी खेल्दा दुबै गोल डोडोजले गरेका थिए। आरसीटीलाई मनाङले ३–० ले हराउँदा डोडोजले १ गोल थपेका थिए। तर थ्रीस्टारले सुपर सिक्समा डोडोजको साथ पाउने छैन। मनाङ विरुद्धको खेलमा घाइते भएका डोडोजले सुपर सिक्सका खेलहरु खेल्ने सम्भावना निकै कम छ। उनले कम्तिमा तीन हप्ता मैदानमा उत्रन सक्नेछैनन। थ्रीस्टारले लिगको तिन खेल खेलिसकेपछि डोडोज थ्रीस्टार टिममा थपिएका थिए। उनले १० खेलमा ५ गोल र २ गोलका लागि अवसर बनाए। ८ खेल डोडोजले पुरा समय खेले।
राजेन्द्र रावल (एपिएफ): पछिल्ला वर्ष रेलिगेसनबाट जोगिन संघर्ष गर्ने गरेको एपिएफले यसपल्टको लिगमा आफनो छबि सुर्धार गदै सुपर सिक्समा पर्न सफल भएको छ। एपिएफलाई सुपर सिक्समा पुराउन मिडफिल्डर राजेन्द्र रावल जस्ता खेलाडीले महत्वपुर्ण भुमिका निर्वाह गरे। राजेन्द्र जारी लिगमा फिटनेशमा राम्रो देखिएका खेलाडी हुन्। फिटनेशकै कारण राजेन्द्र प्रशिक्षक कृष्ण थापाको पहिलो रोजाईमा पर्दे आएका छन्। एपिएफले पहिलो राउन्ड खेलेको सबै १२ खेलमा राजेन्द्र मैदानमा थिए। राजेन्द्र पहिलो राउन्डका सबै १२ खेल खेले। १२ खेलमै पुरा समय मैदानमा रहेका राजेन्द्रले ३ गोल गरेका छन्। आर्मीविरुद्धको गोल राजेन्द्रले लिगमा गरेको महत्वपुर्ण गोल हो। आर्मीले १–० ले अग्रता लिईरहेका बेला राजेन्द्रले गोल फर्काउदै खेल बराबरी गरेका थिए। एपिएफले जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दा राजेन्द्रले २ गोल गरेका थिए।
योहान कालिन (मछिन्द्र): मछिन्द्रका स्विडेन प्रशिक्षक योहान कालिन सालिन छबि बनाएका प्रशिक्षक हुन्। हरेक खेलमा सकारात्मक अभिब्यक्ति दिने गरेका योहानको प्रशिक्षणमा मछिन्द्र सुपर सिक्स पुग्यो।
लिगमा एकनासको खेल खेल्ने टोलीमा मछिन्द्र यसपल्ट लिगमा अगाडी पर्छ। स्टार खेलाडी बिना नै मछिन्द्रले लिगको हरेक खेलमा सुधारात्मक खेल खेल्दै आएको छ। १२ खेलमा मछिन्द्रले ५ जित, ४ बराबर र ३ खेलमा पराजित हुदै १९ अंकका साथ लिग अंक तालिकाको पाँचौ स्थानमा छ। मछिन्द्रले थ्रीस्टारलाई २–२ को बराबरी, आर्मीलाई १–१ को बराबरीमा रोकेको थियो। मनाङलाई २–१ ले हराएको हिमालयन शेर्पालाई मछिन्द्रले ४–१ ले पराजित गरेको थियो। जारी लिगमा मछिन्द्रले हारेको सबै ३ खेलमा ०–१ ले पराजित भएको छ। पहिलो चरणमा मछिन्द्रले फ्रेन्डस, पुलिस र मनाङसँग १–० ले हारेको थियो।