काठमाडौं– आयोजक सैनिक आवासीय महाविद्यालय र नेपाल पुलिस स्कुल सातौं प्रधानसेनापति कप अन्तरस्कुल रनिङ सिल्ड क्रिकेटको सेमिफाइनल पुगेका छन्। घरेलु मैदानमा सोमबार सैनिक स्कुलले वृहस्पति स्कुललाई ९२ रनले पराजित गर्योट। अर्को खेलमा नेपाल पुलिसले डिएभीविरुद्ध ८८ रनको विजय पायो।प्लेयर अफ द म्याच विष्णु कुमालको अर्धशतकमा टस हारेको सैनिकले २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रन जोड्यो। ओपनर विष्णुले ५३ बलमा ५ चौकासहित ५४ रन बनाए। अर्का ओपनर अपूर्व शर्माले १५, मनोज पण्डितले ३१ रन र दिनेश धनुकले २४ रन जोडे। भुवन सापकोटा १० रनमा अविजित रहे। वृहस्पतिका आशिर भुसाल र मनिष पाण्डेले १–१ विकेट लिए।
जवाफमा वृहस्पति १९.२ ओभरमा ५९ रनमा अलआउट भयो। कप्तान प्रतिकले १६ र आशिष खनालले १२ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। सैनिकका सौरभ पिला र सरोज डल्लाकोटीले २–२ विकेट लिए।
अर्को खेलमा टस जितेको पुलिसले २० ओभरमा ६ विकेट गुमाई १ सय २० रन जोड्यो। दिनेश थापाले ३२ र अमित अधिकारीले ३० रन जोडे। डिएभीका सुजल गुप्ताले २ विकेट लिए। प्लेयर अफ द म्याच पुलिसका दियान सुनुवारले घातक बलिङ गरेपछि डिएभी १२.२ ओभरभित्र ३२ रनमै अलआउट भयो। दियानले ४ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर ४ विकेट लिए। डिएभीका खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। आशुतोष घिरैया र हर्ष केन्डाइले ५–५ रन बनाए। पुलिसका अमित अधिकारीले ९ रन खर्चेर ३ र सुरज चौधरीले २ विकेट लिए।