काठमाडौं– नेपाल पुलिस क्लब र सैनिक आवसीय महाविद्यालय ‘बी' ले आठौं प्रधानसेनापती अन्तर स्कुल रनिङ क्रिकेटमा बुधबार जित हात पारेका छन। आर्मी स्कुल मैदान मैदानमा नेपाल पुलिसले आइडियल स्कुललाई ५३ रनले पराजित गर्यो। अर्को खेलमा आयोजक सैनिकले ग्यालेक्सी स्कुललाई ११ रनले हरायो।लगातार २ खेल जितेको पुलिस ४ अंक सहित समूह ‘बी' को शिर्ष स्थानमा छ। यसैगरी समूह ‘सी' मा दुइ खेल जितेको सैनिक पनि ४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा छ।
बुधबार टस जितेको पुलिसले २० ओभरमा १ सय रन बनायो। प्लेयर अफ द म्याच पुलिसका लागि दिपेन्द्र्र खत्रीले २३, अमित अधिकारीले १९ र सविन जोशीले १८ रन बनाए। दिपेन्द्रले ३० बलमा १ चौंका प्रहार गरेका थिए।
आइडियलका सतब्य आर्चायले ४ ओभरमा २५ रन खर्चेर ३ तथा विष्णु सुवेदीले २ विकेट लिए। जवाफमा आइडियल १८.२ ओभरमा ४७ रनमा अलआउट भयो। आइडियलका रौनक ढुंगानाले अविजित २१ रन बनाए। रौनकले ४६ बलमा २ चौका प्रहार गरे। पुलिसका सुरज चौधरीले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ४ विकेट लिए। सुभम चौधरीले ३ ओभरमा १५ रन खर्चेर २ विकेट हात पारे।
यसैगरी अर्को खेलमा टस हारेको सैनिकले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५ रन बनायो। अविजित रहदै सैनिकका समित श्रेष्ठले २१ र बबिन मगरले १६ रन बनाए। प्रितम थापाले १२ र अशिम मल्लले ११ रन जोडे। ग्यालेक्सीका प्रदिप शाहले २ विकेट लिए।
जवाफमा ग्यालेक्सी २० ओभरमा ९४ रनमा अलआउट भयो। ग्यालेक्सीका मोहम्मद नौसदले अविजित ३० रन बनाए। उनले २० बलमा ४ चौंका प्रहार गरेका थिए। ह््रदिीन श्रेष्ठले १९ र सम्राटजंग कार्कीले १२ रन बनाए।
प्लेयर अफ द म्याच सैनिक आवसीयका अशिम चौलागाईले ३ विकेट लिए। आशिषले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चे। भविन मगर र दिपक न्यौपानेले समान २ विकेट लिए।