एनपिएल लिग क्रिकेट हुने
१२ फागुन २०७०
•
५ मिनेट पाठ
एनपिएल लिग क्रिकेट हुने
काठमाडौं– एनसेल नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको मुख्य प्रायोजनमा हुने प्रतियोगिता दुईदिवसीय, एकदिवसीय र ट्वान्टी–२० मा गरी तीन विधामा खेलाइने छ। चैतमा सुरु भई प्रतियोगिता जेठमा टुंगिने छ।जोहरा स्पोर्टस म्यानेजमेन्टले नेपाल क्रिकेट संघको प्राविधिक सहयोगमा आयोजना गर्ने प्रतियोगिताको दुईदिवसीय खेल धनगढी, एकदिवसीय विराटनगर र ट्वान्टी–२० काठमाडौंमा हुनेछ। आयोजक जोहराका अनुसार एकदिवसीय खेल म्याटमा खेलिनेछ। 
इन्डियन प्रिमियर लिगको शैलीमा गरिन लागेको प्रतियोगितामा पञ्चकन्या समूहको तेज, टेलिटक प्रालिको कलर्स एक्स फ्याक्टर्स, विशाल समूहको विशाल ग्रुप वारियर्स, कान्तिपुर पब्लिकेशनको कान्तिपुर गोर्खाज, शंकर समूहको जगदम्बा जायन्टस र घोराही सिमेन्टको सगरमाथा लेजेन्ड्सले सहभागिता जनाउने छन्। शरद भेषावकरले तेज, ज्ञानेन्द्र मल्लले कलर्स, पारस खड्काले विशाल ग्रुप, वसन्त रेग्मीले कान्तिपुर, शक्ति गौचनले जगदम्बा र विनोद भण्डारीले सगरमाथा समूहको प्रतिनिधित्व गर्नेछन्। 
प्रत्येक टोलीको स्वामित्व अवधि २ वर्ष हुनेछ। खेलाडीहरू कुन कम्पनीमा रहने केहीपछि जानकारी गराइने आयोजकले जनाएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको टोलीको संरचना बनाउन खेलाडी छनोट गर्नेछन्। प्रत्येक टोलीका म्याच कप्तानलाई ५ हजार, राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई २ हजार ५ सय र क्षेत्रीय खेलाडीलाई १ हजार म्याच फी आयोजकले दिनेछ। 
सहभागी कम्पनीले टोली खरिदवापत आयोजकलाई १५ लाख तिरेको जोहराका प्रबन्ध निर्देशक अमिर अख्तरले बताए। आयोजकले टोली तयारीवापत प्रत्येक टोलीलाई २ लाख प्रदान गर्नेछ। प्रत्येक टोलीमा १६ खेलाडी राख्न पाउने प्रावधान बनाइएको छ। त्यसमा २ विदेशी खेलाडी राख्न पाइनेछ। टोलीमा राष्ट्रिय खेलाडीबाहेक यु–१९ र क्षेत्रीय खेलाडी हुनेछन्। टोली स्वामित्व लिने कम्पनीले चाहेमा खेलाडीको व्यक्तिगत वा सामूहिक इन्डोर्समेन्ट/विज्ञापन अनुमोदनबाट थप रकम प्रदान गर्न सक्ने आयोजकले जनाएको छ।
एकदिवसीय र ट्वान्टी–२० विजेताले २ र उपविजेताले १ लाख रुपैयाँ तथा दुइदिवसीय विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने छन्।
एनसेल एनपिएलले नेपाली क्रिकेट र खेलाडीलाई व्यावसासिक रूपमा अगाडि बढ्न ठूलो भूमिका खेल्ने निर्देशक अख्तरले बताए। 'एनपिएलले नेपाली क्रिकेट विकासमा थप सहयोग गर्नेमा हामी विश्वस्त छौं। यस्तो प्रतियोगिताले नयाँ र राम्रो खेलाडी पहिचान गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ,' एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'अहिलेलाई हामीले एक वर्ष प्रतियोगिता आयोजना गर्ने निधो गरेका हौं।'
क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङले घरेलु क्रिकेटलाई कसरी पुनर्संरचना गर्ने भन्ने समस्यामा जुधिरहेको अवस्थामा एनसेल एनपिएल आएको बताए। प्रशिक्षक दासानायकेले खेलाडीलाई तिखार्न प्रतियोगिताले ठूलो भूमिका खेल्ने बताए। धनगढीमा चैतबाट दुईदिवसीय खेलसँगै प्रतियोगिता सुरु हुनेछ। नेपाली टोली बंगलादेशमा विश्व ट्वान्टी–२० मा सहभागी भएर आएपछि प्रतियोगिता हुने हो।


अर्को समाचार
एनपिएल ट्र्यालमा आरिफ छनोट
१३ वैशाख २०७१
•
३ मिनेट पाठ
एनपिएल ट्र्यालमा आरिफ छनोट
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट 'डेब्यु' गर्नेक्रममा रहेका युवा खेलाडी आरिफ शेख एनसेल प्रिमियर लिग (एनपिएल) को पहिलो ट्रयालमा छनोट भएका छन्।वैशाखको अन्तिम साता धनगढीबाट एनपिएल प्रारम्भ हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) र जोहरा इन्टरनेश्नलले एकदिवसीय, ट्वान्टी–२० र दुइदिवसीय गरी तीन विधामा आयोजना गर्न लागिएको एनपिएलमा ६ टोली सहभागि हुँदैंछन्। 
सवै टोलीले यसअघि १३–१४ खेलाडीलाई आवद्ध गरिसकेका छन्। डिसेम्बरमा युएईमा भएको एसिसी यू–१९ एसिया कपमा नेपालबाट ३ खेलमा सवैभन्दा बढी १ सय १३ रन बनाएका आरिफ यो सुचिमा थिएनन। आरिफले पाकिस्तानविरुद्ध २५, भारतविरुद्ध ४० र युएईविरुद्ध ४८ रन बनाएका थिए।
यसै साता सम्पन्न राष्ट्रिय प्रतियोगिताको म्यान अफ द सिरिजमा चुनिदैं आरिफ मलेसियामा आउँदो हप्ता सुरु हुने एसिसी प्रिमियर लिगका लागि नेपाली टोलीमा छानिएका थिए। उनले राष्ट्रियउ प्रतियोगिताको ६ खेलमा २ सय ६१ रन बनाउनुका साथै बलिङमा उनले १५.३६ को औषतमा ११ विकेट लिएका थिए, जसमा इकोनोमी ३.४७ थियो।
'पहिलो सुचिमा उनको नाम छुटेको थियो। त्यसैले औपचारिकता पुरा गर्न उनलाई आज ट्रायलमा बोलाइएको थियो, उनले नेट्समा ८–१० बल ब्याटिङ गरेपछि छनोट गरेका हौं,' नेसनल क्रिकेट एकेडेमी (एनसिए) का प्रशिक्षक विनोद दासले भने। ट्रायलका लागि क्यानले एनसिएका प्रशिक्षकहरु दाससहित राजु बस्न्यात र कलाम अलीलाई जिम्मेवारी तोकेको थियो। त्यसमा राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको उपस्थितिमा खेलाडी छनोट गरिएको थियो।
शनिबार ट्रायल दिन कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा झन्डै १ हजार ४ सय खेलाडी आएको दासले बताए। पहिलो चरणमा छनोट गरिएकाबाट सोमबार दोस्रो तथा अन्तिम चरणको ट्रायलपछि ३० खेलाडीको हाराहारीमा झारिने उनले बताए। त्यसमध्ये एनपिएलमा खेल्ने ६ क्लबले कम्तिमा ३–३ खेलाडी लिने सम्भावना रहेको दासले बताए। 
शनिबार पहिलो चरणमा छनोट भएका खेलाडीमा परिचित अनुहारमा सुरज केसी, राज मोहम्मद, शंकर राना, चन्दन झा, सुरज प्रसाद कुर्मी, अर्जुन अधिकारी, लालबहादुर अधिकारी, रुपेश शर्मा, प्रकाश विष्ट, सुमन उदय, सोनु तामाङ, विजय गौतम, इन्द्रकमल मानन्धर, रविन जोशी, दीपेन्द्र चन्द, समिर थापा, रितेश सिंह, कालिचरण यादव, कुलश भुर्तेल छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस