नवीन रसाईली र पार्वती गुरुङ पाँचौं संस्करणको पोखरा स्पोर्टस अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार वितरण गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ कराँतेका रसाइली र महिलातर्फ तेक्वान्दोकी गुरुङले वर्ष सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
उत्कृष्ट तीन मनोनयनमा परेका नवीनले विनेश खनिया (टेबलटेनिस) र सुमन अर्याल (फुटबल)लाई पछि पार्दै सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फको अवार्ड जिते । उनी तेह्रौ दक्षिण एशियाली खेलकुद (साग)का गोल्ड मेडलिस्ट हुन् । त्यस्तै, पार्वतीले जमुना थापा (साइक्लिङ) र प्रशंसा क्षेत्री (तेक्वान्दो)लाई पछि पार्दै अवार्ड जितिन् । उनीपनि तेह्रौं सागकी स्वर्ण पदक बिजेता हुन् । सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष दुबैले जनही दुईलाख रुपैयाँसहित अवार्ड प्राप्त गरे । उदीयमान वर्ष खेलाडी विधामा स्विमिङकी दुवाना लामाले अवार्ड जितिन् । लामाले प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट)लाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा बक्सिङका सुरेश मल्ल ठकुरीले अवार्ड जिते । उनले आनन्द कुँवर (पौडी) र किरण श्रेष्ठ (फुटबल)लाई पछि पार्दै अवार्ड जितेका हुन् । उत्कृष्ट प्रशिक्षक ठकुरी र उत्कृष्ट उदीयमान खेलाडी बनेकी दुवानाले जनही ३५ हजार रुपैयाँसहित अवार्ड हात पारे ।
मञ्चले वर्ष उत्कृष्ट संघ विधामा कास्की जिल्ला आर्चरी संघलाई अवार्ड प्रदान गरेको छ । पछिल्लो एकवर्ष भित्र संघले गरेका खेलकुदका गतिविधि, प्रशिक्षण तथा खेलाडी उत्पादन सहित खेल पूर्वाधार निर्माणमा गरेको प्रगतिका आधारमा आर्चरी संघलाई उत्कृष्ट खेल संघ छनौट गरेर मञ्चले अवार्ड प्रदान गरेको हो । संघलाई पनि नगद ३५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरियो । अवार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितले अवार्ड प्रदान गरे ।
लाईफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई
खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अन्तर्राष्ट्रिय खेलाडी आनन्द रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीलगायतले लाईफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका रञ्जितलाई चाँदीबाट निर्मित ट्रफी, सम्मानपत्र, दोषल्ला, माला लगाएर सम्मान गरेका थिए ।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित रञ्जितले झण्डै ५ दशक फुटबलमा बिताएका छन् । उनी फुटबलका पूर्व राष्ट्रिय टिमका सदस्य हुन् । २०३८ सालमा फुटबलको राष्ट्रिय टिममा परेका उनले २०३१ सालदेखि २०४५ सालसम्म झण्डै डेढदशक गण्डकी अञ्चलको कप्तानी सम्हालेका थिए । रञ्जितले महेन्द्र पुलिस क्लव, न्यूरोड टिम (एनआरटी)लगायतबाट पनि खेलेका थिए । उनी सन २००३ सालमा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाईल्याण्ड गएका थिए ।
नागरिककर्मी श्रेष्ठलाई उत्कृष्ट पत्रकारको अवार्ड
उत्कृष्ट खेल पत्रकारिता अवार्ड जितेका नागरिककर्मी सन्देश श्रेष्ठ । तस्बिर : उमेश पुन/नागरिकवर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड विधामा नागरिककर्मी सन्देश श्रेष्ठले अवार्ड जिते । उनी वर्ष उत्कृष्ट खेल पत्रकार २०७६ हुँदै अवार्ड हात पारेका हुन् । त्यस्तै सोहि विधाको वर्ष २०७७ उत्कृष्ट खेल पत्रकारको अवार्ड अर्का खेल पत्रकार केशव पाठकले हात पारे । वर्षभरिको खेल रिपोर्टिङको आधारमा अवार्ड जितेका उनीहरुलाई जनही ३५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो। स्पोर्टस अवार्डमा मञ्चले २६ लाख ९९ हजार १२ रुपैयाँ विभिन्न शीर्षकमा आम्दानी गरेका जनाएको छ। त्यसैगरी २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।
मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो। अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिईएको थियो।
सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो। अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेकी थिइन। अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोरकुमार गुरुङ घोषित भएका थिए।
लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो। यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरिएको थियो।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...