'मेरो शैली यही नै हो'
०४ चैत्र २०७०
•
५ मिनेट पाठ
'मेरो शैली यही नै हो'
चित्तागोङ-१० वर्षपछि चित्तागोङ फर्किदा शक्ति गौचनले त्यही अनुभव बटुले, जुन यसअघि उनको खेलजीवनकै सबैभन्दा स्मरणीय थियो। उनले नेपालको पहिलो ट्वान्टी– २० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट खेलाडी बन्न पाएको सौभाग्य अन्य खेलाडीका लागि ठूलो सपना हुनसक्छ।




शक्तिले आइतबार कसिलो बलिङ गर्दै ३ विकेट लिई नेपाललाई ट्वान्टी–२० विश्वकपमा विजयी सुरुआत दिलाएका थिए। सन् २००४ मा शक्ति नेपालको कप्तान भएर आइसिसी यु–१९ विश्वकप खेल्न चित्तागोङ आएका थिए। उनले संयमित भएर खेली अविजित ५१ रन बनाउँदा नेपालले दक्षिण अफ्रिकामाथि १ विकेटको अप्रत्यासित विजय पाएको थियो।

हङकङमाथिको विजय कुनै अप्रत्यासित नभए पनि विश्वकपको पहिलो खेल भएकाले नेपाल र शक्ति दुवैका लागि स्मरणीय बन्यो। शक्तिले ४ ओभरमा ९ रनमात्र खर्चेर ३ विकेट लिए। ब्याट्सम्यान हाबी हुने ट्वान्टी–२० मा यो बलिङ प्रदर्शन राम्रो हो।

'यस्तो ठूलो प्लेट फर्ममा खेल्न पाउनु नै महत्वपूर्ण छ। अनि त्यसमा आफूले राम्रो योगदान गर्न पाएको क्षण म वर्णन गर्न सक्दिनँ। मैले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको १४ वर्ष भयो। पहिलो दिनदेखि विश्वकप लक्ष्य बनाएको थिएँ। त्यो पूरा गरेको छु,' सोमबार अभ्यासका क्रममा शक्तिले भनेका थिए।

प्रत्येक विकेट लिएसँगै शक्ति लामो रनअप लिएर दौडिँदै साथीहरूसँग अंगालो मार्ने गर्थे। 'मैले पछिल्लो केही समय राम्रो खेलेर पनि विकेट लिन सकेको थिइनँ। टिम मिटिङमा पनि प्रशिक्षकले सिनियर खेलाडीले जिम्मेवारी लिनुपर्छ भन्नु भएकाले इख लिएर खेलेको थिएँ,' शक्ति लजाए, 'सायद बढी जोशिएर होला विकेटको खुसी बढी मनाएछु। तर, मेरो शैली यही नै हो।'

शक्ति राष्ट्रिय टोलीबाट ह्याटि्रक विकेट लिने एक्लो खेलाडी हुन्। उनले २०११ मा डेनमार्कविरुद्ध ह्याटि्रक गरेपछि छाती मैदानमा घिसारेर मनाएको खुसी नेपाली क्रिकेटकै उत्कृष्ट 'सेलिब्रेसन' मा पर्छ। विदेशी फुटबल पनि हेर्ने हुनाले छातीले भूइँ बजार्दै खुसी मनाएको शक्तिको तर्क थियो। आइतबार छाती भूइँमा बजार्नुबाहेक शक्तिको खुसी मनाउने शैली सबै दुरुस्तै थिए।

शीत र विकेटमा घाँस भएकाले पनि सोचेजस्तै बलिङ गर्न सकेको शक्ति बताउँछन्। शक्तिले यु–१९ मा दक्षिण अफ्रिकाविरुद्ध म्यान अफ द म्याच प्रदर्शन गरेको एमए अजिज रंगशालाभन्दा ठूलो मैदान र ठूलै प्रतियोगितामा अर्को उत्कृष्ट प्रदर्शन गरेका हुन्।

शक्तिसँगै उपकप्तान ज्ञानेन्द्र मल्लले छोटो समयलाई भए पनि गौरवपूर्ण उपलब्धि आत्मसात गरे। आउट हुनुअघिसम्म रंगशालाको स्कोर बोर्डसँगै आधिकारिक वेबसाइटहरूमा ज्ञानेन्द्रले ५० रन जोडेको देखाइएको थियो। सच्चिएर नआएको भए नेपाली खेलाडीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मात्र नभई ज्ञानेन्द्रको पनि अन्तर्राष्ट्रिय खेलजीवनमा पहिलो अर्धशतक हुने थियो। पहिलो इनिङ्सका क्रममा आयोजकले ज्ञानेन्द्रको स्कोर सच्याउँदै ४८ रन बनाएको थियो।

नेपालबाट ४३ आधिकारिक खेल खेल्दा ज्ञानेन्द्रले कुनैमा अर्धशतक बनाउन सकेका थिएनन्। पछिल्ला ट्वान्टी–२० खेलहरूमा ठूलो स्कोर बनाउन नसक्दा ज्ञानेन्द्र आफै दबाबमा थिए। '१०–२० रन भए पनि टिमको लागि योगदान दिएको थिएँ,' मिडियासँग कम बोल्ने ज्ञानेन्द्रले भने, 'ठूलो स्कोर बनाउन विश्वकपमा साइत जुरेजस्तो भयो।'

अभ्यास खेलहरूमा देखाएको उत्कृष्ट प्रदर्शनलाई ज्ञानेन्द्रले निरन्तरता दिएका मात्र हुन्। नेपालले विश्व ट्वान्टी–२० अघि खेलेको ४ अभ्यास खेलमा ज्ञानेन्द्रले नेदरल्यान्ड्सविरुद्ध ३९, युएईविरुद्ध ५९, आयरल्यान्डविरुद्ध ४७ र युएईविरुद्ध ९ रन बनाएका थिए।
अर्को समाचार
बदलिँदो बिहार शैली
१२ फागुन २०६८
•
१२ मिनेट पाठ
बदलिँदो बिहार शैली
बिहारी शैली। डेढ दशकअघि नेकपा (एमाले) ले नेपाली कांग्रेसको राजनीतिक शैलीलाई यही संज्ञा दिन्थ्यो। चुनावमा बुथ-डकैती, गलत प्रचार, अव्यवस्था, गरिबी, भ्रष्टाचार र अविकासको नमुना थियो भारतको बिहार प्रदेश। भिडतान्त्रिक राजनीतिलाई गाली गर्न नेपालको पूर्व मोरङदेखि चितवनसम्मको दक्षिणी सीमा जोडिने समथर भूभाग बिहारको खिल्ली उडाइन्थो।




दक्षिण एसियामै हेयका दृष्टिले हेरिने बिहारको शैली नितिशकुमार मुख्यमन्त्री भएपछि अनुकरणीय हुन थालेको छ। आर्थिक वृद्धिदर १२ प्रतिशतभन्दा बढी भएपछि बिहारतिर संसारकै ध्यान तानिएको छ। 'गंगा मैदान' का बासिन्दाको इज्जत बढेको छ। त्यो पनि केबल गत सात वर्षको प्रयत्नमा। बिहारको उन्नति सुनेर विश्व समुदाय आश्चर्यचकित छ। कतिपय त पत्याउनै तयार छैनन्। प्रश्न गरिरहेका छन्, यो वृद्धि नक्कली त होइन?
सन् २००५ को विधानसभा चुनावअघिसम्म लालुप्रसाद यादव नेतृत्वको 'राष्ट्रिय जनता दल' को यस्तै दबदबा थियो। त्यो बेला एउटा भनाइ निकै प्रचलित थियो, 'जब तक रहेगा समोसा मे आलु, तब तक रहेंगे बिहार मे लालु।' यादवले जातीय राजनीति गरेर पकड जमाएका थिए जसलाई पहिचानको राजनीति नाम दिइन्थ्यो। नितिश कुमारको जनता दल (युनाइटेड) ले त्यसलाई शल्यक्रिया गर्न विकासको नारा थिए। विकासलाई त्यहाँका जनताले पछ्याए। पहिचानको राजनीतिलाई विकासको अर्थात् सामर्थ्यको राजनीतिले परास्त गर्‍यो। सन् २००५ को नोभेम्बर २४ देखि उनी मुख्यमन्त्री छन्। अहिले दोस्रो कार्यकाल हो।
विद्यार्थी आन्दोलनबाट आएका कुमार र यादव दुवै समाजवादी नेता जयप्रकाश नारायणका चेला थिए। अत्यन्त मिल्ने र एकै दलमा रहेर काम गरेका यी दुईबीच १९९४ मा फुट भयो। अनि त्यसको एक दशकभित्र कुमारले यादवलाई किनारा लगाए। अघिल्लो कार्यकालमा सामान्य बहुमतको सरकारका मुख्यमन्त्री कुमारले दोस्रो पटक सन् २०१० को नोभेम्बरको चुनावमा अत्यधिक बहुमत पाए। बिहार विधानसभाको कुल २ सय ४३ मध्ये नितिशको गठबन्धनले २ सय ६ सिट जित्यो। लालुको पार्टीले २२ सिटमात्र। कुमार पहिलो पटक सन् २००० मा सात दिन मुख्यमन्त्री भएका थिए। जारी विकास आयोजनाहरू निष्कर्षमा पुग्दा बिहारको स्वरुप आधुनिक सभ्य विकसित देशको स्तरमा पुग्छ। राजधानी पटना पनि अन्तर्राष्ट्रिय स्तरको आधुनिक सहरको दाँजोमा पुग्छ।
अहिले सिंगै बिहार पुनर्निर्माणको राजमार्गमा हुइँकिँदैछ। जनकपुर दक्षिणको भारतीय सीमा जलेश्वरपारिपट्टि भिट्टामोडबाट सडक मार्ग हुँदै पटनासम्म करिब छ घण्टा लामो सडक यात्रामा एउटा पनि यस्तो भाग भेटिएन, जहाँ सडक निर्माण भइरहेको नहोस्। दशगजानजिकैबाट सीतामढीतर्फ बढ्दा सुरुमा ग्रामीण सडक आयो। त्यहाँ पिच सडक विस्तार भइरहेको थियो । त्यसमा 'प्रधानमन्त्री ग्रामीण सडक कार्यक्रम' अन्तर्गत काम गरिरहेको थियो। त्यहाँ पर्ने अधिकांश पुराना फलामे पुल जीर्ण थिए, डाइभर्सन बनाएर चलाइएका छन्। पुलका पुनर्निर्माण धमाधम छ। सीतामढी जिल्लाभरि पनि सडक विस्तार र पुल निर्माण थिए। निर्माण र पुनर्निर्माणको व्यापक रूप भने मुजाफ्फरपुर पुगेपछि देखियो। त्यहाँ नेपालमा देखिनेभन्दा तीन गुणा लामा मालबाहक ट्रकका ताँतीले सडक जाम थियो। रेल आउने बेला सडक अवरुद्ध हुने समस्या हल गर्न त्यहाँ 'फ्लाइओभर' बनिरहेको छ। अहिले भइरहेको सडकलाई दोब्बरभन्दा ठूलो बनाउने गरी 'हाइवे' निर्माण पटनासम्मै भइरहेको छ। हाजिपुरमा पनि अर्को 'फ्लाइओभर' निर्माणाधीन छ। आठ लेनको बन्ने तयारी भइरहेको राजमार्गछेउ कुनै घर थपिएका देखिन्नन्। सात किलोमिटर चौँडा फैलिएको गंगा नदीमा पनि वैकल्पिक पुल बनिरहेको छ। अहिलेको महात्मा गान्धी सेतु पटनाको उत्तरपूर्वी भागमा छ। नयाँ सेतुले पश्चिमी पटना जोड्छ।
मगधको ऐतिहासिक राजधानी पाटलीपुत्र अर्थात् आधुनिक पटनाको मुटुका सडक केही समयमै दुईतले हुनेछन्। रेलको सञ्जाल त छँदैछ। राजधानीका सडकमा अहिले पनि बीचमा पुल छ। चोकहरूमा 'फ्लाइओभर' छन्। केही तयार भइसके, केही निर्माणाधीन छन्। पाँच-छ तलाभन्दा ठूला घर र अपार्टमेन्टहरू देखिन्नन् सहरमा। सहरमा साना गल्ली छैनन्। त्यहाँका अधिकांश भित्री सडकको चौँडाइ पनि काठमाडौँको माइतीघर-तीनकुनेको जत्रो छ। घर सडकसँग टाँसिएका पनि देखिँदैनन्। पटनाको केन्द्रबाट आठ किलोमिटर टाढा अन्तर्राष्ट्रिय विमानस्थल छ।
बिहार पनि नेपालजस्तै कृषिप्रधान प्रदेश हो। त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २६ प्रतिशत छ। करिब ८० प्रतिशत जनता प्रत्यक्ष/परोक्ष कृषिमा आश्रित छन्। अहिलेसम्म १०.५ प्रतिशत बिहारमात्र सहरीकरण भएको छ, ९० प्रतिशत ग्रामीण क्षेत्र छ। त्यहाँ बिजुलीको अभाव छ, बेरोजगारी पनि छ। उद्योगबिना विकास हुन्न भन्ने मुख्यमन्त्री नितिश कुमारले राम्ररी बुझेको त्यसको पूर्वाधारमा ध्यान दिएकोले पनि देखाउँछ। त्यसैले सडक र पुल निर्माणमा तीव्रता छ। सन् २०१०-११ मा मात्र ११५८ करोड ४२ लाख भारतीय रुपियाँ पुल निर्माणमा खर्च गरेको छ। २००४ मा यस शीर्षकमा ४२.६२ करोडमात्र थियो। सन् २०१०-११ मा सडक निर्माणमा खर्च ४०४९.०८ करोड भारु खर्च गर्‍यो। सन् २००४-५ मा ३ सय ८५ किलोमिटर सडक बनेकोमा २००९-१० मा यो दस गुनाभन्दा बढी ३४ सय ७५ किलोमिटर बन्यो। अघिल्लो वर्ष ३१ सय ६ कलोमिटर सडक बनेको थियो। अपराध नियन्त्रणमा पनि नितिश सरकारले कसरी काम गर्‍यो भने जनवरी २००६ देखि सेप्टेम्बर २०१२ सम्ममा ६५ हजार ८ सय १९ अपराधीले सजाय पाए, जसमध्ये १० हजार ९ सय २८ जना आजीवन कारावास भोगिरहेका छन्। सन् २००४ मा राजमार्ग डकैतीका घटना १८ सय ७५ भएका थिए भने २०१० मा २ सय ७ मात्र।
दक्ष जनशक्ति नै उद्योगीकरणको अर्को सर्त हो। त्यसैले प्राविधिक शिक्षा र तालिममा जोड दिइएको छ। योग्य र स्वतन्त्ररुपमा क्षमता देखाउन प्लस टुसम्मको शिक्षा जरुरी छ भनेर सरकारले जोड दिएको छ। सन् २००६ मा 'पञ्चायत र बिहारमा विद्यालय शिक्षा' भन्ने कार्यक्रम लागू गरी सबै प्राथमिक विद्यालय स्थानीय पञ्चायतलाई हस्तान्तरण गरियो। त्यसको व्यवस्थापनमा राज्य सरकारको सहभागिता जनायो। 'राष्ट्रिय माध्यमिक शिक्षा अभियान चलायो। सडक, बिजुली, खानेपानी र फोहर व्यवस्थापनमा जोड दिएको छ।
बिहारमा प्रहरीको शान कुनै हिन्दी फिल्ममा भन्दा कम रहेनछ भन्ने पटना यात्राका क्रममा देखियो। भिट्टामोडबाट पटना जाने क्रममा 'बिहार समिट' मा जाने नेपाली पत्रकार भन्ने थाहा पाएपछि 'भीआइपीको सुरक्षा' भन्दै करिब चार घण्टा हाम्रो गाडीलाई भारतीय प्रहरीले स्कर्टिङ गरे। काठमाडौँका सडकमा मन्त्रीहरू नै जाम पर्दा सुरक्षाकर्मीले केही गर्न सक्दैनन्। तर, अगाडिबाट लठ्ठी घुमाउँदै प्रहरीले बाटो खाली गर्थे। जाम गरिरहेका अरु सवारीसाधनहरू तत्कालै हट्थे।
'बिहारी शैली' भनेर गाली गर्ने एमाले र गाली खाने कांग्रेसबीच सम्बन्ध फेरिएको छ। गाली खाने दोस्रो र गाली गर्ने तेस्रो दलको हैसियतमा पुगेपछि यो स्थिति देखियो। दुवै दल माओवादीविरुद्ध मोर्चा कसेर लागेका छन्। त्यो आफ्नो अस्तित्व जोगाउने प्रयासमामात्र हो। कांग्रेस-एमालेको सम्बन्ध सुध्रे पनि नेपालको हालत भने बिहारीले पनि 'नेपाली शैली' भनेर गाली गर्ने तहमा पुगिसक्यो। बिहारका मुख्यमन्त्रीले अघि सारेको 'न्यायसहितको विकास' को खाँचो नेपाललाई पनि छ। विकासबिनाको लोकतन्त्र खोक्रो हुन्छ। भाषणले गरिबको पेट भरिन्न। प्रधानमन्त्री बाबुराम भट्टराईले अघि सारेको 'ग्रोथ विथ इक्विटी' नाराले त्यही अर्थ दिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
शैलेश शैली
शैलेश शैली
टपेन्द्र कार्की टपेन्द्र कार्की • · २७ असार २०७७ · ८ मिनेट पाठ
अपराधका नयाँ शैली
नागरिक नागरिक • · १४ वैशाख २०७० · ५ मिनेट पाठ
फेरिँदै तिहार शैली
फेरिँदै तिहार शैली
चाँदनी हमाल चाँदनी हमाल • · १३ कार्तिक २०७३ · १० मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस