गुमनाम सम्मान
२६ भदौ २०७८
•
३ मिनेट पाठ
गुमनाम सम्मान
मैदान प्रवेश गर्दै पुनम जर्घामगर (माथि)। राष्ट्रिय गान बजिरहँदा पुनम (दायाँबाट तेस्रो)। तस्बिर : नागरिक
नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।




दुवै राष्ट्रका राष्ट्रिय गान बजिरहँदा बंगलादेशका ११ खेलाडी मैदानमा उपस्थित थिए। तर, नेपालबाट भने १२ खेलाडी मैदान प्रवेश गरे। राष्ट्रिय गान सकिएलगत्तै दुवै राष्ट्रका खेलाडीहरू सामूहिक तस्बिर खिचाइरहँदा नेपालकी एक खेलाडी मैदानबाहिर निस्किइन्। 

उनी मैदानबाट बाहिरिँदा नेपाली टोलीका केही खेलाडी र प्लेयर बक्समा रहेका प्रशिक्षक, व्यवस्थापक, चिकित्सक र खेलाडीहरूले उनको सम्मानमा ताली बजाएको देखिन्थ्यो। तथापि दर्शकदीर्घा भने त्यसबारे बेखबर रहे। ती १२औं खेलाडी थिइन्, रक्षक पुनम जर्घामगर। तर उनी किन मैदान प्रवेश गरिन् ? लगत्तै किन मैदानबाहिर आइन् कसैले पत्तो नै पाएनन्। 

प्रतिस्पर्धात्मक खेलमा नेपाल २–१ ले विजयी भयो। खेलपछिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गम्भीर स्वास्थ्य समस्याका कारण पुनम खेल जीवनबाटै बिदाइ लिने सँघारमा पुगेकाले उनको सम्मानस्वरूप मैदान प्रवेश गराउने निर्णय गरेको बताएपछि मात्र मैदान प्रवेश गर्ने खेलाडी पुनम भएको खुलासा भएको थियो। फिलिप्सले पुनमको सम्मानका लागि मैदान प्रवेश गराएको बताइरहँदा उनको बहिर्गमन भने निकै खल्लो बन्यो। अझ भनौं, एउटा सफल खेलाडीको गुमनाम सम्मान।

गम्भीर समस्याका कारण खेलजीवन नै दोधारमा परेसँगै लामो समय नेपाली राष्ट्रिय टोलीमा योगदान पुर्‍याएका कारण पनि अन्तिम पटक घरेलु समर्थकमाझ मैदान प्रवेश गर्दै स–सम्मान बिदा लिने पुनमको अधिकार नै हो। तर, राष्ट्रिय टोलीले कसैलाई उनको सम्मानित बिदाइको बारेमा जानकारी नदिँदा पुनमको बहिर्गमन नै खल्लो बन्न पुग्यो। राष्ट्रिय टोलीले जानकारी नदिँदा स–सम्मान बिदाइ लिने पुनमको इच्छा अधूरै रह्यो नै दर्शकका लागि पनि पुनमको गुमनाम सम्मान निकै खल्लो बन्न पुग्यो।

‘पुनमको स्वास्थ्य अवस्था र उनलाई सम्मान दिन लागेको बारे कसैलाई जानकारी नगराउनु हाम्रो गल्ती हो,’ फिलिप्सले भने, ‘तर एउटा खेलाडी, जसले देशका लागि लामो समयदेखि योगदान दिएको छ। उसलाई अन्तिम पटक मैदान उत्रने अवसर दिनुपर्छ भनेर हामीले पुनमलाई मैदान उतारेका हौं।’ फिफाको नियमअनुसार सबै खेलाडीको ‘फिफा प्रि–कम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमसी) अनिवार्य छ। पिसिएमसी दौरान नै पुनमको मुटुमा प्वाल परेको देखिएको थियो। जसले उनको खेलजीवन नै कठिन अवस्थामा  पुर्‍याइदिएको छ।

जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० दौरान डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन मैदानमा अर्धचेत भएर लडेका थिए। मैदानमै प्राथमिक उपचारपछि अस्पताल पुर्‍याइएका इरिक्सनलाई हृदयाघात भएको पुष्टि भएको थियो। 

हाल उनी घरमै आराम गरिरहेका छन्। उनी पुनः मैदान फर्कनेमा दुबिधा छ। इरिक्सनको घटनापछि नै फिफाले पिसिएमसी नियम अनिवार्य गरेको थियो। शुक्रबार गरिएको दोस्रो परीक्षणपछि पुनमको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको एन्फा महिला विभागका प्रमुख तथा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए।

‘हाम्रो तयारी राम्रो थियो, टोलीको मनोबलसमेत उच्च थियो। तर पुनमको पिसिएमसीको रिपोर्टपछि टोली निराश बन्यो,’ खड्काले भने, ‘टोलीमा यसबारे भएको सल्लाहमा नै पुनमलाई १२आंै खेलाडीको रूपमा सम्मानका लागि मैदान प्रवेश गराउने निर्णय लिएका हौं। उनी सम्मानकी हकदार हुन्। हामी उनको मनोबल नघटोस् भन्ने चाहन्थ्यौं र बिहीबारको निर्णय यसै कारण लिइएको हो।’ 

एन्फा महासचिव इन्द्रमान तुलाधरले पुनमको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाए पनि उनलाई १२औं खेलाडीको रूपमा मैदान प्रवेश गराउने निर्णयबारे भने जानकारी नभएको बताए। ‘पुनमको स्वास्थ्य समस्याका बारेमा हामी जानकार छौं र उनको स्वास्थ्य उपचारको खर्च पनि व्यहोर्छौं,’ इन्द्रमानले भने, ‘तर उनलाई १२औं खेलाडीका रूपमा मैदान प्रवेश गराउने निर्णयबारे संघलाई जानकारी थिएन।’
अर्को समाचार
'गुमनाम' स्टार खेलाडी विलियम, जसले धरानमा सम्मान पाउँदा भावुक बने
१९ असार २०७९
•
४ मिनेट पाठ
'गुमनाम' स्टार खेलाडी विलियम, जसले धरानमा सम्मान पाउँदा भावुक बने
धरानमा सम्मानित भएका पूर्व फुटबल खेलाडी विलियम राई। राईलाई शनिबार धरानमा सम्मान गरिँदै। तस्बिरः रोहित राई
तीसको दशकमा धरानको फुटबल उच्चस्तरको थियो। खेलाडीहरु पनि उम्दा थिए। कोशी अञ्चलको टिम ११ मा धरानको मात्र १० जना खेलाडी हुन्थे। तिनै मध्ये एक थिए, विलियम राई।  




विलियमको बाल्यकाल र युवा उमेर धरानमा बित्यो। उनका बुबा ब्रिटिश घोपा क्याम्पमा काम गर्थे। त्यसैले परिवार नै घोपा क्याम्पमा नै बस्थे। विलियम पनि त्यहीं काम गर्दागर्दै फुटबल पनि खेल्थे। उनी धरानको मात्र होइन, पूर्वाञ्चलकै उत्कृष्ट खेलाडी बने। उनले नखेलेको प्रतियोगिता कमै हुन्थ्यो।

उनी मिडफिल्डर थिए। टिमको प्रमुख प्ले मेकर। टिममा विलियम हुँदा अन्य खेलाडीहरुको आत्मविश्वास पनि बढ्थ्यो। मिनि ब्राजिलका उनै विलियम अढाई दशकदेखि कता थिए भन्ने कसैलाई थाहा थिएन।

धरानको ब्रिटिश क्याम्प हटेपछि उनको परिवार काठमाडौं गएका थिए। २०५५ सालसम्म धरानका उनका समकालीन केही खेलाडीसँग सम्पर्कमा रहेका विलियम त्यसपछि एकाएक हराए। पछिल्लो पुस्ताका फुटबल खेलाडीहरुले समेत उनलाई चिन्न नसक्ने अवस्था आइलाग्यो।

धरानसँग मात्र होइन, खेलाडीहरु र परिवारसँगै पनि सम्पर्कविहीन भएका विलियम करिब २ साताअघि दुबईमा भेटिए। एक जना व्यक्तिले विलियमको छोटो भिडियो टिकटक राखेको उनका समकालीन साथीहरुले भेटे। त्यसपछि उनलाई नेपाल फर्काउने पहल भयो। उनको ८/९ वर्षदेखि भिसा सकिएर एउटा आश्रम जस्तो ठाउँमा आश्रय लिइरहेको भेटियो। त्यसपछि, गायक प्रकाश पौडेल, प्रकाश देवानलगायत धरानेहरुको पहलमा उनलाई नेपाल फर्काइयो।

उनै गुमनाम ६५ वर्षीय विलियम राईले शनिबार धरानको भूमिमा पाइला टेके। उनलाई भेट्न धरानका पुराना प्रायः सबै खेलाडीहरु पुगेका थिए। धरान १८ स्थित शेर्पा संघको हलमा पूर्वखेलाडीहरुले विलियमलाई सम्मान कार्यक्रम राखेका थिए। उनलाई पूर्वखेलाडीहरुको तर्फबाट नगद १ लाख १ हजार १ रूपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरियो। टेम्के क्लब धरानले नगद ५५ हजार रूपैयाँ र अखिल नेपाल फुटबल संघ सुनसरी जिल्लाबाट २० हजार रूपैयाँसहित सम्मान गरेको छ। साथै, धरान फुटबल क्लब, रेफ्री संघलगायतले पनि उनलाई सम्मान गर्यो।

साथीभाइ, परिवार र देशसँग नै सम्पर्कविहीन भएका विलियम नेपाल आएको २ साता पनि भएको छैन। विस्मृति झैं भइसकेको धरानमा पाएको यो सम्मानले उनी शनिबार भावुक बने। औपचारिक कार्यक्रममा उनी बोल्नै सकेनन्। उनले मात्र भने, ‘सबैलाई धन्यवाद छ।’

अन्तर्मुखी स्वभावका विलियम औपचारिक कार्यक्रम सकेपछि मात्र उनी बिस्तारै खुले। ‘एकदमै खुसी लागेको छ। धरान आएर साथीहरु भेटेँ, भाइहरुलाई भेटेँ,’ उनले भने, ‘मैले यति साह्रो गर्छ भनेर आशा नै गरेको थिइनँ।’ लामो समयपछि धरानमा आउँदा सुरुमा आफ्ना साथीभाइहरु पनि चिन्न मुश्किल परेको उनले सुनाए।  

विलियमका अनुसार उनी दुबईमा भिसा सकिएपछि अलपत्र झै परेका थिए। फोन हराएपछि उनको नेपालमा भएका आफन्त, साथीभाइ सबैसँग सम्पर्क टुटेको थियो। फाइन बढ्दै गएको र तिर्न नसकेको उनले बताए। ‘फाइन थियो, त्यतिकै अल्झिए। फोन हरायो, सम्पर्क नम्बर पनि थिएन घरको। कसैसँग सम्पर्क थिएन, र हरेश खाएँ,’ उनले भने।

अहिले उनी बहिनी रेणु लामासँग छन्। विगत ११/१२ वर्षदेखि सम्पर्कविहीन भएका दाइ घर आउँदा उनी जति खुसी थिइन्, शनिबार त्यो भन्दा बढी खुसी धरानमा दाइले पाएको माया र सम्मानले उनलाई दिएको छ। ‘दाइ मर्यो कि बाँच्यो थाहै थिएन। एउटा टिकटकको भिडियोबाट भेटियो,’ उनले भनिन्, ‘आज धरानमा यति धेरै माया दाइले पाउनुभयो, यो खुसी व्यक्त गर्न सकिँदैन।’

विलियमलाई नेपाल फर्काउने प्रमुख पहलकर्ता हुन्, पूर्वराष्ट्रिय खेलाडी इन्दु रसाइली। उनका अनुसार २०३५, ३६ सालतिर विलियम राई पूर्वाञ्चलमै नाम कमाएका खेलाडी थिए। टिमको कि प्लेयर नै विलियम भएको उनले स्मरण गरे। ‘उहाँ नभएको बेला कता कता डर लाग्ने, विलियम दाइ हुनुहुन्न भनेर,’ उनले सुनाए, ‘उहाँ टिममा हुनुबित्तिकै ९९ प्रतिशत विपक्षीलाई जित्छौं भनेर उत्साहित हुन्थ्यौं।’ सम्मान कार्यक्रममा विलियमबारे बोलिरहँदा उनको आँखामा आशु थियो, र केहीबेर उनी बोल्नै पनि सकेका थिएनन्।

सम्मान कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले जीवनभर खेलाडी भएर राष्ट्रको शिर उच्च राख्ने खेलाडीहरुलाई राज्यले सम्मान गर्ने कि नगर्ने भन्ने प्रश्न खडा भएको बताए। धरानलाई खेलको राजधानी बनाउने भनेर लागिरहँदा खेलाडीहरुको जीवन र सम्मानमा पनि ध्यान पुर्याउने दायित्व भएको उनले बताए।

यस्तै, एन्फाका प्रदेश नं १ अध्यक्ष किशोर राईले पनि खेलाडी र खेलसँग सबै सरकारले खेलाची गर्न नहुने बताए। ‘अबको युवाहरु आफ्नो स्वर्णिय युवा जिवन फुटबलमा समर्पण गरिसकेपछि उसले उच्च जीवनयापन गर्न सक्ने, उसको परिवारलाई खुसी दिनसक्ने त्यस्तो पुढर्ण व्यवसायिक खेलकुद हुनुपर्छ,’ उनले भने।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस