नेपाली प्रशिक्षक नै किन?
२६ साउन २०७१
•
९ मिनेट पाठ
नेपाली प्रशिक्षक नै किन?
काठमाडौं-क्रिकेटका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको नेपाली क्रिकेटसँगको सम्बन्ध अन्योल रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले नेपाली प्रशिक्षकमै विश्वास देखाउनुपर्ने समय आएको बताएका छन्।एसिसी यु–१६ प्रिमियर लिग खेल्न जान लागेको नेपाली टोलीको बिदाइमा उनले यस्तो धारणा राखेका हुन्। वसन्त शाही र राजु बस्न्यातको प्रशिक्षणमा नेपाली टोलीले मलेसियामा बिहीबार सुरु हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। पूर्वराष्ट्रिय खेलाडीद्वय शाही र बस्न्यात दुवैको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो प्रशिक्षण अनुभव हुनेछ।
असार दोस्रो साता अन्योल भविष्य कारण अप्ठेरो मान्दै दासानायके क्यानाडा फर्किएका थिए। उनी नभएका कारण नेपाल क्रिकेट संघ (संघ) ले १७औं एसियाली खेलकुदमा वरिष्ठ प्रशिक्षक अरुण अर्याललाई जिम्मेवारी तोकेको छ। एसियाड अर्को महिना दक्षिण कोरियाको इन्चोनमा हुँदैछ।
झन्डै १० वर्ष नेपालको क्रिकेट प्रशिक्षकमा जिम्मेवारी निभाउँदा श्रीलंकाका रोय डायसले उमेर समूहदेखि राष्ट्रिय टोली सबै हेर्दा नेपाली प्रशिक्षकले कुनै अवसर नै पाएनन्। तीन वर्षअघि दासानायके आएपछि उनी राष्ट्रिय टोलीमा केन्द्रित भए। उनले दुईपल्ट यु–१९ बाहेक अन्यमा राष्ट्रिय टोली नै हेरिरहे। सोही कारण नेपाली प्रशिक्षकले अवसर पाउँदा मन्जुर आलमले दुई वर्षअघि एसिसी यु–१६ एलिटमा नेपाललाई फाइनलसम्म डोर्यारए।
‘नेपाली प्रशिक्षकलाई अवेहलना गर्नु हुँदैन। हामीले उनीहरूलाई अवमूल्यन गर्दै आएका छौं,' लामाले सोमबार भने, ‘नेपाली प्रशिक्षकबाटै टिमले राम्रो प्रदर्शन गरे पनि प्रशिक्षकलाई सम्मान गर्ने गरिएको छैन। विदेशी प्रशिक्षकलाई हामीले चाहिनेभन्दा बढी सम्मान गर्ने गरेका छौं। खेलाडी उत्पादन गर्ने नेपाली प्रशिक्षकले हो। विदेशी प्रशिक्षक फाइनल टचका लागि मात्र चाहिन्छ।'
स्वदेशी प्रशिक्षकलाई अवसर दिनुपर्ने आवाज उठ्दै आए पनि लामाको यो भनाइ क्यानको बचाउसँग जोडेर हेरिएको छ। युवा तथा खेलकुद मन्त्रालय देशमा क्यान नरहेको भन्दै नयाँ बोर्ड बनाउने कसरतमा छ। तर लामाले परिषद्को बोर्ड बैठकबाट मात्र क्यानको निर्णय गर्नुपर्ने भन्दै अडान लिँदै आएका छन्।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) ले आर्थिक कारोबार रोकेका कारण संघमा रकम नभएको भनी क्यानले दासानायके ल्याउन नसक्ने जनाएको थियो। कप्तान पारस खड्काले दासानायके नआए आफूले नखेल्ने घोषणा गरेको भोलिपल्टै सरकारले क्यान टाट पल्टिएको भए दासानायकेको सबै खर्च बेहोर्ने बतायो।
तर आफूलाई नेपाल आउन बाटो सहज नभएको यथार्थ स्वयं दासानायकेले पनि बुझिसकेका छन्। क्यान उनलाई कुनै हालतमा ल्याउन चाहँदैन। सोही कारण मन्त्रालयले नै दासानायकेलाई भित्त्याउन लागेको बारे क्यानले आफूलाई कुनै जानकारी नभएको बताउँदै आएको छ। क्यान अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्यानलसहित ८ पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगाएको छ। अख्तियारमा क्यानविरुद्ध मुद्दा हाल्नेमा कप्तान पारससहित प्रशिक्षक दासानायकेको नाम पनि छ। क्यान दासानायकेसँग चिढिएको यसैमा हो।
यता दासानायकेलाई बोलाएर मन्त्रालयले आफ्नो मातहात राख्ने जनाएको छ। पुरुषोत्तम पौडेल खेलकुद मन्त्री भएदेखि मन्त्रालय र परिषदको जुहारी चलेको छ। पछिल्लो समय मन्त्री पौडेल र सदस्यसचिव लामाबीचको ‘शीतयुद्ध' सकिएको जनाए पनि व्यवहारमा देखिएको छैन। परिषद र क्यानलाई कुनै स्थान नदिई मन्त्रालयले सिधै दासानायके बोलाउने निर्णयको काउन्टरमा लामाले नेपाली प्रशिक्षकलाई स्थान दिनुपर्ने धारणा बनाएको स्पष्ट हुन्छ।
दासानायके नेपाल आउने निश्चित रहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चूडामणि पौडेल बताउँछन्। उनका अनुसार अहिले केही कारणले गर्दा पछाडि सरेको र अगस्ट तेस्रो साता दासानायके नेपाल आउँछन्। लामाले सोमबार यु–१६ को बिदाइमा क्यान विवादको प्रसंग कोट्याए, ‘खेलाडी र प्रशिक्षकले संघमाथि प्रश्नचिन्ह उठाउनु दुःखदायी हो।'
क्यानको पछिल्लो चित्तदुखाइ सदस्यसचिव लामासँगै थियो। खेलाडीहरू चैत अन्तमा क्यानमा थिति बसाल्नुपर्ने र आफ्नो तलब तथा सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए। यसलाई समाधान गर्न लामाको संयोजकत्वमा योजना निर्माण तथा अनुगमन समिति बनाइयो। ५ सदस्यीय समितिमा पारस र दासानायके नै थिए। प्रशिक्षक जस्तो मान्छेलाई समितिमा राखिएपछि दासानायकेसँग क्यानको सम्बन्ध थप चिसिएको थियो। समितिमा बसेकाले दासानायकेले पनि ठूलो आलोचना खेप्नुपर्योध।
नेपाल प्रिमियर लिगको आधिकारिकतामा विवाद बढ्दै जाँदा क्यानका अधिकांश पदाधिकारीले अध्यक्ष आङबुहाङमाथि अविश्वास प्रस्ताव दर्ता गराए। अविश्वासको प्रस्तावमाथि नलाग्न सदस्यसचिव लामाले आफूहरूलाई फोन गरेको क्यानका केही पदाधिकारीहरूले बताएका थिए।
आङबुहाङसहित क्यान पदाधिकारीप्रति भ्रष्टाचारको मुद्दा लाग्नु अनि मन्त्रालयले राजीनामा नदिएका कारण लामाको बेवास्ता गर्नुले उनीहरू एकबद्ध भएका छन्। मन्त्रालयसँग डट्ने बहानामा जुटेका छन् लामा र क्यानका वर्तमान पदाधिकारी। त्यसैको संकेतमा आएको हो ‘नेपाली प्रशिक्षक हुनुपर्ने' लामाको अभिव्यक्ति।
नेपाली प्रशिक्षकले नेपाली टोलीको प्रशिक्षण गर्नै नमिल्ने होइन। नेपाली प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम उतार्ने हैसियत छ कि छैन भनेर बुझ्नु जरुरी छ। नेपाली प्रशिक्षकको अनुभव देखिएन भने उनीहरूलाई त्यो वातावरण दिनु जरुरी छ। एसिसी लेभल ३ पास गरेका जगत टमाटा र विनोद दासजस्ता प्रशिक्षक यहाँ छन्। उनीहरूको आवश्यकता अनुभवमात्र हो। अनुभव नदिई सिधैं प्रशिक्षक बनाएमा दुर्घटना निम्तिन पनि सक्छ।


अर्को समाचार
बिश्व प्रशिक्षक कोर्समा सहभागी हुन चार प्रशिक्षक कोरिया प्रस्थान
१६ कार्तिक २०८०
•
१ मिनेट पाठ
बिश्व प्रशिक्षक कोर्समा सहभागी हुन चार प्रशिक्षक कोरिया प्रस्थान
कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ बिश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरिया तर्फ प्रस्थान गर्नेभएका छन्।




नोभेम्बर २ देखि १० तारिख सम्म आयोजना हुने कोर्समा नेपालका तर्फबाट शुभ श्रेष्ठ, विनोद तन्डुकार, लक्ष्मी मगर र आस नारायण चौधरीले सहभागीता जनाउन लागेको नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए।महासचिव सुनुवारका अनुसार शुभ, विनोद र लक्ष्मीले लेभल २ र आशनारायणले लेभल १ कोर्समा सहभागिता जनाउने छन्।

कोरिया जाने प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले बिहिबार विदाई गरे । विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, महासचिव एवं नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठको उपस्थिती रहेको थियो।

छोटो समयमानै अन्तर्राष्ट्रिय खेल मञ्चमा आफ्नो उपस्थितीलाई पुष्टि गर्दै पदक हासिल गर्न सफल यस खेलले उच्च स्तरको प्रशिक्षक उत्पादनका साथ अझै राम्रा र स्तरिय खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने महासचिव सुनुवारले बताए।प्रशिक्षकहरु आजै राती कोरिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस