काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको विषयमा छलफल गर्न 'ए डिभिजन' क्लबको सोमबार बैठक डोकेको छ।
असहमत ए डिभिजनका ४ क्लबलाई भने बैठकमा डाकिएको छैन। तर, भदौ १० गतेका लागि तय भएको नकआउट केही दिनपछि सर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए। अघिल्लो सिजन भदौभित्र २ नकआउट प्रतियोगिता गरिसकेको एन्फाले यो सिजन ४ महिना बितिसक्दा कुनै प्रतियोगिता गर्न सकेको छैन भने खेलाडी दर्ता प्रक्रिया पनि सुरु भएको छैन।
नयाँ सिजनका धेरै विषय सोमबारको बैठकबाट तय हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधारले बताए। 'नकआउटसहित सबै प्रतियोगिताका विषयमा बैठकमा छलफल हुन्छ। त्यसपछि मात्र कसरी अघि बढ्ने तय हुन्छ,' उनले भने, 'क्लबहरुको सहमतिमै यो वर्षको कार्यक्रमअघि बढ्नेछन्।' नकआउट तयारी चलिरहँदा ए डिभिजनका १२ मध्ये ४ क्लब एन्फाका कार्यक्रम बहिष्कार गर्दै आएका छन्। लिग उपविजेता मछिन्द्रसहित हिमालयन शेर्पा, फ्रेन्ड्स र सरस्वतीले फुटबल क्लब समन्वय समिति गठन गर्दै यो वर्ष एन्फाले डाकेका सबै बैठक बष्हिकार गर्दै आएका छन्। अघिल्लो वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाले बोलाएको कुनै पनि बैठकमा भाग नलिने निर्णय गरेको समन्वय समितिले क्लबले पछिल्लो समय एन्फासँग थप माग राख्दै आएका छन्।
एन्फा विद्रोही ४ क्लब बिना पनि नकआउट गर्ने तयारीमा छ। एन्फाले साउन २० गते दुई साताभित्र चित्त बुझ्दो जवाफ नदिए र समन्वय समितिसँगबाट अलग नभए ती ४ क्लबलाई यो वर्ष कुनै पनि प्रतियोगिता खेल्न नदिने अल्टिमेटम दिइसकेको छ। तर क्लबहरु एन्फा अल्टिमेटमबाट पछि नहट्ने बताइसकेका छन्।
क्लब संयोजक समितिका संयोजक शिक्षत पराजुलीले ४ क्लबलाई एन्फाले बैठकमा नबोलाएको जानकारी दिए। उनले 'हामीलाई यो नकआउट खेल्नका लागि कुनै पत्र आएको छैन।' पराजुलीले भावी योजना तय गर्न समितिको बैठक सोमबार बस्ने जानकारी दिए। 'हाम्रो मागको कुनै सुनुवाइ भएकौ छैन। एन्फाको अल्टिमेटम र भावी योजनाका विषयमा छलफल गर्नेछौं।'
एन्फाले ४ बाहेक इच्छुक ए डिभिजन क्लब र जिल्लाका क्लबको सहभागितामा नकआउट गर्ने योजना बनाएको छ। 'अहिलेसम्म यति नै टोलीले नकआउट खेल्छन् भन्ने तय छैन। ए डिभिजनका ६ देखि ८ तथा जिल्लाका बढीमा ४ क्लबले खेल्न सक्छन्,' सिइओ तुलाधारले भने, 'तर त्यसको अन्तिम टुंगो सोमबारको बैठकपछि मात्र लाग्नेछ।' एन्फाले झापा, कास्की, मकवानपुर र मोरङमध्ये कम्तीमा दुई जिल्लाको सहभागिता रहने विश्वास राखेको छ। 'जिल्लाका बढीमा ४ र घटीमा २ को सहभागिता रहन्छ,' तुलाधारले थपे। एन्फाले नकआउटलाई राष्ट्रिय लिगको तयारीका रुपमा लिएकोले अन्य केही क्लबले पनि भाग नलिने सम्भावना रहेको तुलाधारले संकेत गरे। उनले भने, 'राष्ट्रिय लिग खेल्न नपाउने क्लबले नकआउट पनि खेल्ने सम्भावना कम छ।' गत वर्ष लिगको शीर्ष ६ टोलीले मात्र राष्ट्रिय लिग खेल्ने एन्फाले यसअघि नै प्रष्ट पारिसकेको छ। एन्फाको बैठकमा भाग लिइरहेका आर्मी, जावलाखेल र ब्रिगेड ब्वाइज क्लबले राष्ट्रिय लिग खेल्न पाउँदैनन्। तर, लिगको दोस्रो टोली मछिन्द्र नखेल्ने सम्भावना देखेपछि एन्फाले आर्मीलाई राष्ट्रिय लिग खेलाउने तयारी गरिरहेको छ।
तुलाधारले खेलाडी दर्ताको विषयमा पनि सोमबारको बैठकमा टुंगो लाग्ने जानकारी दिए। 'खेलाडी दर्ता यो नकआउट, राष्ट्रिय लिगसम्म वा अरु कुनै पनि विकल्पमा छलफल हुनेछ,' तुलाधारले अगाडी भने, 'जे सहमति जुट्छ। त्यही हुन्छ। सम्भवतः यही नकआउटसम्म हुन सक्छ।'
नकआउट रंगशालामा
एन्फाले आयोजना गर्ने नकआउट दशरथ रंगशालामा नै हुने भएको छ। रंगशालाको पुनःनिर्माणको कारण देखाउँदै ए डिभिजन लिग यो वर्ष नगर्ने घोषणा गरेको एन्फाले नकआउटका सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुमति लिइसकेको छ। 'दुई महिनाका लागि रंगशाला अनुमति लिएका छौं,' सिइओ तुलाधारले भने, 'नकआउट रंगशालामै हुन्छ।' रंगशालामा सिट राख्नेए र छानाका लागि पिलर राख्नेस काम भइरहेको छ।