एकेडेमीको लागि केसी परिवार र सहारा क्लबबीच सम्झौता
१७ कार्तिक २०७८
•
२ मिनेट पाठ
एकेडेमीको लागि केसी परिवार र सहारा क्लबबीच सम्झौता
सम्झौतापछि सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई चेक हस्तान्तरण गर्दै स्व. सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी। तस्बिर: नागरिक
वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई यहाँको व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन्। जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ।




क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिनेछ। बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै पहिलो वर्षको १५ लाख रुपैयाँ नगद क्लबलाई केसी परिवारले हस्तान्तरण गरेको छ।

क्लबले एकेडेमी सञ्चालनको लागि वर्षेनी देउसी भैलो कार्यक्रम गर्दै आएको छ। वर्षेनी आयोजना हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको बचत रकम एकेडेमीलाई खर्चिदैं आएको छ। विभिन्न संघसंस्था तथा विदेशमा बसेका नेपालीहरुले आर्थिक सहयोग जुटाउँदै आएका छन्। विशेष गरी सहारा हङकङ, सहारा युके  र  सहारा अष्ट्रेलियाबाट आर्थिक सहयोग जुट्दै आएको छ।

‘सहारा एकेडेमीलाई वार्षिक १५ लाख रुपैयाँ दिनेगरी दशवर्षे सम्झौता गरिएको छ,’ क्लबका महासचिव रामजीप्रसाद अधिकारीले भने, ‘अहिले परिवारबाटै सम्झौता गरिएको छ। निकट भविष्यमा सुर्य प्रेम ट्रष्टसँग सहकार्य गरिने छ।’ क्लबले पोखरा बसपार्कस्थित आफनै क्लब भनवबाट २०५८ सालदेखि फुटबल एकेडेमी शुरु गरेको थियो। पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफलमा आफनै एकेडेमी भवन निर्माण गरेर आवासिय छात्रबास शुरु गरेको थियो। 
एकेडेमीमा अहिले तेस्रो व्याचका १४ जिल्लाका २४ जना बालकहरु एकेडेमीमा छन्।  केसीका जेठा छोरा प्रकाश केसीले सहारा क्लबसँगको सहकार्य मार्फत सामाजिक सेवामा समर्पित हुन पाएकोमा आभार व्यक्त गरे। उनले बुवा भद्र र सालिन व्यक्ति भएको उल्लेख गर्दै अतिमिलनसार भएको बताए।

सहारा क्लबसँग केसी परिवारले दुई दशकसँग सहकार्य गर्दै आएको छ। व्यावसायिक प्रतिष्ठानको रुपमा हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले क्लबसँग फुटबल विकासको लागि दुईदशकदेखि सहकार्य गर्दै आएको हो। मुख्य प्रायोजकको भूमिका खेल्दै आएको छ। पहिलो दशवर्ष हिमश्री फुड्सले आहा चाउचाउको नामबाट मुख्य प्रायोजन गर्यो। क्लबले आहा गोल्डकप सञ्चालन गरेको थियो।

पहिलो सम्झौता सकिएपछि दशवर्षपछि नविकरण गरियो। त्यसपछि क्लबले आहा रारा गोल्डकपबाट प्रतियोगिता सञ्चालन गर्यो। फुटबल प्रतियोगिताको लागि सम्झौताको अन्तिम वर्ष हो। क्लबले यही माघमा २० औं सस्करणको आहा रारा गोल्डकप आयोजना गर्ने तयारी गरेको छ। ‘२० औं आहा रारा गोल्डकप आगामी माघ ६ देखि १५ सम्म आयोजना गर्नेगरी समयतालिका मागेका छौं’ क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले भने, ‘त्यही समय तालिका अनुसार हामीले आन्तरिक गृहकार्य शुरु गरेका छौं।’ सम्झौता कार्यक्रममा केसी परिवार तथा क्लबका पदाधिकारी एवं खेलकुदसँग आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
अर्को समाचार
विदेशी खेलाडी किन्नुस, खर्च मन्त्रालयले दिन्छः मन्त्री गुरुङ
३० भदौ २०७८
•
२ मिनेट पाठ
विदेशी खेलाडी किन्नुस, खर्च मन्त्रालयले दिन्छः मन्त्री गुरुङ
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई विदेशी खेलाडी भित्र्याउन सुझाव दिएका छन्। ती मध्ये दुईजना विदेशी खेलाडीको खर्च गण्डकी प्रदेश सरकारले बेहोर्ने उनले बताए।  




विगतमा वर्षमा गण्डकी प्रदेशले सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको आर्थिक सहयोग यो वर्ष भने विदेशी खेलाडी किन्न खर्च गर्ने मन्त्री गुरुङको भनाई थियो । ‘गोल्डकपलाई सपोर्ट गर्छौ। गोल्डकपमा चारजना विदेशी खेलाडी राख्न पाईन्छ। चारजनामा दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले बेहोर्छ,’ मन्त्री गुरुङले बुधबार पोखरा रंगशालामा आयोजित सहारा क्लबको २३औं वार्षिकोत्सव तथा १२औं अधिवेशनलाई उदघाटन गर्दै भने, ‘उत्कृष्ट टिम बनाउनुस । राम्रो विदेशी खेलाडी किन्नुस।’  

उनले नेपाली स्ट्राईकरको फिनिसिङ नहुने भन्दै स्ट्राइकर, मिडफिल्डर, एट्याकिङ डिफेन्ण्डर र डिफेण्डर विदेशी झिकाउन क्लबका पदाधिकारीलाई आग्रह गरे । ‘नेपालीको फिनिसिङ राम्रो छैन,’ उनले भने, ‘त्यसैले विदेशी उत्कृष्ट खेलाडी मगाउनुस्। दुईजनाको खर्च मन्त्रालयले दिन्छ।’  

उनले अब विदेशी खेलाडीलाई इन्भेष्टमेन्ट गर्ने योजना रहेको बताए। मन्त्री गुरुङले सहारा क्लबलाई एकेडेमी सञ्चालन गर्न युवा स्वरोजगार कार्यक्रम मार्फत अगाडि बढ्न सुझाव दिए। ‘युवा स्वरोजगार अन्तर्गत २५ लाख रुपैयाँ छ,’ उनले भने, ‘७ जनाको समूह बनाएर कृषि कार्यक्रममा लाग्नुस्। संघसंस्थालाई अझ सजिलो हुन्छ।’ उनका अनुसार सहारा क्लबलाई २५ लाख रुपैयाँको स्वरोजगार कार्यक्रम अन्तर्गत युवा खेलाडीलाई कृषितर्फ आर्कषित गर्दै लैजाने सकिने उल्लेख गर्दै कृषि उत्पादनबाट आएको नाफाले खेलाडीलाई पोषणको व्यवस्था सकिने बताए।  

२५ लाख रुपैयाँ १० वर्षभित्रमा तिर्नुपर्ने मन्त्री गुरुङको भनाई थियो। ‘व्याज मिनाहा हुन्छ । तर साँवा भने समूहले बुझाउनुपर्छ,’ उनले थपे । २०६३ सालमा सहारा क्लबले पोखरा–१७ दोविल्लामा २६ रोपनी क्षेत्रफलमा आफनै भौतिक पूर्वाधारसहित एकेडेमी सञ्चालन गर्दै आएको छ। क्लबका महासचिव रामजीप्रसाद अधिकारीले एकेडेमीमा विभिन्न जिल्लाका २६ जना खेलाडी आश्रित रहेको उल्लेख गरे। एकेडेमीको लागि क्लबले वर्षेनी आयोजना गदै आएको आहा रारा गोल्डकपबाट बचत रकम खर्च गर्दै आएको छ।  

सहाराले यो वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार दिपक परियारलाई प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्री गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले खादा, दोसल्ला, नगदसहित सम्मान गरेका थिए। पुरस्कार राशी २० हजार रुपैयाँ राशीको रहेको छ। 
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २० सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस