पुलिस र एपिएफ फाइनलमा
३१ असोज २०७१
•
५ मिनेट पाठ
पुलिस र एपिएफ फाइनलमा
काठमाडौं– नेपाल पुलिस र एपिएफको पुरुष टोली दोस्रो एनभिए कप क्लब च्याम्पिनयसिप भलिबलको फाइनलमा भिड्ने भएका छन्। महिलातर्फको फाइनल पश्चिमाञ्चल र नेपाल पुलिसले खेल्ने भएका छन्।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार एपिएफ क्लब हेल्प नेपाल स्पोर्टस क्लबलाई २५–१७, २५–१८, २५–२२ को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। पुलिसले आर्मीलाई हराउन चार सेट खेल्नुपर्योे। पुलिसले २६–२४, २१–२५, २५–१७, २७–२५ ले पराजित गर्योु। ६ नयाँ खेलाडी क्लबमा भिœयाएको आर्मीले पुलिसलाई हरेक सेटमा कडा चुनौती दिएको थियो। 
आर्मीका प्रशिक्षक ताराकान्त चौधरीले अनुभवको कमीले फाइनल पुग्न नसकेको बताए। उनले भने, ‘हामीले पुलिसँग सतप्रतिशत प्रदर्शन गरेका थियौं। टिममा अहिले नयाँ खेलाडी छन्। उनीहरूले राम्रो प्रर्दशन गरे। पराजित भए पनि टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। आजको प्रदर्शनले अब आर्मी पनि बलियो टोली बन्दै गएको देखाएको छ।'
एनभिए क्लब च्याम्पियनसिपमा साइड स्पाइकर दुर्गा महतो, ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र क्विक स्पाइकर स्पाइकर भैरव बलले पहिलोपल्ट आर्मी टोलीबाट पहिलो रोजाइमा खेले। आर्मीका मानबहादुरले शुक्रबार २० स्कोर गरे। उनले स्पाइकबाट १५, ब्लकबाट ४ र सर्भिसबाट १ अंक दिलाए। त्यस्तै दीपबहादुर खड्काले १८ स्कोर गर्दै आर्मीको स्कोर बढाउन सहयोग गरे। उनले स्पाइकबाट १५ र ब्लकबाट ३ अंक जोडे। त्यस्तै वैकल्पिक स्पाइकरमा कोर्ट छिरेका दिनेश चौधरीले स्पाइकबाट ६ अंक लिए। उनी दुर्गाको स्थानमा छिरेका थिए।
पुलिसका प्रशिक्षक सुदेश रिमालले नयाँ टिम भए पनि आर्मीले सशक्त प्रदर्शन गरेको बताए । उनले भने, ‘आर्मीले विगतमा भन्दा हामीलाइ कडा चुनौती दियो। हामीले दोस्रो सेटमा डिफेन्सबाट गल्ती गर्यौं्। त्यसको फाइदा आर्मीले लिन सफल भयो। तर हामीसँग अनुभवी खेलाडी भएकाले खेलमा फर्कन अप्ठेरो भएन।' पुलिसका क्विक स्पाइकर सञ्जय अर्यालले सर्वाधिक २२ स्कोर गरेपछि पुलिसले हरेक सेटमा आर्मीलाई दबाबमा राख्यो। १६ अंक स्पाइकबाट जोडेका सञ्जयले ब्लकबाट ५ र सर्भिसबाट १ अंक लिए। पुलिसका ओपन स्पाइकरद्वय कुलबहादुर थापाले १८ र चन्द्र कुँवरले १४ अंक बटुले। लिफ्टर इम राना र धु्रव पौडेलले समान ४ अंकको योगदान गरेका थिए। 
महिला भलिबलमा उदीयमान टिममा देखिएको न्यु डायमन्ड एकेडेमीले अन्तिम सेटमा कमजोर प्रर्दशन गरेपछि पश्चिमाञ्चललाई नतिजा सुम्पिनुपर्योल। डायमन्डलाई ३–२ ले हराएपछि पश्चिमाञ्चल पाँचौं राष्ट्रिय खेलकुदपछि पहिलोपल्ट राखेप कभर्ड हलमा भएको प्रतियोगिताको फाइनल पुगेको हो। 
पश्चिमाञ्चलले २५–१९, २५–२३ ले लगातार दुई सेट जित्यो। तर कप्तान रमिला तण्डुकारको स्पाइकमा डायमन्डले तेस्रो र चौथो सेट जित्दै खेल वेस्ट अफ फाइभमा पुर्यानइन्। डायमन्डले २५–१५, २५–१६ सेटले जितेको हो। अन्तिम सेटमा भने डायमन्ड कमजोर देखियो। पश्चिमाञ्चलले सहजै १५–६ ले सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो्। ८–६ ले अग्रता लिएपछि मञ्जु गुरुङको नेतृत्वमा रहेको पश्चिमाञ्चलले लगातार ७ अंक जोड्न सफल भयो। 
पश्चिमाञ्चलकी अरुणा शाहीले ५ सेटमा स्पाइकबाट १९ र ब्लकबाट १ अंक जोडिन्। परीक्षा गुरुङले १३ र मञ्जुले ११ अंकको योगदान गरेका थिए। डायमन्डकी रमिलाले ३२ र प्रतिभा मालीले २६ अंक जोडेका थिए। 
महिलातर्फको अर्को सेमिफाइनलमा एपिएफले पुलिसलाई २४–२६, २५–१३, २५–१९, २५–१६ ले पराजित गर्यो।
अर्को समाचार
दुई पुलिस च्याम्पियन
०१ कार्तिक २०७१
•
८ मिनेट पाठ
दुई पुलिस च्याम्पियन
काठमाडौं- नेपाल पुलिस क्लब र एपिएफ क्लब शनिबार दोस्रो एनभिए कप क्लब भलिबल प्रतियोगिताको च्याम्पियन भएका छन्। पुलिस पुरुषतर्फ र एपिएफ महिलातर्फ विजेता बनेका हुन्।

कुलबहादुर थापा, चन्द्र कुँवर र सञ्जय अर्यालले उत्कृष्ट प्रदर्शन गरेपछि पुरुष फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई प्रतिस्पर्धात्मक खेलमा २५–२२, २५–२३, २५–१९ को सोझो सेटमा हरायो।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा ओपन स्पाइकर कुलबहादुरले स्पाइकबाट १५ अंक, अर्का ओपन स्पाइकर चन्द्रले १३ र क्विक स्पाइकर सञ्जय अर्यालले १० अंक जोडेपछि पुलिसले हरेक सेटमा दबाब बनायो। ब्लकमा सञ्जयले २ अंक, कुलबहादुरले १ र चन्द्रले सर्भिसबाट २ अंक लिए।

पुलिस प्रशिक्षक सुदेशकुमार रिमालले एट्याकिङ रणनीति सफल हुँदा च्याम्पियन भएको बताए। उनले भने, 'सञ्जय पूर्ण फिट थिएनन्। उनी मुख्य स्पाइकर र ब्लकर हुन्। सञ्जयभन्दा हामीले फाइनलमा कुल र चन्द्रलाई बढी खेलाउने रणनीति बनायौं। उनीहरू दुवैले स्कोरिङ स्पाइक गर्दा हरेक सेटमा हामी अगाडि भयौं।'

रिमालले डिफेन्समा विपक्षीले कमजोर प्रदर्शन गरेको बताए। उनले थपे, 'हाम्रो डिफेन्स र रिसिभको समन्वय मिल्दा एट्याकिङ बलियो भयो।'

एपिएफका महेन्द्र श्रेष्ठले पुलिसका ४ स्पाइकरलाई ब्लक गरे पनि अन्य खेलाडी ब्लकमा जम्न सकेनन्। महेन्द्रले स्पाइकबाट ३ र ब्लकबाट ४ अंक जोडे। राजबहादुर चौधरीले स्पाइकबाट ११ अंक, डायमन्ड बस्नेतले ८ र वैकल्पिक खेलाडी मिलन मल्लले ६ स्कोर गरे। प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मिलनलाई दोस्रो सेटमा धनबहादुर भट्टको स्थानमा कोर्टमा पठाएका थिए।

प्रशिक्षक श्रेष्ठले ब्लकको कमजोरीले गर्दा पराजित हुनुपरेको स्विकारे। उनले भने, 'पुलिसले सुरुआतदेखि एट्याकिङ खेल्दा हामीले उनीहरूलाई रोक्न सकेनौं। उनीहरू स्पाइकमा सफल हँुदै जाँदा डिफेन्सले खेल नियन्त्रण गर्न अप्ठेरो भयो। त्यति बेला ब्लकरले नै उनीहरूलाई रोक्न सक्नुपर्थ्यो। तर हामी त्यसमा सफल भएनौं।'

महिलाको फाइनलमा एपिएफले पश्चिमाञ्चललाई २५–२२, २५–२०, २५–१९ को सोझो सेटमा हरायो। एपिएफकी नेबिका चौधरीले स्पाइकबाट १२, सर्भिसबाट २ र ब्लकबाट १ गरी १५ अंक लिँदै एपिएफको स्कोर बढाउन मुख्य भूमिका खेलिन्। फाइनलमा सरस्वती चौधरीले स्पाइकबाट १४ र ब्लकबाट १ अंक लिइन्। निमा श्रेष्ठले १३ अंक जोडिन्। पश्चिमाञ्चलबाट चुनौती बनेकी उषा विष्टले ब्लकबाट ५ र स्पाइकबाट १ अंक लिइन्। पश्चिमाञ्चलबाट पहिलोपल्ट खेलेकी मनिषा चौधरीले स्पाइकमा ६, ब्लक र सर्भिसमा २–२ अंक लिएर स्कोर बढाइन्। पश्चिमाञ्चलकी अरुणा शाहीले १३, परीक्षा गुरुङले ६ र कप्तान मन्जु गुरुङले ८ स्कोर गरे।

एक वर्षपछि फाइनल खेलेको पश्चिमाञ्चलले तीनै सेटमा एपिएफलाई कडा चुनौती दिए पनि हरेक सेटको अन्त्यतिर कमजोर देखियो। गत वर्ष नेपालगन्जमा सम्पन्न आमन्त्रित महिला भलिबलमा पश्चिमाञ्चल पुलिससँग हारेको थियो। कप्तान मञ्जु गुरुङले फाइनलमा स्पाइकिङ कमजोर भएको बताइन्। उनले भनिन, 'हामीले फाइनल जित्न स्पाइकिङ र ब्लकमा राम्रो गर्नुपर्ने थियो। तर हामीले एपिएफलाई ब्लकमा पनि रोक्न सकेनौं। हाम्रो स्पाइकिङ सोचेजस्तो भएन '।

एपिएफ आफ्नो टोलीभन्दा सबै पक्षमा बलियो भएको पश्चिमाञ्चलकी प्रशिक्षक कौशिला श्रेष्ठले बताइन्। उनले थपिन्, ' फाइनलको प्रदर्शनबाट सन्तुष्ट छु। एपिएफ नियमित प्रशिक्षणमा रहने टोली हो। हाम्रो टोलीमा नयाँ खेलाडी छन्। पछिल्लो समय हामी फाइनल नै पुग्न सकेको थिएनौं। फाइनलमा एपिएफलाई हामीले राम्रो चुनौती दियो। अब आगामी खेलमा राम्रो गर्नेछौं।'

प्रतियोगितामा पुलिसका कुलबहादुर थापा र एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी भए। नकआउट चरण आधारमा छनोट सर्वोत्कृष्ट खेलाडी कुलले स्पाइकबाट ३४ अंक र सरस्वतीले ३७ अंक लिएका थिए।

उत्कृष्ट स्पाइकरमा पुलिसका चन्द्र कुँवर र एपिएफकी कप्तान निमा श्रेष्ठ भए। चन्द्रले २५ र निमाले ३४ अंक जोडेका थिए। उत्कृष्ट ब्लकरबाट एपिएफका महेन्द्र श्रेष्ठ र उषा बिष्ट (महिला) पुरस्कृत भए। महेन्द्रले ९ र उषाले ११ अंक ब्लकबाट लिए। सर्भरमा आर्मीका मानबहादुर श्रेष्ठ र महिलामा पश्चिमाञ्चलकी अरुणा शाही भए। उत्कृष्ट लिबरोमा एपिएफका पुष्पजंग मल्ल र न्यु डायमन्ड एकेडेमीकी सलिना श्रेष्ठ पुरस्कृत भए। पुलिसका इम राना र एपिएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर भए।

शनिबारै तेस्रो स्थानमा पुरुषतर्फ आर्मीले हेल्प नेपाल स्पोर्टस क्लबलाई २५–१७, २५–२७, २५–९ ले र महिलामा डायमन्डले पुलिसलाई २५–२०,२५–२१,२५–२३ ले पराजित गरे।

विजेता पुरुष तथा महिला टोलीले समान १ लाख, उपविजेताले ६० हजार र तेस्रो टोलीले ४० हजार पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडीले १५ हजार र विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।

विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री पुरुषोक्तम पौडेलले पुरस्कृत गरेका थिए। असोज २८ देखी सुरु भएको एनभीए क्लब च्याम्पियनसिपमा सहभागि टोलीले राष्ट्रिय भलिबल लिगमा खेल्न पाउने आयोजक नेपाल भलिबल संघले बताएको छ। च्याम्पियनसिपमा ८ पुरुष टोली र ६ महिला टोलीले प्रतिस्पर्धा गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
फाइनलमा एपिएफ र पुलिस
नागरिक नागरिक • · २५ वैशाख २०७५ · ५ मिनेट पाठ
दुवै पुलिस भलिबलको फाइनलमा
नागरिक नागरिक • · १५ वैशाख २०८१ · २ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस