खेलकर्मी सम्मानित
०५ पौष २०७८
•
२ मिनेट पाठ
खेलकर्मी सम्मानित
युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी कुल ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट आइतबार सम्मानित गरेको छ।




उसुका दीपक हमाल, जुनी राई र सुस्मिता तामाङ, करातेका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडी केशव थापा सम्मानित भएका हुन्। उसुका तीनै खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतासमेत हुन्। सम्मानित सबैले जनही एक लाखसहित प्रशंसापत्र प्राप्त गरे।

प्रशिक्षकमा तेक्वान्दोका संगीना वैद्य र नोर्बु लामा सम्मानित भए। दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसापत्र पाए। निर्णायकमा पनि तेक्वान्दोकै अशोक खड्का सम्मानित भए। उनलाई एक लाख नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो। सोही अवसरमा ९ खेल पत्रकार पनि सम्मानित भए।

खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्य सम्मानित भए। उनले ५० हजार नगदसहित प्रशंसापत्र प्राप्त गरे। पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रूपन्देहीकी सन्जु पौडेल तथा पोखराका विजय नेपाली जनही २५ हजार र प्रशंसापत्रबाट सम्मानित भए। पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ प्रदेश–१ का नमिन ढकाल, प्रदेश–२ का वसन्त खतिवडा, बाग्मतीका कुशल तिमल्सिना,गण्डकी सोनिता अर्याल, लुम्बिनीका दीपक न्यौपाने, कर्णालीका रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट पुरस्कृत भए।

सातैलाई समान २५ हजार रूपैयाँ नगदसहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सहसचिव एवं प्रवक्ता विष्णुराज ढकालले उनीहरूलाई सम्मान गरे।
अर्को समाचार
तेक्वान्दोका अशोकसहित खेलकर्मी सम्मानित
१८ साउन २०८२
•
१ मिनेट पाठ
तेक्वान्दोका अशोकसहित खेलकर्मी सम्मानित
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र फुटबलका एक प्रशिक्षकसहित दुई खेलाडी गरी चार खेलकर्मी शनिबार सम्मानित भएका छन्।




राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कागेश्वरी मनोहरा नगर कार्यसमितिले थलीमा एक कार्यक्रम आयोजना गर्दै तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक तथा फुटबलका प्रशिक्षक रसिक कोइराला, खेलाडीद्वय राधिका ओली र सबिना तामाङलाई सम्मान गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाही, राप्रपा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिम्खडा र राप्रपा कागेश्वरी मनोहरा नगर कार्यसमितिका अध्यक्ष मणि सिम्खडालगायतले उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरेका थिए। सोही अवसरमा २०८१ को एसइईमा चार जिपिए अंक ल्याउने नगरभित्रका विभिन्न विद्यालयका १४ विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो।

सम्मानित हुने खेलाडी, प्रशिक्षक र निर्णायक पनि कागेश्वरी मनोहरा नगरपालिकाकै हुन्। गोलकिपर राधिकाले नेपालको यु–१५ उमेर समूहबाट खेलेकी थिइन्। सबिना भने नेपालको यु–१७ उमेरसमूहकी फरवार्ड हुन्। तेक्वान्दोका अशोक ग्योरोगी र पुम्सेका साथै पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
एरिकासहित ६ खेलकर्मी सम्मानित
एरिकासहित ६ खेलकर्मी सम्मानित
नागरिक नागरिक • · २६ जेष्ठ २०८२ · २ मिनेट पाठ
धावकलाई सम्मान
नागरिक नागरिक • · १५ भदौ २०८२ · १ मिनेट पाठ
खेलकर्मी सम्मानित
खेलकर्मी सम्मानित
नागरिक नागरिक • · ०४ असोज २०८१ · २ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस