इलाम– त्रिभुवन आर्मी क्लब आइतबार माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। अघिल्लो दिन अर्को विभागिय टोली पुलिस अन्तिम चारमा प्रवेश गरेको थियो।एन्फा कप विजेता झापा ११ माथि १–० को कठिन जित हासिल गर्दै सेनाको टोली सदरमुकाममा जारी प्रतियोगितामा अघि बढेको हो। पछिल्ला तीनै भेटमा आर्मीले झापालाई हराउँदै आएको छ।
प्रतिस्पर्धात्मक खेलको १६ औं मिनेटमा टंक बस्नेतले गरेको गोल नै आर्मीको जितका लागि पर्याप्त बन्यो। करिब छ हजार घरेलु दर्शकको समर्थन पाएको झापाले खेलको धेरैजसो समय बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर सदुपयोग गर्न सकेन। पोष्टमा गरेका तीन सशक्त प्रहार खेर जाँदा झापाका खेलाडी र समर्थक निराश हुनपुगे।
खेल सुरु भएको २० मिनेटसम्म आक्रामक रुपमा प्रस्तुत आर्मीले झापालाई केही दबावमा राखेको थियो। गोल गरेपछि भने सेनाको टोली रक्षात्मक बन्यो। धेरै जसो समय बल नियन्त्रणमा राखे पनि झापाले विपक्षीको पोष्टमा गोल गर्न सकेन।
झापा र आर्मीवीच यसअघि पथरी गोल्डपकपको फाइनलमा भेट भएको थियो। जसमा आर्मीले झापालाई २–० ले पाखा लगाउँदै उपाधि चुम्यो। राष्ट्रिय लिगमा पनि आर्मीले यसै बर्षदेखि लिग खेल्न थालेको झापालाई १–० ले हरायो। इलामको तेस्रो भेटमा पनि आर्मीसँगै पराजित भएपछि झापाले त्यसलाई ‘दुर्भाग्य' को संज्ञा दियो।
‘आज पनि आर्मीसँग हाम्रा खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाए, जुन यसअघिका दुईटा खेलमा पनि समस्या बनेको थियो' झापाका प्रशिक्षक भगिरथ आलेले भने, ‘आर्मीभन्दा हाम्रो खेल कौशल राम्रो हुँदाहुँदै पनि पराजय भोग्नुपर्योर।'
फुटवलमा गोलको महत्व हुने उल्लेख गर्दै आर्मीका प्रशिक्षक मेघराज केसीले झापा राम्रो खेलेर पनि गोल गर्न नसक्दा पराजित भएको बताए। १५ दिनमा ९ खेल खेल्दा टोलीका खेलाडी शारीरिक रुपमा थकित भएको उल्लेख गर्दै केसीले आर्मीको आक्रामक शैलीका जितको कारण भएको बताए। विपक्षीको खेल हेरेर सेमिफाइनलको रणनीति बनाउने उनले जनाए।
म्यान अफ दी म्याच घोषित झापाका नरेन्द्र लिम्बूले पाँच हजार रुपैयाँ पाए। सोमबार सिक्किमको सुनाल्चु क्लब र थि्रस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।