नेपालको सान्त्वना जित
१९ असार २०७२
•
६ मिनेट पाठ
नेपालको सान्त्वना जित
काठमाडौं– नेपालले नेदरल्यान्ड्सविरुद्धको चार खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रियशृंखलाको अन्तिम खेलमा ३ विकेटको सान्त्वना जित पाएको छ। यसअघि नेपालले नेदरल्यान्ड्सलाई जनवरीमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा हराएको थियो।
शुक्रबार राति नेपालको जितका बाबजुद शृंखला ३–१ ले नेदरल्यान्ड्सको पक्षमा गएको छ।

कप्तान पारस खड्काको प्रदर्शनप्रेरित नेपालले नेदरल्यान्ड्सले दिएको १ सय ४० रनको लक्ष्य दुई बल बाँकीमा पूरा गरेको हो। तीब्रगतिका युवा बलर सोमपाल कामीले दुई बलखेल्दै दुई चौका प्रहार गरेपछि नेपालले जित पाएको थियो। जबकि अन्तिम ओभरमा नेपाललाई ६ रन आवश्यक थियो।पहिलो बलमा प्रदीप ऐरीलाई गुमाएपछि सोमपाल र वसन्त रेग्मीले क्रिज सम्हाले। सोमपालले कभर ड्राइभमा चौका प्रहार गर्दै खेल जिताए।

टस जितेको डच टोलीले रोटरड्याम मैदानमा २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनायो। रोइलोफ भान डेर मेर्वीले अविजित ४०, कप्तान पिटर बोरेनले २७, ओपनर रहिल अहमेदले २५ र मिचेल रिप्पोनले अविजित २२ रन जोडेका थिए। नेदरल्यान्ड्सका ओपनर टोवाइज विसी (५) लाई सोमपालले तेस्रो ओभरमा बोल्ड गर्दै विकेट सुरुआत गरेका थिए। आठौं विकेटमा भान डेर र रिप्पोनले अविजित ५६ रनको साझेदारी गरेकपछि डच टोलीको स्कोर बढेको थियो।

अलराउन्डर सागर पुनले ३ र वसन्त रेग्मीले २ विकेट लिए। सागरले ४ ओभरमा २६ रन र वसन्तले ४ ओभरमा ३१ रन खर्चेका थिए।

लगातार तीन खेल हारेको नेपालको सुरुआती ब्याटिङ फितलो देखियो। ओपनर सागर ४ र अनिल मण्डल ९ रन जोडेर आउट भए। पहिलो ओभरमै सागर भान डेरको बलमा पाउल भान मिकेरिनबाट क्याचआउट भए। सागर आउट हुँदा नेपालले ४ रन मात्र बनाएको थियो। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका अनिलले रनआउट हुनुअघि १६ बल खेल्दै ९ जोडेका थिए।

कप्तान पारसले ट्वान्टी–२० करिअरमा पाचौं अर्धशतक प्रहार गर्दै शृंखलामा 'ह्वाइटवास' हुनबाट टोलीलाई जोगाएका थिए। उनले ५४ रन बनाए। ४१ बलमा ६ चौका प्रहार गरेका पारसले पाँचौं विकेटमा शरद भेषावकरसँग ४४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। टोलीलाई जितका लागि १० रन आवश्यक हुँदा उनी १८.५ ओभरमा मुदासार बुखारीको बलमा बोरिनबाट क्याचआउट भए। पारस नेदरल्यान्ड्सका असान मलिकसँगै प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए।

नेपालका लाागि उपकप्तान ज्ञानेन्द्र मल्लले १८, विनोद भण्डारीले १३ र शरदले १२ रन जोडे। प्रदीपऐरी ६ रनमा आउट भए। शरद र प्रदीपलाई मलिकले बोल्ड गरे। दोस्रो विकेटमा ज्ञानेन्द्र र अनिलले २५ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए। नेदरल्यान्ड्सका मलिकले ३ र भान डेर मेर्वीले २ विकेट लिए।

नेपालले पहिलो खेलमा १८ रन, दोस्रोमा १ सय ३ रन रतेस्रो खेलमा पनि१८ रनले पराजय भोगेको थियो।

नेपाल वरीयताभित्र

शुक्रबार नेदरल्यान्ड्ससँग खेलेपश्चात नेपाल विश्व ट्वान्टी–२० क्रिकेटको वरीयतामा समेटिएको छ। विश्व वरीयतामा पर्न आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने प्रावधान छ।

नेपालले एक वर्षअघि बंगलादेशमा भएको विश्व ट्वान्टी –२० क्रिकेटमा अफगानिस्तान, हङकङ र बंगलादेशसँग खेलेको थियो। अफगानिस्तान ९ र हङकङलाई ८०रनले पराजित गरेको नेपाल बंगलादेशसँग ८ विकेटले हारेको थियो।

बंगलादेशमा भएको प्रतियोगिताबाटै नेपाललाई आइसिसीले ट्वान्टी–२० को मान्यता दिएको थियो। त्यसपछि नेपालले श्रीलंकामा हङकङसँग एक अन्तर्राष्ट्रिय खेल खेल्यो। नेदरल्यान्ड्ससँगचार खेल खेलेपछि नेपाल विश्व ट्वान्टी–२० वरीयतालाई लायक भएको हो।

नेपाली टोली नेदरल्यान्डबाटै स्कटल्यान्ड र आयरल्यान्डमा जुलाई ९ देखि हुने विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा भाग लिन जानेछ। प्रतियोगिताअघि नेपालले जुलाई ६ मा ओमान र ७ मा युएईसँग अभ्यास म्याच खेल्नेछ। नेपाल रहेको समूह 'ए' मा हङकङ, आयरल्यान्ड, जर्सी, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालको पहिलो खेल जुलाई १० मा अमेरिकासँग हुनेछ।



अर्को समाचार
यु १९ महिला विश्वकप : मलेसियाविरुद्ध नेपालको सान्त्वना जित
११ माघ २०८१
•
१ मिनेट पाठ
यु १९ महिला विश्वकप : मलेसियाविरुद्ध नेपालको सान्त्वना जित
यु १९ महिला विश्वकपमा मलेसियाविरुद्ध नेपालले जित हात पारेको छ। नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो।




टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो। कप्तान पुजा महतोले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भएको थियो। ४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो।

यो जितसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ। नेपालले यसअघि ३ खेलमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजय व्यहोरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस