२२ वर्षपछि उपाधि
१२ भदौ २०७२
•
८ मिनेट पाठ
२२ वर्षपछि उपाधि
काठमाडौं-साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्दै नेपालले उमेर समूहको फुटबलमा महत्वपूर्ण फड्को मारेको छ। दक्षिण एसियामा सबैखाले फुटबल (उमेर समूह र राष्ट्रिय टोली) मा बलियो मानिएको भारतलाई शनिबार टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

दुईपल्ट दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको नेपालले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको यो पहिलोपल्ट हो। २२ वर्षयता राष्ट्रिय टोलीले दक्षिण एसियाली फुटबलमा स्वर्ण जित्न सकेको छैन।

पछिल्लोपल्ट बंगलादेशमा सन् १९९३ मा भएको छैटौं साग (तत्कालीन साफ) खेलकुदमा नेपालको सिनियर टोली च्याम्पियन बनेको थियो। संयोग नै मान्नुपर्छ त्यति बेला र अहिले यु–१९ दुवैको फाइनल प्रतिद्वन्द्वी भारत नै थियो र दुवै खेल नेपालले टाइब्रेकरमा पुगेर जितेको हो। २२ वर्षअघि २–२ को बराबरीपछि र यसपटक १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपालले बाजी मार्योत।

३१ औं मिनेटमा तेज तामाङको गोलबाट सुरुआती अग्रता लिए पनि अन्तिम सयममा सम्हालिन नसक्दा नेपालले नतिजाका लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो। दिनेश राजवंशीले पेनाल्टी बक्समा बल ...ह्यान्ड' गरेपछि भारतले पेनाल्टी पाएको थियो। ८७ औं मिनेटमा सहबाजले पेनाल्टीमा बराबरी गोल गरे। पेनाल्टी सुटआउटका नायक रहे नेपाली टोलीका गोलरक्षक सोजित गुरुङ। उनले मोइनुद्दिनको पहिलो पेनाल्टी रोक्दै नेपाललाई विजयोन्मुख बनाएका थिए। यता नेपालका लागि सबै पाँच जनाले गोल गरे। सोजितले जोगाएको पेनाल्टीकै कारण नेपाल क्षेत्रीय च्याम्पियन बन्न सफल भयो।

पछिल्लोपल्ट नेपालले स्वर्ण पदक जित्दा टोलीको महŒवपूर्ण सदस्य रहेका बालगोपाल महर्जन यसपटक मुख्य प्रशिक्षक थिए। टोलीको जितपछि उनले २२ वर्षअघिको सफलता स्मरण गरे। 'त्यति बेला खेलाडी थिएँ। अहिले प्रशिक्षक छु। एउटा खेलाडी र प्रशिक्षकका रूपमा सफलता प्राप्त गर्दाको खुसी बयान गर्न सकिन्न,' समर्थकमाझ घेरिएका महर्जनले सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फ मैदानमा भने, 'यो खुसीका लागि हामीले निकै लामो प्रतीक्षा गर्नुपर्योर। यो जितको श्रेय खेलाडी, मेरो प्रशिक्षण टोली, व्यवस्थापन र दर्शकलाई जान्छ। सबैले हामीप्रति देखाएको विश्वासमा हामी खरो उत्रन सक्यौं। यति ठूलो जित त्यो पनि घरेलु मैदानमै यो त झन् दोहोरो खुसी हो।'

महर्जनले प्रयास गर्दा सफलता सम्भव भएको यो च्याम्पियनसिपले प्रमाणित गरेको बताए। 'मैले झन्डै ४ वर्षदेखि यो टोली सम्हालिरहेको छु। लगातारको अभ्यास मेहनत र निरन्तरताकै कारण आज सफलता प्राप्त भएको हो,' उनले थपे, 'यसपटक हामीले अलग–अलग चार टोलीलाई हराएर उपाधि जितेका छौं। यो सानो सफलता होइन।'

समूह चरणमा भुटान र बंगलादेशलाई हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई पन्छाएको थियो। केही साताअघि यु–१६ को सेमिफाइनलमा भारतसँग पराजित नेपालले घरेलु मैदानको यु–१९ उपाधि बाहिरिन दिएन।

युवा टोलीका कप्तान विमल घर्तीमगरले फाइनल चाहेजस्तै भारत प्रतिद्वन्द्वी परेको र टिमवर्कमा उपाधि जित्न सफल भएको बताए। प्रशिक्षक महर्जनले उपाधि एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ र वैशाख १२ को विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरूप्रति समपर्ण गरे। ...श्रेष्ठ अहिले हामीबीच हुनुहुन्न। हामीले उहाँले देखेको सपना थोरै भए पनि पूरा गर्न सक्यौं,' भावुक हुँदै महर्जनले भने, ...यसपटक भूकम्पले पनि हजारौंको ज्यान गयो। ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै यो उपाधि उहाँहरूमा समर्पण गर्दछौं।' जेठ २९ मा भैंसेपाटीस्थित नयाँ घरमा सरेकै दिन करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको थियो।

उमेर समूहमा सफलता प्राप्त गर्नुको एउटा मुख्य कारण एन्फाले सञ्चालन गरेको एन्फा एकेडेमी हो। श्रेष्ठ आफ्नो जीवन रहुन्जेल त्यही एकेडेमीलाई व्यवस्थापन र खेलाडीको चिन्तामा अहोरात्र खटिएका थिए। स्थापना गरेको झन्डै दुई दशक पुग्नै लाग्दा एकेडेमीबाट उत्पादित खेलाडीले पहिलोपल्ट आयोजित यु–१९ को उपाधि जित्यो।

युवा खेलाडीले जहाँबाट फुटबलका गुण सिके त्यहीं सातदाबाटोको मैदानबाट सफलताको कथा सुरु गरेका छन्। यस वर्ष एस्ट्रो टर्फ राखेपछि उक्त मैदानमा आयोजना भएको साफ यु–१९ पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यद्यपि यसअघिका उमेर समूहले पनि आंशिक सफलता दिलाएका थिए।

सन् १९९७ मा सुरु भएको एन्फा एकेडेमीको पहिलो ब्याच २००३ को एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणका लागि छनोट भएको थियो। त्यसपछि यु–१६ टोली पनि दुईपटक (२००६ र २०१३) एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट भइसकेको थियो। दुई बर्ष अघि महर्जनकै नेतृत्वमा यही टोली एएफसी यु–१६ को अन्तिम चरणका लागि छनोट भएको थियो। तथापि साफको तेस्रो संस्करणको समाप्तिसम्म नेपाल यु–१६ च्याम्पियन बन्न सकेको छैन। नेपालले आफ्नै भूमिमा २००२ र २००४ मा भएको एएफसी यु–१४ फेस्टिबल जितेको थियो।

नेपाल र भारतको सिनियर टोलीले मैत्रीपूर्ण खेल्ने दुई दिनअघि नेपालको युवा टोली भारतमाथि हाबी भएको छ। यो जित सिनियर टोलीका लागि पनि मनोबल उच्च पार्ने कारण बन्न सक्छ। सोमबार पुनेमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ।
अर्को समाचार
१२ वर्षपछि भारतले जित्यो च्याम्पियन्स ट्रफी, न्यूजिल्यान्ड ४ विकेटले पराजित
२५ फागुन २०८१
•
१ मिनेट पाठ
१२ वर्षपछि भारतले जित्यो च्याम्पियन्स ट्रफी, न्यूजिल्यान्ड ४ विकेटले पराजित
भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

२ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमै जित हात पार्‍यो। कप्तान रोहित शर्माको नेतृत्वमा यो ९ महिनाभित्र दोस्रो आइसिसी उपाधि हो। यसअघि, उनले गत जुन २९ मा टी-२० विश्वकप जिताएका थिए।

रोहितले कप्तानी पारी खेल्दै ७६ रनको योगदान दिए। रन चेजमा श्रेयस ऐयरले ४८, केएल राहुलले अविजित ३४ र अक्षर पटेलले २९ रन बनाएर टिमलाई जिततर्फ डोर्‍याए।

बलिङतर्फ कुलदीप यादव चम्किए। उनले दुई ओभरभित्रै लगातार दुई विकेट लिँदै खेल भारततर्फ फर्काइदिए।

उनले रचिन रविन्द्र र केन विलियमसनलाई पेभेलियन पठाएका थिए। न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस