नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी
१२ असार २०७९
•
३ मिनेट पाठ
नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ।




आइसिसीका प्रतिनिधि र सञ्चारकर्मीबीच शनिबार भएको अन्तर्क्रिया कार्यक्रममा आइसिसीले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराउँदै नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

अन्तर्क्रिया कार्यक्रममा आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै प्रावधान चरणबद्ध तरिकाले पूरा गरेकाले आर्थिक नियन्त्रण फुकुवा भएको उल्लेख गरे।

‘चतुरबहादुर चन्द नेतृत्वले आइसिसीको सम्पूर्ण मापदण्ड क्रमशः पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेकाले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएका छौं,’ख्वाजाले भने, ‘चरणबद्ध तरिकाले आइसिसीका मापदण्ड पूरा गरेसँगै नेपाल अन्य देशजस्तै फुकुवा भएको छ।’

नेपालको क्रिकेट विकासमा अब नयाँ उचाइ लिने सम्भावना रहेको ख्वाजाको भनाइ छ। ‘आफ्ना कार्ययोजना र क्रिकेट विकासका लागि अब नेपालसँग बाटो खुला भएको छ,’उनले भने, ‘नेपाल धेरै सम्भावना भएको देश हो।

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्न हामी सधैं सकारात्मक छौं।’ साथै नेपाली क्रिकेटमा भौतिक पूर्वाधारको विकासका लागि नेपाल सरकारको अग्रसरताप्रति पनि ख्वाजाले प्रशंसा गरेका छन्। सञ्चारकर्मीसँगै अन्र्तक्रियाअघि शनिबार नै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आइसिसीका प्रतिनिधिबीच भेटवार्ता भएको थियो।

उक्त भेटवार्तामा नेपाल सरकार आफ्नो क्रिकेट विकासमा सकारात्मक रहेको भन्दै उपाध्यक्ष ख्वाजाले खुसी व्यक्त गरे। आइसिसीका प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग पनि छलफल गरेका थिए।

त्रिपुरेश्वरस्थित राखेपमा नै भएको छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, आइसिसी डेभलपमेन्टका चेयरम्यान इमरान ख्वाजा, आइसिसी डेभलपमेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराइट र आइसिसी फाइनान्स एन्ड अपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो।

क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता नभएको भन्दै आइसिसीले २०७३ साल वैशाखमा निलम्बन गरेको थियो। यद्यपि, आइसिसीले लामो समयको प्रतिबन्ध २०७६ सालको असोजमा फुकुवा गरेको थियो।

निर्विवाद रूपमा चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको नयाँ कार्यसमिति आएपछि आइसिसीले ससर्त प्रतिबन्ध हटाएको हो। तर, जेठ ३१ गते आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ पनि हटेपछि क्यानमाथिको प्रतिबन्ध पूर्ण रूपमा फुकुवा भएको थियो। आइसिसीले आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले क्यानले धेरै समस्या झेल्नु परेको थियो।

तर, अब सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त्र तरिकाले अगाडि बढाउन पाउने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए। ‘आइसिसीले अगाडि सारेका सर्त हामीले पूरा गर्‍यौं।

सोहीअनुसार आइसिसीले क्यानलाई विश्वास गर्‍यो र कन्ट्रोल फन्डिङ पनि फुकुवा भएको छ,’अध्यक्ष चन्दले भने, ‘नियन्त्रण फुकुवाले नेपाली क्रिकेटलाई थप अगाडि बढाउन सहयोग मिल्नेछ। आइसिसीको त्यो निर्णयले नयाँ कार्यक्रमसहित नेपाली क्रिकेटको विकासमा खाका कोर्न सहयोग पुगेको छ। साथै क्यानमा उर्जा पनि मिलेको छ। अब क्यान आफ्नै कार्ययोजना अनुसार अगाडि बढ्न पाउनेछ।’

फुकुवासँगै क्यानले अगाडि सारेका कार्यक्रम छिट्टै पूर्णता दिने विश्वास व्यक्त गरेको छ। ग्रास रुटका कार्यक्रम, भौतिक पूर्वाधार र निमार्णधीन संरचना पूरा गर्नेदेखि दुई वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला निर्माणका लागि काम गर्ने क्यानले जनाएको छ। 
अर्को समाचार
सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने
२० वैशाख २०८०
•
१ मिनेट पाठ
सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने
सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।




बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो।
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस