नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष, वर्ष सर्वोत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गर्नेछ। मञ्चले चार वटा विधामा नोमिनेसन सार्वजनिक गरिसकेको छ। जस अनुसार सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ उत्कृष्ट ३ मा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) परेका छन् । त्यस्तै, सर्वोत्कृष्ट वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिवल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन्।
यसैगरी, वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उत्कृष्ट ३ मा परेका छन। वर्ष उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजु (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा (टेनिस) उत्कृष्ट ३ को मनोनयन सूचिमा परेका छन्।
उत्कृष्ट ३ मध्ये एक जनालाई उत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए। गत वर्षभरीको खेलहरुमा खेलाडीले जनाएको सहभागिता, पाएको उपलब्धी र देखाएको पर्फमेन्सका आधारमा निर्णायक कमिटीले गरेको आधारमा अवार्ड प्रदान गरिने उनले बताए।
यसैबीच, मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने जनाएको छ। बाँकी दुई विधा उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने अवार्ड समारोहमा एकैपटक घोषणा गरेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुष र महिलालाई टेल–जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ। त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई अवार्डसहित नगद पैंतीस–पैंतीस हजार रुपैयाँ प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए। यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट अवार्डेड हुने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई पनि मनोनयन अवार्ड र प्रमाणपत्र प्रदान गरिने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए।
वर्ष २०८० को पोखरा स्पोर्टस अवार्ड को नोमिनेसन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८० को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।
मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो।
पोखरा स्पोर्टस अवार्ड–२०७८ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) नोमिनेसनमा परेका छन्। त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा अनुस्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आईटिएफ तेक्वान्दो) परेका छन्।
वर्ष उदीयमान खेलाडीमा ज्योत्सीका मरासिनी (क्रिकेट), दिलासा राना (व्याडमिन्टन), र बादल कार्की (एथ्लेटिक्स) नोमिनेसनमा परेको मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए। यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा निरज थापा (टेनिस), रमेश केसी ((भलिबल) र रिजन प्रजु (क्रिकेट) नोमिनेसनमा परेको उनले बताए।
मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ। बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक–एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ। त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५ हजार रुपैयाँ प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप), पोखरा महानगर खेलकुद परिषदको सहयोगमा हुने अवार्डको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ। अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चले अध्यक्ष दीनानाथ बरालको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...