काठमाडाैं-बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाल सात विकेटले पराजित भएको हो। भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लगि प्रेम तामाङले २ विकेट र सन्दिप लामिछानेले एक विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। नेपालका लागि सन्दीप सुनारले सर्वाधिक ३७ रन बनाए। त्यस्तै राजवीर सिंहले ३५, प्रेम तामाङले २९ र अरिफ शैखले २६ रन बनाए।
पहिलो ओभरमै सुनिल धमला शून्यमा आउट भए। योगेन्द्र सिंह कार्की ७ रन, राजु रिजाल रिजाल ६ रन, दिपेन्द्र सिंह ऐरी १ रन, कुशल भुर्तेल ६ रन र सुशील कँडेल ३ रन बनाए।
भारतका लागि अभेष खानले तीन विकेट लिए। मयंक डगर र वाशिंग्टन सुन्दरले २-२ विकेट लिए।
बाक्लो हुस्सुका कारण खेल ढिला भएको थियो। हुस्स्कै कारण आयोजकले २ ओभरको खेल पनि घटाएको हो।