कास्कीको प्रस्तावित एन्फा टेक्निकल सेन्टर: स्थानीयको मागलाई सम्बोधन गर्न आग्रह
२८ साउन २०७९
•
४ मिनेट पाठ
कास्कीको प्रस्तावित एन्फा टेक्निकल सेन्टर: स्थानीयको मागलाई सम्बोधन गर्न आग्रह
कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित प्रस्तावित एन्फाको टेक्निकल सेन्टर।
कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडाबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणअघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन्। टेक्निकल सेन्टरको काम सुरु हुनुअघि स्थानीयको गुनासोलाई सम्बोधन गर्नुपर्ने अभिव्यक्ति दिएका छन्।




एन्फा टेक्निकल सेन्टरको प्रत्यक्ष अवलोकन गर्न पुगेको कास्की जिल्ला फुटबल संघका पदाधिकारी समक्ष स्थानीयले उचित सम्बोधन गरेर काम अगाडि बढाउनुपर्ने आग्रह गरेका छन्। ‘एन्फाको यो प्रोजेक्ट आउने बारेमा जग्गा धनीका हामीलाई सोधखोज केही गरिएन्,’ स्थानीय दुर्गादत्त अधिकारीले भने ‘विकास हुनुपर्छ। विकासमा हामीपनि रम्न चाहन्छौं तर हामीलाई उचित सम्बोधन गर्नुपर्छ।’

उनले आफनो ३६ मुरी माटो भएको जग्गा प्रोजेक्ट भित्र पर्ने भन्दै त्यसको लागि उचित सम्बोधन गरिनुपर्ने माग गरे। स्थानीय शिक्षक नविन अधिकारीले स्कुलको जग्गाको केही एन्फाको प्रोजेक्टसँग भित्र पर्ने भन्दै समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘समन्वय गर्नुपर्छ त्यसको लागि हामी कँही चुक्दैनौं,’ उनको भनाइ थियो। टेक्निकल सेन्टरको बारेमा नजिकदेखि नियाल्दै आएका शिक्षक जयलाल दवाडीले राजनीति बदलावसँगै यो एन्फाको प्रोजेक्ट पनि बदलिन नहुने स्पष्ट पारे। ‘भिंडाबारीमा एन्फाको प्रोजेक्ट बन्नुपर्छ। तर राजनीतिक बदलावसँगै प्रोजेक्ट पनि बदलाव हुनुहुँदैन्,’ उनको भनाइ थियो। उनका अनुसार एन्फाको प्रोजेक्टलाई राजनीतिक परिवर्तनसँगै भिंडाबारीबाट अन्यत्र नसारियोस भन्ने माग तथा अपेक्षा हो।

एन्फाको टेक्निकल सेन्टर बनाउन प्रस्तावित जग्गा अधिकांश पर्ती हो। पर्ती जग्गा संरक्षण गर्न स्थानीयले सार्वजनिक सम्पति संरक्षण समिति समेत बनाएका छन्। समितिले केही कृषि फार्मलाई भाडामा दिएको छ। ‘दुई वर्ष समितिकै संरक्षणमा जग्गा रह्यो। त्यसपछि टेण्डर आह्वान गरेर भाडामा दियो। टेण्डर पारेर हामीले कृषि फार्म चलाईराखेका छौं,’ स्थानीय तोयानाथ अधिकारीले भने ‘टेण्डर प्रक्रिया अनुसार नै कृषि फार्म सञ्चालन गरिएको छ। अवधि सकिन अझै ५–७ वर्ष बाँकी छ।’ उनले व्यक्तिगत कारणले आफुले राज्यले चाहेको विकासको कामलाई अवरोध नगर्ने भन्दै एन्फाकै कारण आफनो लगानी वर्षेनी कटौती गर्नुपर्नेको गुनासो सुनाए।  

‘एन्फाको प्रोजेक्ट सुरु भइहाल्छ भन्ने एकखालको चर्चा चलाइयो। चर्चाकै कारण लगानी कटौती गर्दै गए।’ उनले भने, ‘समितिसँग औपचारिक रुपमा कागज गरेर काम गरेको हुँ। समयावधि अघि नै छोड्नुपर्दा उचित हुनुपर्छ भन्ने मान्यता हो।’ 
स्थानीय बासिन्दा कृष्ण भण्डारी, जमूना अधिकारी, शिक्षक रामचन्द्र दवाडी लगायतले एन्फाको प्रोजेक्ट बन्नुपर्नेमा एकमत रहेपनि उचित सम्बोधनको लागि गाउँपालिकाले सहजीकरण गर्नुपर्ने जिकिर गरेका थिए। उनीहरुले प्रोजेक्ट सफल बनाउनुपर्ने माग गर्दै यदि जर्वजस्त गरियो भने रोकिन सक्ने भन्ने चेतावनी समेत दिए।  

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धितालमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ दुई खोलाको दोभानमा छ। दोभानमा रहेको प्रस्तावित जग्गालाई तटबन्ध लगाई संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ। यद्दपि मर्दी खोलाको किनारमा १२० मिटर लामो तटबन्ध बाँधिएको छ। खोला किनारमा अझै लामो तटबन्ध बाँध्नुपर्ने छ। अर्कोतिर इदी खोलाको कटान रोक्न पनि तटबन्ध लगाउनुपर्ने खाँचो छ।  

प्रस्तावित टेक्निकल सेन्टर गाउँपालिकाको धिताल–६ मा पछ। वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतमले एक करोड ४० लाखको टेण्डर आह्वान भइ घटिघटाउमा ६९ लाखमा १२० मिटर लम्बाइको मर्दी खोलामा तटबन्ध लगाइएको बताए। उनका अनुसार २ मिटर गहिराइ डेढमिटर चौडाइ र ३ मिटर उचाइको तटबन्ध लगाइएको छ।  

वडा नं ८ का वडाध्यक्ष एवं पर्यटन व्यवसायी राम गुरुङले एन्फाको यो ड्रिम प्रोजेक्ट कार्यान्वयनमा ल्याउन संघ, प्रदेश र स्थानीय सरकारसँगै एन्फाले के कसरी लगानी गर्ने विषयमा निर्णय हुनुपर्ने बताए। ‘हामी स्थानीय तहले के–के काम गर्नुपर्छ। संघ, प्रदेश सरकारले कस्तो प्रतिबद्धता गर्नुपर्छ त्यसको लागि एन्फाले समन्वयकारी भूमिका खेल्नुपर्छ,’ उनको भनाइ थियो। उनले स्थानीय जग्गा दाताहरुलाई स्थानीय तहबाटै उचित सम्बोधन गरेर काम अघि बढाउने प्रतिबद्धता गरे।  

कास्की जिल्ला फुटबल  संघका अध्यक्ष उज्जवल रन्जित, उपाध्यक्ष नरेन्द्रजग गुरुङ तथा महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले भिंडाबारी प्राकृतिक दृष्टिकोणले प्रोजेक्ट बनाउनुपर्ने आवाज उठाएका छन्। ‘सरकारले विवादित ठाँउमा लगानी गर्दैन्,’ महासचिव खत्रीले भने, ‘पहिलो विवादरहित बनाउनुपर्छ। त्यसपछि खेलुकदलागि जग्गा रेंखाकन गरिदिनुपर्छ। काम सुरु गर्दा निर्विवाद रहनुपर्छ।’  
अर्को समाचार
कास्कीमा बजार अनुगमन तिब्र, अखाद्य खाना बेच्नेलाई कारवाही
२० असार २०८३
•
२ मिनेट पाठ
कास्कीमा बजार अनुगमन तिब्र, अखाद्य खाना बेच्नेलाई कारवाही
होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तरबारे गुनासो आएको भन्दै कास्की प्रशासनले पोखरा र यस क्षेत्रको बजार अनुगमनलाई तिब्र बनाएको छ। अनुगमनका क्रममा गुणस्तरहीन खाना र खाजा खुवाउने होटल तथा रेस्टुरेन्ट, चमेनागृह र सामान बेच्ने पसललाई प्रशासनले जरिवाना पनि तिराएको छ।  




कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कारवाहीमा परेका चमेनागृह, होटल तथा रेस्टुरेन्ट र पसलले बस्तुको मूल्यसूँची नराखेको, ब्याच नम्बर, उत्पादन मिति, प्रयोगयोग्य मिति तथा लेवल नभएका बस्तुहरु बिक्री वितरण गरेकोले उनीहरुलाई कारवाही गरिएको हो। साथै पर्याप्त सरसफाई पनि नगरिएको, पेशा, व्यवासाय दर्ता समेत नगरि संचालन गरिएको अनुगमनका क्रममा पत्ता लागेको प्रशासनले बताएको छ।  

प्रशासनका अनुसार विभिन्न ११ वटा व्यावसायमा अनुगमन गरिएको थियो। तीमध्ये केही अस्पतालका चमेनागृह पनि थिए। अनुगमनका क्रममा लेकसाइडको श्रीकृष्ण माडवारी रेस्टुरेन्ट कारवाहीमा परेको छ। त्यस्तै सुनिल क्यान्टिन तथा खुद्रा पसल, न्युट्रि किचन प्रालि, सर्वगुण फुड्स एण्ड किचन, गुड डे हस्पिटालिटी, अञ्जली खाजा घर, असिम फेवा फ्रेस हाउस, दाहाल किरानापसल, जेनिसा केमिकल्स, न्यौपाने किराना पसल र जयसवाल सपिङ सेन्टर रहेका छन्। ती व्यावसायमा अनुगमन गर्दा भेटिएका अखाद्य बस्तु समेत नष्ट गरिएको प्रशासनले बताएको छ।  

कारवाहीमा परेका ६ वटा व्यावसाय कारवाहीमा परेका छन्। उनीहरुलाई ५० हजार रुपैयाँका दरले जरिवाना पनि गरिएको छ। प्रशासनले जरिवानासँगै उनीहरुलाई बिक्री गरिने बस्तु तथा सेवाको मुल्यसूँची सबैले देख्नेगरि राख्न, नियमित रुपमा व्यावसाय नविकरण गर्न, पर्याप्त सरसफाई राख्न, म्याद गुज्रेका सामाग्री अलग्गै राख्न निर्देशन दिएको छ। त्यस्तै उत्पादन र उपभोग्य मिति, ब्याच नम्बर नभएका बस्तु बिक्री वितरण नगर्न पनि प्रशासनले निर्देशन दिएको छ।

असार १५ गते देखि १९ गतेसम्म पोखरा महानगरपालिकाका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले पोखराका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो।  
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस