नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा आजदेखि छनोट हुँदै
१० भदौ २०७९
•
१ मिनेट पाठ
नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा आजदेखि छनोट हुँदै
आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन्। जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको हो।

छनोटका लागि जिल्लामा एक हजार ६७ खेलाडीले फाराम भरेका थिए। तीमध्ये विभिन्न विधाका पाँच सय २१  छनोट हुनेसमितिले जनाएको छ। समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भदौ १५ गतेसम्म छनोटका कार्यक्रम हुने बताए।

'यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ,' उनले भने, 'जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन्।' उनले भदौ १८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने बताए।

यसअघिका विभिन्न प्रतियोगितामा कञ्चनपुका खेलाडीले बढी पदक ल्याएको बताउँदै उनले यसपटक पनि कञ्चनपुरका खेलाडीले बढी पदक ल्याउने जिकिर गरे। प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडी प्रतिस्पर्धामा सहभागी गराउन लागेको छ। कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको उनले बताए।

प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी प्रशिक्षणमा व्यस्त रहेको बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले बताए। 'हामी सबै प्रतियोगिताको तयारीमा लागेका छौँ,' उनले भने, 'आजदेखि जिल्लास्तरीय छनोट हुँदैछ, खेलाडी उत्साहित छन्।'
अर्को समाचार
इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन
१२ वैशाख २०८१
•
२ मिनेट पाठ
इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन
खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ। यही वैशाख २१–२२ मा देशका ४० र विदेशका १० ओलम्पियन खेलाडी, खेलपदाधिकारी सूर्याेदयका पर्यटकीय स्थल आउने भएका हुन्।

विशेष गरी इलामको अन्तुडाँडामा हुने ‘तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस् सेलिब्रेटी मिट’ मा सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पियन एसोसिएसन अध्यक्ष र सदस्य गरी १० जना, कोसी प्रदेशका सेलिब्रेटी खेलाडी २५ तथा विभिन्न मिडियामा आबद्ध १५ पत्रकार सहभागी हुनेछन्। 

प्रदेश खेलकुद बोर्डको आयोजना, नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन, सूर्याेदय नगरपालिकाको स्थानीय व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा स्पोर्ट्स मिट आयोजना गर्न लागिएको हो।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले ओलम्पिकका अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीबाट स्थानीय खेलाडीलाई हौसला प्रदान गर्न पनि यो अवसर फलदायी हुने आशा गरेको बताए।

‘हाम्रो नगरले आउँदो २०८३ साललाई खेलकुद वर्ष घोषणा गरिसकेको छ, त्यसका लागि पनि यो कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भने, ‘विशेष गरी यो कार्यक्रमले सूर्याेदय र इलामलाई नै विश्वमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन इँटा थप्नेछ।’

विराटनगरबाट वैशाख २१ गते दिउँसो यी खेलाडीको टोली कन्याम आइपुग्ने छ। २२ गते बिहान अन्तुडाँडाबाट दृश्यावलोकन गर्दै परिचयात्मक कार्यक्रम राखिएको छ। त्यसपछि उनीहरूलाई नगरपालिकाले अभिनन्दन गर्ने र सबैले फोटो सेसन गर्ने कार्यक्रम राखिएको नगरले जनाएको छ। 

जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले विश्वका चर्चित र नेपालका ओलम्पियन खेलाडीले इलाम भ्रमण गर्नुले खेल क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरेको बताए।

‘अहिलेसम्म नेपालका ओलम्पिक खेलाडीको यत्रो ठूलो टिम एकैसाथ इलाम ल्याउन सकिएको थिएन,’ उनले भने, ‘यसले इलामको खेल क्षेत्रमा तरंग त ल्याउने नै छ, यहाँको खेल पर्यटनमा पनि उत्तिकै सघाउ पुग्ने छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस