नामिबियाले दियो नेपाललाई १९६ रनको लक्ष्य
०४ वैशाख २०७३
•
३ मिनेट पाठ
नामिबियाले दियो नेपाललाई १९६ रनको लक्ष्य
काठमाडौं— आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिपमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले ९ विकेट क्षतिमा निर्धारित ५० ओभर ब्याटिङ गर्दै १९५ रन बनायो।नामिबियाका ओपनरले आक्रमक सुरुवात गरेका थिए। पहिलो ओभरमा १५ रन बनाए पनि दोस्रो ओभरमा सोमपाल कामीले ओपनर स्टेफन ब्राडलाई आउट गर्दै खेललाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे। टस जितेर आक्रमक ब्याटिङ गर्दै ठूलो स्कोरतर्फ लम्किरहेको नामिबियाका ब्याट्सम्यानलाई नेपाली बलरहरुले रोकेका थिए। मध्यक्रमका पाँच जना ब्याट्सम्यानले २० रनभन्दा माथिको स्कोर गरेपछि पाहुना टोली १९५ रनको स्कोर बनाउन सफल भयो।

नेपालका लागि कप्तान पारस खड्काले फुल स्पेलमा १० ओभर बलिङ गरेका छन्। उनले ३ ओभर मेडन राख्दै १ विकेट लिएर ३४ रन दिए। सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ४७ रन दिए।

सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिएर ३७ रन दिए। उनले २ मेडन ओभर बलिङ गरेका थिए। शक्ति गौचनले १० ओभरमा २८ रन दिए। कुनै विकेट नलिए पनि उनले २ मेडन ओभर राखेका थिए। बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ३ विकेट लिएर ४० रन दिए। शरद भेषावकरले २ ओभर बलिङ गरेका थिए।

पहिलो ओभरमा १५ रन बटुलेर आक्रमक ब्याटिङ गरेको नामिबियाको दोस्रो ओभरमा विकेट पतन भएको थियो। ८ बलमा १८ रन बनाएर विशाल स्कोरतर्फ लम्किरहेका स्टेफन ब्राडलाई दोस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए। जेन ग्रीनको विकेट पनि सोमपालले नै हात पारे।

नेपाली टोलीको हौसला बढाउन करिब १५ हजार दर्शक कीर्तिपुरस्थित क्रिकेट मैदानमा उपस्थित छन्। राष्ट्रिय झन्डा शरीरमा पोतेका एवं बोकेका दर्शकहरुले नेपालको पक्षमा चर्को हुटिङ गरिरहेका छन्। दर्शकको उपस्थितिलाई १२ औं खेलाडीको संज्ञा दिइएको छ।
अर्को समाचार
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य, लोफ्टी-इटनले बनाए शतक
१५ फागुन २०८०
•
१ मिनेट पाठ
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य, लोफ्टी-इटनले बनाए शतक
नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। २० ओभरको समाप्तिमा नामिबियाले ४ विकेट गुमाएर २०६ बनाएको छ।

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पछिल्लो पटक चौथौं विकेटका रुपमा नामिबियाका जन निकोल लोफ्टी-इटनलाई आउट गरेको थियो। उनलाई नेपालका बलर अभिनास बोहराको बलमा गुलशन झाले क्याच आउट गरेका हुन्।

जन निकोल लोफ्टी(इटन ३६ बलमा १०१ रन बनाएर आउट भएका हुन। यसअघि नेपालका कप्तान रोहित पौडेलले २, करण केसीले १ विकेट लिएका थिए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस