विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नामिबियाले नेपालसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको हो। नामिबियाका लागि स्टेफलले ५१, पिकिया फ्रान्सले ४, जेन ग्रिनले ४७, गेरहार्ड इरासमुस ३, गेरी स्निम्यान शून्य, लोहन लोरेन्स १०, निकोलस ७ र जेपी कोत्जे ३२, जेजे स्मित १४ रन बनाएर आउट भए। सुरेल बर्गरले अविजित ४३ रन बनाए।नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दीप लामिछानले समान दुई विकेट लिए।
अर्को समाचार
नेपाललाई नामिबियाले दियो २ सय ४० रनको लक्ष्य
अर्को समाचार
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य, लोफ्टी-इटनले बनाए शतक
नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। २० ओभरको समाप्तिमा नामिबियाले ४ विकेट गुमाएर २०६ बनाएको छ।
त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पछिल्लो पटक चौथौं विकेटका रुपमा नामिबियाका जन निकोल लोफ्टी-इटनलाई आउट गरेको थियो। उनलाई नेपालका बलर अभिनास बोहराको बलमा गुलशन झाले क्याच आउट गरेका हुन्।
जन निकोल लोफ्टी(इटन ३६ बलमा १०१ रन बनाएर आउट भएका हुन। यसअघि नेपालका कप्तान रोहित पौडेलले २, करण केसीले १ विकेट लिएका थिए।