ह्यामिल्टन- शिखर धवनको शतकमा जारी विश्वकपमा भारतले आयरल्यान्डलाई ८ विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ४९औं ओभरमा सबै विकेट गुमाएर २ सय ५९ रन बनायो। जवाफी ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा ३६.५ ओभरमा लक्ष्य भेट्टायो।धवनले ८५ बलमा ११ चौका र ५ छक्कासहित १०० रन बनाएका हुन्। त्यस्तै रोहित शर्माले ६४, विराट कोहली र अजिन्क्या रहनले अविजित ४४ र ३३ रन बनाए।
यसअघि आयरल्यान्डका लागि नेल ओब्रियनले सर्वाधिक ७५ रन बनाए। मोहम्मद सामीको बलमा क्याच भएका उनले ७५ बलमा ३ छक्का र ७ चौका प्रहार गरे। त्यस्तै ओपनर विलियम पोर्टरफिल्डले ६७ र पल स्टर्लिङले ४६ रन बनाए।
भारतका लागि मोहमम्द सामीले सर्वाधिक ३ विकेट लिए भने रविचन्द्रन आश्विनले २ विकेट लिए।