मच्छिन्द्रको दोस्रो जित
२५ असार २०८२
•
२ मिनेट पाठ
मच्छिन्द्रको दोस्रो जित
दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लबले जारी एन्फा यु–१६ युथ लिगमा मंगलबार सानदार जितसँगै दोस्रो सफलता आत्मसात् गरेको छ।




सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मच्छिन्द्रले आफ्नो दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडमाथि ७–० को रबाफिलो जित निकाल्यो। दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को कठिन जित निकाल्यो। जावलाखेलको जितमा विशाल शाहीले दुई तथा प्रिन्स भुजेलले एक गोल गरे। आर्मीका नीरज अधिकारी र सोहित वाइबाले समान एक गोल गरे।

यता, मच्छिन्द्रलाई लगातार दोस्रो जित दिलाउन करण धामी र सुमन बम ठकुरीले समान दुई गोल गरे। विकास थापा, राहुलकुमार योन्जन र आर्यवीर सिंहले समान एक गोल थपे। यससँगै मच्छिन्द्रले लगातार दोस्रो खेलमा जित निकाल्दा प्लानिङले भने पहिलो हार सामना गर्‍यो।

पहिलो खेलमा मच्छिन्द्रले एपिएफ र प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई हराएका थिए। समान दुई खेलबाट मच्छिन्द्रले ६ अंक र प्लानिङ ब्वाइजले तीन अंक जोडेका छन्। मच्छिन्द्रले पहिलो हाफमा नै ६ गोल गर्दै खेल पूर्ण नियन्त्रणमा राखेको हो। तर, दोस्रो हाफमा भने प्लानिङ समालियो र एक गोल मात्र सामना गर्‍यो। त्यसअघि खेलको छैटौं मिनेटमा करणको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो। ६ मिनेटपछि करणले नै टोलीको अग्रता दोब्बर बनाए। सुमनले १९औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। दुई मिनेटपछि नै विकासले गोल गर्दा मच्छिन्द्रको अग्रता ४–० मा पुग्यो। सुमनले २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

३३औं मिनेटमा राहुलले टोलीको छैटौं गोल गरे। यससँगै मच्छिन्द्रले पहिलो हाफमै ६–० को अग्रता लियो। दोस्रो हाफमा भने प्लानिङले आफ्नो रक्षापंक्तिमा सुधार गर्‍यो। मच्छिन्द्रले अर्को गोल गर्न धेरै समय लगायो। उसले सातौं गोलका लागि भने खेलको अन्त्यसम्म कुर्नुपर्‍यो।

इन्जुरी समयमा आर्यवीरले गोल गरेपछि मच्छिन्द्रले प्लानिङमाथि ७–० को जित निकाल्यो। दिनको पहिलो खेलमा आर्मी र जावलाखेलले पहिलो हाफमा बराबरी गर्ने अनुमान गरिएको थियो। तर, थप समयमा विशाल शाहीले गोल गर्दै अग्रता दिलाए। तर, दोस्रो हाफमा भने दुवै तर्फबाट समान दुई गोल भयो। ६७औं प्रिन्स भुजेलले गोल गर्दै जावलाखेलको अग्रता बढाए।

तर, आर्मीले दुई गोल फर्काउँदै खेलमा फर्किने संकेत गर्‍यो। तीन मिनेटको अन्तरमा आर्मीले दुई गोल गरेको हो। ७०औं मिनेटमा नीरज अधिकारी र ७३औं मिनेटमा सोहित वाइबाले गोल गर्दै आर्मीलाई २–२ को बराबरीमा ल्याए। तर, ८१औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको लक्ष्य पूरा हुन दिएनन्। त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र जावलाखेलमाथि ३–२ को जित निकालेको थियो। समान दुई खेलमा आर्मी र जावलाखेको समान एक जित र हार छ। पहिलो खेलमा आर्मी हिमालयन शेर्पालाई ३–१ ले हराउँदा जावलाखेलले भने संकटासँग ७–० को हार बेहोरेको थियो।  
अर्को समाचार
हिमालयन शेर्पामाथि मच्छिन्द्रको कठिन जित
१९ साउन २०८२
•
२ मिनेट पाठ
हिमालयन शेर्पामाथि मच्छिन्द्रको कठिन जित
मच्छिन्द्र क्लबले जारी एन्फा यु-१६ युथ लिगमा आइतबार हिमालयन शेर्पा क्लबमाथि कठिन जित निकाल्दा संकटा र जावलाखेल युथ क्लब पनि विजयी भएका छन्।




सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको पहिलो खेलमा मच्छिन्द्रले हिमालयन शेर्पामाथि ३–२ को कठिन जित निकालेको हो। दिनको अन्तिम खेलमा संकटा क्लबले श्री भगवती क्लबलाई २–० ले हराउँदा जावलाखेल युथले सातदोबाटो युथ क्लबमाथि ७-० को गोलवर्षा गर्‍यो।

मच्छिन्द्र जितसँगै १० खेलबाट २३ अंक जोड्दै दोस्रो स्थामा उक्लिएको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छ। एन्फा कम्प्लेक्स मैदानमा मच्छिन्द्रको जितमा करण धामी, साइप्रस डंगोल र गोविन्द विकले गोल गरे। हिमालयन शेर्पाका जिनिल सुब्बा र युगेन खत्रीले गोल फर्काए।

खेलको चौथो मिनेटमै करणको गोलबाट मच्छिन्द्रले अग्रता लिएको हो। दुई मिनेटपछि नै साइप्रसले मच्छिन्द्रको अग्रता दोब्बर बनाए। त्यसपछि पहिलो हाफमा मच्छिन्द्र २–० ले अगाडि रह्यो। दोस्रो हाफमा भने हिमालयन शेर्पाले खेलमा फर्कने प्रयास गर्‍यो। शेर्पाले दुई गोल फर्काउँदा मच्छिन्द्रले तेस्रो गोल थप्यो।

जिनिलले ५६औं मिनेटमा हिमालयनका लागि गोल फर्काउँदै २–१ को स्थितिमा ल्याए। तर, ७०औं मिनेटमा गोविन्दले गोल गर्दै मच्छिन्द्रलाई ३–१ ले अगाडि बढाए। इन्जुरी सामयमा युगेनले गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यो पर्याप्त हुन सकेन।

दिनको अर्को खेलमा संकटालाई जित दिलाउन पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे। जितसँगै संकटा ११ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। पराजित श्री भगवती समान खेलबाट १० अंकका साथ दशौं स्थानमा छ। खेलको नवौं मिनेटमा पेम्बाको गोल मार्फत संकटाले अग्रता लिएको थियो।

४३औं मिनेटमा प्रजलले टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र संकटाले सहज जित निकाल्यो। दिनको दोस्रो खेलमा जावलाखेलले सातदोबाटोमाथि फराकिलो जित निकाल्दा पूजन सुनारले दुई तथा समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा र विविधराज राईले समान एक गोल गरे।

जितसँगै १० खेलबाट १३ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ। सातदोबाटोको भने यो दशौं हार हो। खेलको चौथो मिनेटमा समीरको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो। आठ मिनेटपछि नै प्रिन्सले टोलीको अग्रता दोब्बर बनाए।

विशालले २८औं मिनेटमा जावलाखेलका लागि तेस्रो गोल गरे। ४५औं मिनेटमा सुमितले गोल गरे। पहिलो हाफको थप समयमा विविधले गोल गरे र पहिलो हाफमै जावलाखेल ५–० ले अगाडि बढ्यो। पूजनले ६७औं र ६९औं मिनेटमा गोल गरे। यसपछि थप गोल हुन सकेन र जावलाखेलले सातदोबाटो युथमाथि ७–० को सानदार जित निकाल्यो।  
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस