सूर्य नेपाल काठमाडौं ओपन: पहिलो दिन रामे र रवि शीर्ष स्थानमा
२८ माघ २०८२
•
२ मिनेट पाठ
सूर्य नेपाल काठमाडौं ओपन: पहिलो दिन रामे र रवि शीर्ष स्थानमा
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। ३ अन्डर ६५ को स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारे।




जयराम २ अन्डर ६६ सहित तेस्रो स्थानमा रहे। १ अन्डर ६७ को स्कोरमा सञ्जय लामा चौथो स्थानमा रहँदा इभन पार ६८ सहित भुवनकुमार रोक्का, नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौं स्थान बाँडे। यस्तै १ ओभर ६९ को स्कोर बनाएका भुवन नगरकोटी तथा एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र महेन्द्र फगामीले संयुक्त रूपमा आठौं स्थान बाँडे।

रोयल नेपाल  गल्फ क्लब (आरएनजिसी) मा रामेले दोस्रो होलमा एक सट खेर फाल्दा बाँकी आठ होलमा पार बचाए। फ्रन्ट नाइन १ ओभर ३५ खेले। यसपछि ब्याक नाइन बोगी रहित खेल्दै चार होलमा बर्डीको सफलता प्राप्त गरे। उनले १०औं, ११औं, १३औं र १८औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४ अन्डर ३० मा सकाए।

रविले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन २ अन्डर ३२ र ब्याक नाइन १ अन्डर ३३ खेले। उनले पहिलो, नवौं र दसौं होलमा बर्डी प्रहार गर्दा बाँकी १५ होलमा पार जोगाए।

जयरामले फ्रन्ट नाइन इभन पार ३४ मा सकाए। उनले चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दा तेस्रो, पाँचौं र छैटौं होलमा एकएक सट खेर फाले। उनी ब्याक नाइनमा सम्हालिए। १०औं होलमा बोगी खेपे पनि १२औं, १३औं र १६औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २ अन्डर ३२ मा पूरा गरे।

एमेच्योरतर्फ राहुल र महेन्द्र १ ओभर ६९ सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। राहुलले फ्रन्ट नाइनमा १ ओभर ३५ र ब्याक नाइनमा इभन पार ३४ खेले। महेन्द्रले भने फ्रन्ट नाइनमा ४ अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। तर ब्याक नाइन भने ५ओभर ४९ मा सकाए।

चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन्। ३६ होलको खेलपछि कट हुनेछ। शीर्ष १८ व्यावसायिक र एमेच्योर  खेलाडीहरूले अन्तिम दुई दिनका लागि स्थान सुरक्षित गर्नेछन्।

सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशि कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

दोस्रो हुनेले १ लाख ५ हजार र  तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमशः ७१ हजार र ६३ हजार हात पार्नेछन्। शीर्ष १८ स्थानसम्म रहने खेलाडीहरूले नगद  पुरस्कार प्राप्त गर्नेछन्।
अर्को समाचार
तेस्रो दिन भुवनको शीर्षता
०१ फागुन २०८२
•
१ मिनेट पाठ
तेस्रो दिन भुवनको शीर्षता
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीबार भुवन नगरकोटी एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा उक्लिएका छन्। ४ अन्डर ६४ सहित समग्रमा ६ अन्डर १ सय ९८ को स्कोरमा भुवन शीर्ष स्थानमा उक्लिएका हुन्। उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारे।




दिनेशले बिहीबार ४ अन्डर ६४ खेल्दै समग्रमा ५अन्डर १ सय ९९ सहित दोस्रो स्थानमा उक्लिए। रामे मगरले समग्रमा ४ अन्डर २ सय स्कोर बनाउने क्रममा  १ अन्डर ६७ को स्कोर कार्ड बनाए। उनी एक स्थान तल झरे।  समग्रमा ३ अन्डर २ सय १ सहित सञ्जय लामा र  लगातार दुई दिनका लिडर रवि खड्काले चौथो स्थान बाँडे। सञ्जयले २ अन्डर ६६ स्कोर गरे। रविले आज २ ओभर ७० को प्रदर्शन गर्दा चौथो स्थानमा तल झरे।

नेपाल नम्बर एक नीरज तामाङले रोयल नेपाल  गल्फ क्लबको कोर्स रेकर्ड बराबरी गरे। उनले बिहीबार ८ अन्डर ६० को सानदार प्रदर्शन गरे। यसअघि शिवराम श्रेष्ठ र नरीजले यो कोर्समा ८अन्डर खेलेका थिए।

समग्रमा ३ ओभर २ सय ७ को स्कोरमा टंकबहादुर कार्की र जयराम श्रेष्ठले सातौं स्थान बाँडे। धनबहादुर थापा र तोरणविक्रम शाही समग्रमा ५ओभर २ सय ९ सहित संयुक्त रूपमा नवौं स्थानमा रहे।

एमेच्योरतर्फ महेन्द्र फगामी र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा समग्रमा ३ ओभर २ सय ७ सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले युवा गल्फर स्वप्निल भट्टराईललाई २ स्ट्रोकले पछि पारे।

भुवनले आज बोगीरहित उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पहिलो र सातौं होलमा एक–एक सट बचाए। यसपछि १०औं र १८औं होलमा पनि बर्डी प्रहार गरे। उनले फ्रन्ट र ब्याक नाइन समान २ अन्डर ३२ खेले।  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस