दसौं खेलकुद आज सुरु हुँदै
०८ मंसिर २०८३
•
५ मिनेट पाठ
दसौं खेलकुद आज सुरु हुँदै
कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको खेलकुदको महाकुम्भ आज मंगलबार सुरु हुँदै छ। औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते गर्ने भए पनि केही खेल आज मंगलबारबाटै खेलाइनेछन्। खेल सुरु हुनुभन्दा एक दिनअघि सोमबार वीरेन्द्रनगरमा निर्माण भएको कर्णाली प्रदेश रंगशालाको उद्घाटन एवं हस्तान्तरण गरिएको छ।




१०औं राष्ट्रिय खेलकुदमा ३२ वटा खेल खेलाइनेछन्। राष्ट्रिय खेलकुद परिषद्का अनुसार सुर्खेतमा सबैभन्दा धेरै २३ खेलका प्रतिस्पर्धा हुनेछन्। कर्णालीका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा खेलहरू हुनेछन्। यस्तै पुरुष फुटबलतर्फका सेमिफाइनल र फाइनल खेल जुम्लामा खेलाइनेछन् भने महिलाको सेमिफाइनल र फाइनल खेल सुर्खेतको कर्णाली रंगशालामा आयोजना गरिनेछ।

सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस् र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन्। यी खेल वीरेन्द्रनगरस्थित मुख्य रंगशाला, कभर्डहल, सेनाको खेलमैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा सञ्चालन हुनेछन्।

सुर्खेतबाहिर सल्यानको श्रीनगरमा जुडो र कुस्ती, दैलेखको नारायण कभर्ड हलमा आइटिएफ तेक्वान्दो, कालीकोट कभर्ड हलमा बुद्धिचाल र रुकुम पश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता हुनेछ। त्यस्तै जुम्लामा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल खेलाइनेछन्। खेलकुदको महाकुम्भलाई सफल बनाउन संघीयका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहहरू सक्रिय भएका छन्। खेलको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगर बजारमा झाँकीसहितको र्‍याली निकालिएको थियो।

पाँचौं पटकको मितिमा प्रतियोगिता

तोकिएकै समयमा प्रतियोगिता भइदिएको भए अहिले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुने अवस्था रहन्थ्यो।

२०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौं प्रतियोगितापछि नेपाली खेलकुदको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता १०औं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो।

सुरुमा १०औं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्ले मिति तोकेको थियो तर प्रतियोगिता नजिकिँदै जाँदा पूर्वाधार तयारी पूरा नभएको लगायत कारण देखाउँदै पहिलोपटक मिति सारिएको थियो।

राखेपको ११८औं बोर्ड बैठकले मंसिरमा हुनुपर्ने प्रतियोगिता २०८१ चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो। चैतको मितिमा पनि प्रतियोगिता हुन सकेन।

राखेपको १२१औं बोर्ड बैठकले फेरि मिति परिवर्तन गर्दै २०८२ जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो तर आर्थिक स्रोत, पूर्वाधार, व्यवस्थापकीय तयारीलगायत विषयमा समस्या देखिएको भन्दै प्रतियोगिता सर्‍यो। २०८२ चैत २९ गते बसेको राखेपको १२२औं बोर्ड बैठकले जेठमा प्रतियोगिता गर्न नसकिने निष्कर्षसहित तत्कालका लागि प्रतियोगिता स्थगित गरेको थियो।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले २०८२ कात्तिकमा फेरि प्रतियोगिताको मिति तोक्यो। राखेपको १२३औं बोर्ड बैठकले कर्णालीमा २०८२ फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषद्ले पनि उक्त मितिलाई स्वीकृति नदिएपछि प्रतियोगिता हुन सकेन।

२०८३ साउन २९ गते बसेको परिषद्को १२५औं बोर्ड बैठकले मंसिर १६ देखि २७ गतेसम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। पाँचौंपटकको मितिमा अहिले घरेलु खेलकुदको महाकुम्भ मंगलबारबाट सुरु हुँदै छ।

१३३७ पदकका लागि प्रतिस्पर्धा

प्रतियोगण्ीतामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्यका लागि ११ टोलीबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टोली र एनआरएनएको टोली सहभागी हुँदै छन्। हरेक टोलीबाट ३९४ महिला, ३४६ पुरुष गरेर ७४० खेलाडी सहभागी हुनेछन्।

यस्तै प्रत्येक टोलीमा ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्। राष्ट्रिय खेलकुद परिषद्ले पदक विजेताहरूका लागि नगद पुरस्कारको घोषणा गरेको छ। व्यक्तिगततर्फ स्वर्ण जित्नेले २० हजार, रजत जित्नेले १५ हजार र कांस्य जित्नेले आठ हजार पुरस्कार पाउनेछन्। स्वर्ण पदक विजेताले १५ हजार, रजत पदक विजेताले १० हजार र कास्य पदक विजेताले आठ हजार पुरस्कार प्राप्त गर्नेछन्।

ट्रफी टुर भएन, ओलम्पिक टर्च प्राकृतिक ज्वालाबाट बालिने

राष्ट्रिय खेलकुदको महाकुम्भलाई जनस्तरसम्म पुर्‍याउन र खेलकुदको उत्सव जगाउन प्रतियोगिताअघि ट्रफी टुर आयोजना गरिन्थ्यो। सबै प्रदेशका प्रमुख सहरमा ट्रफी पुर्‍याइन्थ्यो। नवौं राष्ट्रिय खेदकुद पोखरामा आयोजना हुँदा पनि दुई महिनाअघि नै ट्रफी टुरको आयोजना गरिएको थियो।

कर्णालीमा पहिलोपटक सुरु भएको दसौं प्रतियोगितामा भने ट्रफी टुर भएन। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटकपटक सर्दा ट्रफी टुर अन्योलमा परेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले यसपटक सामाजिक सञ्जाललाई प्रयोग गरेर प्रचारप्रसार गरिएको बताए। ‘विगतमा ट्रफी टुर आयोजना गरिन्थ्यो, ट्रफी लिएर प्रदेशप्रदेश घुमाइन्थ्यो,’ उनले भने, ‘यसपटक सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छौं।’

यसपटक ओलम्पिक टर्च भने दैलेखमा सदियौंदेखि बलिरहेको प्राकृतिक ज्वालाबाट बालिनेछ। राखेपका अनुसार लुम्बिनीबाट ओलम्पिक टर्च बालेर दैलेखको पञ्चकोसी पुर्‍याइनेछ। लुम्बिनीबाट ल्याइएको ओलम्पिक टर्चलाई दैलेखको प्राकृतिक ज्वालामा मिसाइनेछ। ‘दैलेखको प्राकृतिक ज्वालाको प्रचारप्रसारका लागि पनि लुम्बिनीबाट ल्याइएको ओलम्पिक टर्च सुर्खेतको रंगशालाभित्र प्रवेश नगराए दैलेख पुर्‍याइनेछ,’ सदस्य सचिव मेहताले भने, ‘पञ्चकोसी क्षेत्रमा रहेको प्राकृतिक ज्वालामा ओलम्पिक टर्च मिसाएर सुर्खेत ल्याइनेछ।’
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
५८ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस