मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले, सहयोग नगरी आँखामा धुलो छर्छन् मान्छेले। यो स्वार्थी दुनियाँको कुरा गरेर साध्य नै छैन, दुई रुपैयाँ दिनु पर्दा मुटुमा आह भर्छन् मान्छेले।
मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन।
सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।