नेकपा (एमाले) का पूर्वनेता तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पूर्वपार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई 'निरङ्कुश' भनेका छन्।
मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कांग्रेसले 'कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाल्यो बाङ्गाको बाङ्गै' भन्ने उखान चरितार्थ गरिरहेको टिप्पणी गरेका छन्।
नेकपा (एमाले)ले सङ्गठित सदस्यबाट कारबाही गरेपछि पुस १७ गते पत्रकार सम्मेलन गरी मातृभूमि जागरण अभियान घोषणा गरेर हिँडेका डा. भीम रावल बिहीबार (आज) काठमाडौं आइपुगे।