जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाईएको प्रतिवेदनमा प्रहरीले उनीविरुद्ध राज्य विरुद्धको कसुरसहितका विषयमा मुद्दा चलाउन राय प्रस्तुत गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा गत सातायता जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन्।
'भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,' राप्रपा महामन्त्री राणाल...