राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । बर्दियामा आयोजित मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै राणाले नेपाली जनताले राजसंस्था माग गरेको दाबी गरे ।
'भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,' राप्रपा महामन्त्री राणाले भने ।
राजसंस्था र सनातन हिन्दुराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनको भनाइ छ ।
'नेताहरुले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रष्ट भएको छ । अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरुले नै यो कुरा उठाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको प्रष्ट भएको छ,' राणाले भने ।
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।
राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्याली संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।
तीनकुने घटनामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पाँच मुद्दा चलाउन प्रहरीले सुझाव दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाईएको प्रतिवेदनमा प्रहरीले उनीविरुद्ध राज्य विरुद्धको कसुरसहितका विषयमा मुद्दा चलाउन राय प्रस्तुत गरेको हो । यस्तै आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीलेसुझाव दिएको छ ।
यस्तै प्रहरीले राप्रपाका दुई नेता उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।
बिहीबार बुझाइएको प्रतिवेदनमा पक्राउ परेका १०८ जनालाई प्रहरीले प्रतिवादी बनाउनुपर्ने बताएको छ । प्रतिवेदनमा प्रतिवादी बनाउनुपर्ने भनिएका १८ जना फरार छन् । अन्य केही हाजिर जमानीमा छन् ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...