पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर वडा, पालिका, जिल्ला र प्रदेश तहमा अभियान सञ्चालन गर्न लागेको हो।
शुक्रबार (आज) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तर, बैठकमा प्रमेश हमाल, प्रकाश ज्वाला, किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू उपस्थित छैनन्।
आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण...