जनताको आर्थिक रूपान्तरणका लागि अभियान चलाउँदै एकीकृत समाजवादी
०९ जेष्ठ २०८२
•
१ मिनेट पाठ
जनताको आर्थिक रूपान्तरणका लागि अभियान चलाउँदै एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनताको आर्थिक रूपान्तरणका लागि सुशासन, जनजीविका र रोजगारीका मुद्दा स्थापित गर्ने उद्देश्यले राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ।




पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर वडा, पालिका, जिल्ला र प्रदेश तहमा अभियान सञ्चालन गर्न लागेको हो।

आर्थिक रूपान्तरणका लागि सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसहित पार्टीको तात्कालिक कार्ययोजना र सङ्गठनात्मक विषयमा समीक्षा गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

अभियानमा जनताका अधिकारलाई देशभर सुसूचित गर्दै मुलुकको राजनीतिक चुनौती तथा उनीहरूलाई उत्पादन, प्रविधिका सीपबारे जानकारी गराउने, उद्यमशीलताका कार्यक्रममार्फत देश विकास गर्ने विषय समावेश छन्। मुलुकमा विद्यमान आर्थिक सङ्कटको समाधानका लागि राजनीतिलाई सही दिशामा लैजाने अभियानले सहयोग गर्ने जनाइएको छ। यही जेठ दोस्रो सातादेखि सङ्गठन सुदृढीकरण तथा सदस्यता वितरण कार्ययोजनासहित अभियान सञ्चालन गरिने छ।

उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित तहका प्रशासनिक क्षेत्रमा भए गरेका भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती, शिक्षा, स्वास्थ्य, सामाजिक विभेदलगायत विषयमा केन्द्रित रहेर छलफल गरिने छ। स्थानीय वडा, पालिका तथा प्रशासनमा सुधारका लागि पार्टी सङ्गठनले दबाब दिने कार्यक्रम छ।

समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गरेको पार्टीले मातहतका सबै कमिटीले गरेका कार्यक्रम तथा प्रगतिबारे राजनीतिक गतिविधिका क्रममा जनस्तरबाट आएका सुझावबारे केन्द्रलाई जानकारी गराउनुपर्ने छ।
अर्को समाचार
एकीकृत समाजवादीको कार्यालय निरीक्षण गर्दै गृहमन्त्री
१५ चैत्र २०८१
•
१ मिनेट पाठ
एकीकृत समाजवादीको कार्यालय निरीक्षण गर्दै गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले चैत १५ गते तोडफोड भएको नेकपा (एकीकृत समाजवादी) को कार्यालय निरीक्षण गर्दैछन्।




मन्त्री लेखकले शनिबार (आज) बिहान ११ बजे आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालय निरीक्षण गर्दैछन्।

यसअघि चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा एकीकृत समाजवादीको कार्यालय तोडफोड भएको थियो। 
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
यो पनि पढौँ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस