फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली सिने जगतमा तरङ नै ल्यायो। फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्यो। फिल्म ब्लकबस्टर बनेसँगै फिल्मको निर्माता र निर्देशकले अहिले फरक-फरक फिल्मको घोषणा गरेका छन्।
नेपाली सिनेमा हलमा यसअघि बलिउड चलचित्र हाबी रहन्थे। दसैँयताको परिवेश केही उल्टिएको छ। त्यसमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चल्दा बलिउडका धुरन्धर चलचित्र प्रतिस्पर्धामा आउनै डराएको देखियो।
ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ।
सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन्। गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ।