कात्तिक १५ गते रिलिज हुने नेपाली फिल्म 'पूर्ण बहादुरको सारङ्गी' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ।
चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।
चलचित्रमा 'पूर्ण बहादुरको सारङ्गी' गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए।
चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल टिजर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन्। आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, 'यसपटक अझ बढी खुसी छु। आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ। कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ।'
दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन्। आफूले 'पूर्णबहादुरको सारङ्गी' मा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए।
'मलाई टिजर र ट्रेलरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,' उनी भन्छन्, 'मलाई धेरैले व्यक्तिगत रूपमा त्यही प्रतिक्रिया आइरहेको छ। ट्रेलर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइएको छ।'
निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए।
'हामीले चलचित्रमा जे कुरा भन्दै छौँ र टिजर र ट्रेलरमा जे देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो,' निर्देशक पौडेलले भने, 'धेरैलाई आफ्नै कथाजस्तो लाग्छ होला, कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन्छ होला।'
संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ।
चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्। निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन्। कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन्।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली सिने जगतमा तरङ नै ल्यायो। फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्यो। फिल्म ब्लकबस्टर बनेसँगै फिल्मको निर्माता र निर्देशकले अहिले फरक-फरक फिल्मको घोषणा गरेका छन्।
‘पूर्ण बहादुरको सारङ्गी’ को निर्माता विनोद पौडेलले चलचित्र 'अभिमन्यु' निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ ।
विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबिचको सङ्घर्षलाई प्रस्तुत गर्ने सङ्केत गरेको छ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको सङ्घर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ। अब सिनेमा कस्तो बन्छ भन्ने दर्शकमा उत्सुकता जगाउने निश्चित छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने 'चक्रव्यूह' लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् ।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह(निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् ।
निर्माणपक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन ।
यता फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ कै निर्देशक सरोज पौडेललेको नयाँ फिल्म ‘कोशेढुंगा’ को छायाङ्कन सुरु भइसकेको छ। महाशिवरात्रिको दिन शुभ मुहूर्त गरिएको फिल्म ‘कोशेढुंगा’ को करिब एक हप्ता काठमाडौंमा छायाङ्कन गरिने बताइएको छ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।
यो चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहने छिन् । महिला प्रधान चलचित्र रहेको बताइएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहेका छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन्।
निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...