कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो।
अस्ट्रेलियाको नयाँ कानूनले बुधबारदेखि लागू हुने गरी ज्याला चोरीलाई अपराध मानेको छ। जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइने छ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सोलको एक अदालतले योलविरुद्ध ३ डिसेम्बरमा मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो।
अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा सिरियामा समावेशी प्रशासन स्थापनाको आवश्यकतामा जोड दिँदै सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न युरोपेली संघ (ईयु) लाई आग्रह गरेका छन्...