लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ। हाल त्यस्तै भइरहेको छ।
नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधवार मन्थलीमा रोकिएका ६ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन्।
विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जान...