फस्टाउँदै अनलाइन सपिङ
१४ जेष्ठ २०७४
•
५ मिनेट पाठ
फस्टाउँदै अनलाइन सपिङ
काठमाडौं- बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।

'अहिले घरमा नै बसेर इन्टरनेटको माध्यमबाट विभिन्न फेसनका लुगा हर्ने गर्छु। बजारमा कस्ता कस्ता फेसनका लुगा भित्रिए भन्ने कुरा इन्टरनेट सर्च गरेर पनि थाहा हुन्छ,' सानुले भनिन्, 'इन्टरनेटको माध्यमबाट जुतादेखि विभिन्न फेसनका सामग्री किन्ने गरेको चार वर्ष भयो। इन्टरनेटमा प्राइस, साइज र क्वालिटिसँगै कतिको ब्रान्डेट हो भन्ने थाहा हुन्छ।'

यसैगरी, कपन स्थायी घर भएका मनोज श्रेष्ठले गएको वैशाख २४ गते छोरीको विवाहमा फर्निचरका सामान दिन छोरीलाई नै अनलाइन सपिङबाट छनौट गर्न लगाए। छोरी रमाले फर्निचरसम्बन्धी विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल अध्ययनपछि चक्रपथस्थित फर्निचर हब कम्पनीको सामान मन पराएको श्रेष्ठले नागरिकलाई बताए। त्यहाँको फर्निचरको क्वालिटी र मूल्य सोचेजस्तै पाएको उनको भनाइ छ।

यस्तै, चाबहिल बस्ने शर्मिला बस्नेतले पनि अनलाइनबाटै एमके ब्रान्डको ह्यान्ड ब्याग अडर गरेको केही समयभित्र नै हात पारिन्। दिदीले अनलाइनबाट छनौट गरिदिएको उक्त ब्याग १७ सय रुपैयाँमा किनेको शर्मिलाले बताइन्। अहिले हरेक चोकमा ब्यागको पसल भए पनि आफूले चाहेजस्तो नहुँदा अनलाइनबाट हेर्न सजिलो बनाएको शर्मिलाको अनुभव छ। उनले भनिन्, 'अनलाइनबाट किनेको सामान खोजेजस्तै भेटिन्छ,' कस्तो कलर, कति प्राइस, कस्तो डिजाइन मात्रै नभएर फरक–फरक ब्रान्डको सामान छान्न सहज हुन्छ।'

पछिल्लो समय नेपालमा अनलाइन बिजनेसमा ई पसल सञ्चालन गर्नेको होडबाजी चलेको छ। भारत र अन्य विकसित देशमा जस्तै अनलाइन बिजनेसमा नेपालमा पनि विस्तार भइरहेको छ।

अनलाइन सपिङ नेपाली बजारमा विश्वासिलो माध्यमको रुपमा विस्तार भइरहेको छ। अनलाइनबाट आफूले चाहेको कलर ब्रान्ड, डिजाइन र फेसनका सामग्री पाउन सहज हुने भएकाले अनलाइन सपिङ फस्टाएको केएल टावर चाबहिलका मनोज अधिकारीले बताए। 'अहिले अनलाइनमा फिक्स प्राइस हुन्छ। सामान मन पर्‍यो भने अडर गरेको केही समयमा नै घरमा आइपुग्छ। यो सुविधाले घरायसी महिलादेखि उच्च ओहोदाको व्यक्तिहरुलाई समेत सहज भएको छ।' लेडिज फेसन सञ्चालन गरिरहेका अधिकारीले भने, 'लेडिजहरु विभिन्न फेसनका सामान किन्न रचाउँछन्। जति नै महंगो भए पनि अडर आइरहन्छ।'

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालसँगै आफ्नो सपिङ सेन्टर, महल, मार्केट, पसलको लाइक पेज, वेबसाइटसँगै फेसबुकले समेत ग्राहकको ध्यान तान्ने गरेको छ। सामान्यतः भान्छाको सामानदेखि फर्निचरका सामान समेत अनलाइनबाटै माग गर्ने गरेको अनलाइन सञ्चालकको भनाइ छ। नेपालमा कस्तो सामान भित्रिए, कस्तो प्रकारका फर्निचर, ब्रान्डेट घडी, मोबाइलदेखि, भित्री पोसाक समेत अनलाइनबाटै खरिद हुने गरेका छन्।

नेपालमा अनलाइन बिजनेस

नेपालमा सन् २००० मा ठमेल डटकम सुरु भएको थियो। अहिलेसम्म आइपुग्दा सयौं अनलाइन सपिङ वेबसाइटहरु सञ्चालनमा आइसकेका छन। मुन्चा डट कम, हरिलो डट कम, ई झोला डट कम, भाटभटेनी अनलाइन डट कम, थि्रडपेन्ट्स डटकम, सस्तो डिल डटकम, उपहारहरु डटकम, सपमान्डु डटकम, मेट्रो तरकारी डटकम, सपिङनेपाल डटकम, फुडमान्डु डटकम, नेपाली बजार डटकम, पसल डटकम, आइसप नेपाल डटकम, किनमेल डटकम, रोजेको डटकम, एस कान्तिपुर डटकम, कारोबारमार्ट डटकम, काठमान्डौमार्ट डटकम, केमु लगायत दर्जनौ वेबसाइटमार्फत भर्चुअल मार्केटको व्यापार भइरहेको पाइन्छ।
अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 

सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस