धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेकी छिन्। सोमबार पारकुवामा भएको दुर्घटनामा उनको खुट्टा र निधारमा चोट लागेको छ।
मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।
सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ।