३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

बिम्ब कवि प्राज्ञ रमेश श्रेष्ठको ‘मलामी पहाड र सारंगी’ लोकार्पण

साहित्य पोस्टले विश्व वातावरण दिवसको अवसरमा बिम्ब कवि प्राज्ञ रमेश श्रेष्ठको कवितासंग्रह ‘मलामी पहाड र सारंगी’ का लोकार्पण गरेको छ।

ललितपुरकाे जाउलाखेल,सदर चिडियाखानाको सभा कक्षमा साहित्यपोस्टका सम्पादक अश्विनी कोइराला अध्यक्षतामा डा. तीर्थबहादुर श्रेष्ठ, नाट्य अभियन्ता  अशेष मल्ल, गीतकार श्रीपुरुष ढकाल, प्राज्ञ उषा शेरचन र विश्वविमोहन श्रेष्ठले कृतिको संयुक्त लोकार्पण गरेका थिए।

लाेकार्पण समाराेहमा डा. तीर्थबहादर उनको कवितामा वैचारिक पक्ष सशक्त रहेकाले सुरुमा कविता बुझ्न कठिन भए पनि बुझ्दै जाँदा त्यसले मन छुने बताए।

प्राज्ञ उषा शेरचनले कवि रमेश सानैदेखि कविताप्रति समर्पित रहेको बताइन्। उनले  कला, कविता, उदघोषण जस्ता अनेक क्षेत्रमा कवि श्रेष्ठको लोभलाग्दो उपस्थित रहेको पनि बताइन्।

नाट्य अभियन्ता अशेष मल्लले कला चेतको प्रभावले उनको कविता जीवन्त भएको बताए। उनले भने, ‘कवि उम्दा कलाकार पनि हुन्। कलाको ज्ञान भएको कविताको प्रस्तुति जीवन्त हुँदो रहेछ। हामी पाठक छैन भन्छौं। तर, यस्ता खाले पढ्ने पुस्तक लेखे पाठकले खोजीखोजी पढ्ने छन्।’

स्रष्टा समाज नेपालका अध्यक्ष प्रसिध्द निबन्धकार श्रीओम श्रेष्ठ रोदनले कवि श्रेष्ठबारे लेखेकाे कवितात्मक शैलीका व्यक्ति निबन्ध प्रस्तुत गरेका थिए।

स्रष्टा समाज नेपालका अध्यक्ष रोदनले कवि कलाकार पनि भएकाले कवितामा रङ भर्दै कविता क्षेत्रमा पनि रमेश रमेश जस्तै भएर बाँचेको पनि बताए।

लाेकार्पित ‘मलामी पहाड र सारंगी’ का कवि श्रेष्ठले आफ्ना लागि भनेर लेखिएकाे कविता पाठकका लागि पनि भएकाले पाठकलाई कविता पढेर माया गरिदिन आग्रह गरे।

कविहरू: राजेन्द्र शलभ, मणि लोहनी, मनीषा गौचन र लक्ष्मी रुम्बाले लोकार्पित कृतिका कविता वाचन गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०८० ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App