17 Magh, 2071 |
Menu

फोटो फिचर

कुर्ता लगाउन चाहन्थे ओबामा, समारोहका केही रमाइला झलक

भारतको ६६ औं गणतन्त्र दिवस समारोहमा यसपल्ट कतिपय परम्परा भंग भए र समारोहका केही उल्लेखनीय रमाइला कुरा यस्ता थिए।

Obama66
भारतीय प्रधानमन्त्री मोदीको गणतन्त्र दिवसमा पहिलो सहभागीता थियो। उनी रंगीचंगी पगडी र फोटोक्रोमेटिक चस्मा लगाएर समारोहमा उपस्थित थिए।

Obama64
ओबामा अमेरिकी राष्ट्रपतिका रुपमा पहिलोपल्ट भारतीय गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिका रुपमा सहभागी भए। परम्पराअनुसार ओबामा भारतका राष्ट्रपतिको कारमा नचढी आफ्नै विशेष लिमोजिन ‘बिस्ट' चढेर समारोहस्थल राजपथ गएका थिए।

Obhama1

समारोह समाप्त नहुन्जेल करिब दुई घन्टा ओबामा खुल्ला ठाउँमा बसे र पानी परेकाले उनले ओढेको छाता आफैं नै बोकेका थिए। ओबामाको सुरक्षाकर्मीको अनुरोधमा मुखर्जी, मोदीसहित ओबामा र विशिष्ट अतिथि बसेको ठाउँअगाडि बुलेटप्रुफ सिसा जडान गरिएको थियो।

Obhama2
अमेरिकी प्रथम महिला मिसेली ओबामाले पनि निकै समय आफैं छाता ओढेकी थिइन्। परेडका दौरान ओबामाले निरन्तर चुइङगम चबाइरहेको सञ्चारमाध्यमले देखाएका थिए। यसबारे सामाजिक सञ्जालमा निकै बहस पनि भएको थियो। ओबामा चुरोट खाने बानी छोड्न प्रयासरत छन्।

Obhama3

कुर्ता लगाउन चाहन्थे ओबामा

Obhama6
ओबामाले आइतबार भारतका राष्ट्रपति प्रणब मुखर्जीले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा भारतीय प्रधानमन्त्री मोदीको खुलेर प्रशंसा गरे। ओबामाले आफू मोदी शैलीको कुर्ता लगाउन इच्छुक भएको पनि बताएका थिए।

Obhama5
ओबामाले मोदीलाई ‘फेसन आइकन' का रुपमा उल्लेख गर्दै भने, ‘एउटा अमेरिकी अखबारले लेखेको थियो– मिसेली छेऊ लाग्नुस्, विश्वले भारतीय प्रधानमन्त्री मोदीका रुपमा नयाँ फेसन आइकन भेट्टाइसक्यो।'

Obhama8
रात्रिभोजमा ओबामाले भने, ‘म सोच्थें, मेरो जीवनको कथा अमेरिकाजस्तो देशमा मात्र यथार्थमा परिणत हुनसक्छ। तर मिस्टर प्रधानमन्त्री तपाईंको कथा पनि भारतमा मात्र यथार्थमा परिणत हुनसक्छ।' उनले भने, ‘प्रधानमन्त्री मोदीका पिता रेलवे स्टेसनमा चिया बेच्नुहुन्थ्यो र उहाँकी आमा अरुको घरमा काम गर्नुहुन्थ्यो।

Obhama33

अहिले उहाँहरूका छोरा विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्रको प्रधानमन्त्रीका रुपमा हाम्रो स्वागत गरिरहनु भएको छ।'

Obhama9
ओबामा यतिमै रोकिएनन्। उनले भने, ‘मोदीसँग भेट हुनुअघि मलाई लाग्थ्यो, म नै थोरै सुत्छु। तर जब मैले मोदी तीन घन्टामात्र सुत्ने थाहा पाएँ, मलाई आफैंमाथि ग्लानी भइरहेको छ कि म किन पाँच घन्टा सुत्छु।'

Obhama66

Obhama90

Obhama663

 

 

फोटो फिचर हेर्नुस्

टुँडिखेलमा ल्होछार रौनक

काठमाडौं-उनी ठकुरी समुदायकी हुन्। गुरुङ पोसाक उनको मन पर्ने पहिरन। मन मिल्ने साथी मगर र तामाङ। ललितपुर पाटनढोकाकी मन्दिरा ठकुरी बुधबार गुरुङ पहिरनमा सजिएर सहपाठी विजय मगर र सञ्चमाया तामाङसँग हातेमालो गर्दै टुँडिखेलमा तमु ल्होछारमा रमाउँदै थिइन्।
फोटो फिचर हेर्नुस्

राजधानीको माघी र मकर संक्रान्ति

काठमाडौ-मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएको थारु समुदायले राजधानीको टुँडिखेलमा माघी पर्व मनाएको छ।

Maghi festival in kathmandu 02

फोटो फिचर हेर्नुस्

संक्रान्ति मेला भर्न रिडी

पाल्पा– माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम रुरु क्षेत्रमा उल्लेख्य दर्शनार्थी जुटेका छन्। तीन दिनसम्म लाग्ने संक्रान्ति मेलाको पहिलो दिन बिहीबार रुरु क्षेत्रको कालिगण्डकी तटमा नुहाउन र ऋषिकेशव मन्दिरमा पूजा गर्नेको घुइँचो थियो। पुण्य लाभ हुने अभिलाषा र मेलाको रमाइलो हेर्न भिड लागेको हो।
फोटो फिचर हेर्नुस्

असमको अर्को पाटो

भारतको उत्तरपूर्वी राज्य हो– असम। कोही कोही यसलाई 'आसाम' पनि भन्छन्। अढाई करोडभन्दा धेरै जनसंख्या रहेको असममा नेपालीभाषी मात्रै ४० लाख हाराहारी छन्। २७ जिल्लामा फैलिएको असमभित्र सबैतिर नेपालीभाषी बसोबास गर्छन्। सुरुवाती दिनमा खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको माध्यम बनाएका नेपालीभाषी अहिले उद्योग, व्यापार, जागिर र अरु प्रतिष्ठित व्यवसायतर्फ लम्किँदैछन्। शिक्षा र चेतनाको विकाससँगै रोजीरोटीको जोहो गर्ने माध्यम पनि फेरिँदैछन्।
फोटो फिचर हेर्नुस्

बेनीको शिरमा केभहिल

मित्र दिनेशनारायण श्रेष्ठको प्रश्न सुनेर अलमलिएँ। अनि दायाँबायाँ मुन्टो हल्लाएँ। उनले बेनी बजारमाथि रावण जन्मेको कथा सुनाए।
मेरा लागि नौलो खबर। त्यो ठाउँ हेर्ने इच्छा भयो। पुस २० को साँझ हामी म्याग्दी सदरमुकाम बेनी बजार पुग्यौं। बेनी समाज काठमाडौंका महासचिव दिनेशले जन्मथलो घुमाए।
कालीगण्डकी र म्याग्दी खोला तीरमा उत्तर र पश्चिम फैलिएको बजार। मगर, नेवार, छन्त्याल, क्षेत्री, बाहुन, विश्वकर्मा आदिको बस्ती।Beni2
फोटो फिचर हेर्नुस्

आकाश खुल्दै तर जाडो बढ्दै!

प्युठान– तीन दिनदेखि मौसम परिवर्तन हुँदा अधिराज्यभर बढेको चिसोले प्युठानमा पनि प्रभाव पार्‍यो। जिल्लाका उच्च पहाडमा हिमपात हुँदा ह्वात्तै जाडो बढ्यो भने सिमसिमे वर्षाले सडक चिप्लो हुँदा आउजाउ पनि असहज बन्यो।
फोटो फिचर हेर्नुस्

फेवापारिबाट पोखरा हेर्दा

पोखरा घुम्न आउने पर्यटकमध्ये कमैमात्र फेवातालपारि अनदु गाउँ पुग्छन्। डुंगा चढेर जानुपर्ने भएकाले पनि हत्तपत्ती जोकोही जाँदैनन्। डुंगा सयर गर्नुपर्दा कतिपयले झन्झट मान्छन्।
फोटो फिचर हेर्नुस्

धुमधाम तमु ल्होछार

काठमाडौ-घोडा वर्षलाई बिदाइ तथा भेंडा वर्षको स्वागतका रुपमा मंगलबार गुरुङ समुदायले तमु ल्होछार पर्व हर्षोलाससाथ मनाएका छन्।
फोटो फिचर हेर्नुस्

स्वर्गकै टुक्रा बडिमालिका

सुदूरपश्चिममा सात बहिनी देवी भनेर डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बाजुराको बडिमालिका, बैतडीका निंगलाशैनी, त्रिपुरा सुन्दरी, डिलाशैनी र मेलौली भगवती पुजिन्छन्।
सबैभन्दा जेठी बडिमालिका। शक्ति पीठ। बडादसैंमा देवीका मन्दिरमा मेला लाग्छ। मालिकामा भने त्यति बेला तीर्थालु पुग्दैनन्। सायद बस्तीबाहिरको चिसो डाँडामा देवी बसेकाले होला।
फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed