15 Kartik, 2071 |
Menu

प्रवास

साउदीमा ५९ नेपाली अलपत्र

साउदी अरब-वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन्। उनीहरुलाई स्थानीय कम्पनीले तलबभत्ता र फर्कने कागजातसमेत नदिई बिचल्लीमा पारेको हो।
Read more...

मोदीसँग नेपाली फोटोपत्रकारको कानुनी लडाइँ

बोस्टन (अमेरिका)-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘धनतेरशको शुभकामना' भन्दै नागबेली स्वरुपमा बलिरहेको दियोको तस्बिर आफ्नो फेसबुक पेजमा पोस्ट गरे। फोटोग्राफरको नाम उल्लेख नगरी सार्वजनिक गरिएको उक्त तस्बिर खिचेका थिए, अमेरिका बस्ने नेपाली फोटोपत्रकार विमल नेपालले।
Read more...

बेल्जियममा 'हाम्रो क्लब'

बेल्जियम- बेल्जियमको ब्रुजमा बसोबास गर्ने नेपाली युवाहरुले भाषा, संस्कृति, खेलकुदको माध्मबाट नेपाली समाजको पहिचान गराउने उदेश्यले 'हाम्रो क्लब' नामक संस्था स्थापना गरेका छ्न्।
Read more...

पिआरमा क्यानडा बसाइँ सरेका नेपाल सरकारका पूर्व अधिकृतले आत्महत्या गरे

एडमन्टन (क्यानडा)— क्यानाडाको अल्बर्टा राज्यको क्यालगरी सहरमा बस्दै आएका नेपाल सरकारका पूर्वकर्मचारी ४९ वर्षीय कृष्णप्रसाद दाहालले कात्तिक २ गते बिहान आफ्नै निवासमा हातको नसा काटेर आत्महत्या गरेका छन्। नेपालमा भक्तपुर कटुन्जे गाविस, सिर्जना नगरमा स्थाई बसोबास भएका दाहाल पाँच महिनाअघि…
Read more...

ठगी आरोपमा पूर्वगोर्खा बेलायतको अदालतमा

लण्डन- ब्रुनाइका सुल्तानको सुरक्षामा जागीर लगाईदिन्छु भन्दै ठगी गर्ने पूर्वगोर्खा सुदीप गुरुङलाई बुधबार बेलायतको एक अदालतमा पेस गरिएको छ। उनलाई पूर्वगोर्खाकै २५ हजार पाउन्ड ठगेकोलगायत अन्य आरोपसहित नर्थहेमटन मेजेस्ट्रीमा मुद्दा चलाइएको नर्थहृयाम्पटन क्रोनिकलको अनलाइन संकरणले जनाएको छ।
Read more...

नेपाली साइकलयात्रीलाई लण्डनमा सहयोग

लण्डन-एकजना उल्टो साइकलयात्रीसहित विश्व भ्रमणका क्रममा बेलायत आइपुगेको तीन सदस्यीय नेपाली टोलीलाई बेलायतमा सहयोग जुटने क्रम जारी रहेको छ।
Read more...

बर्लिनमा चित्रकला कार्यक्रम

बर्लिन- सार्क राष्ट्रका गौरआवसीय बालबालिकालाई लक्षित ‘पिछडिएका बालबालिको भविष्यको ढोका’ शिर्षकको चित्रकला कार्यक्रम जर्मनीको बर्लिनमा सुरु भएको छ।
Read more...

मध्यपश्चिमका बाढी पीडितलाई एनआरएनको २३ लाख सहयोग

काठमाडौं— बाढी पहिरोबाट जनधनको क्षति ब्यहोरेका मध्यपश्चिम क्षेत्रका बाढीपीडितलाई गैरआवासीय नेपाली संघले नगद २३ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।
Read more...

एनआरएन अध्यक्ष घलेद्वारा विद्यालयलाई ५० लाख सहयोग

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले आफूले प्राथमिक शिक्षा लिएको विद्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेका छन्। लमजुङ घनपोखरा-१ नायू गाउँमा रहेको ग्रामकल्याण निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि घलेले उक्त सहयोग गरेका हुन्।
Read more...

मलेसियामा ज्यान गुमाएका मृतक परिवारलाई आर्थिक सहयोग

खोटाङ- मलेसियामा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ। केही समयअघि मलेसियामा ज्यान गुमाएका मौवाबोटे-५ दाप्साका ३२ वर्षीय होमबहादुर राई 'भीमकुमार'को परिवारलाई मलेसियामै कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाले आर्थिक सहयोग गरेका हुन्।
Read more...

स्टकहोल्ममा बडादसैं कार्यक्रम

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ र हेल्प नेपाल नेटवर्क स्विडेनको संयुक्त आयोजनामा शनिबार राजधानी स्टकहोल्ममा बडादसैं कार्यक्रम आयोजना गरियो।
Read more...

प्रवासबाट विद्यालयलाई पाँच लाखभन्दा बढी सहयोग

म्याग्दी- म्याग्दीको बाबियाचौर–४ स्थित र्या लेखोरमा रहेको मङ्गला माविमा प्रवासमा रहेका स्थानीयवासीबाट रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ। 
Read more...

क्यानडामा नेपाली पुस्तक विमोचन

काडमाडौं- साहित्यकार तोयनाथ पौडेलद्धारा लिखित उपन्यास 'सम्झौता' को क्यानडाको क्यालगरी शहरमा हालै विमोचन गरियो। क्यानडाका सभासद देभेन्दर सोरीले त्यहाँ रहेका नेपाली समुदायको उपस्थितिमा उक्त पुस्तकको विमोचन गरेको लेखक पौडेलले जानकारी दिए।
Read more...

ओस्लोमा नेपाली सांस्कृतिक साँझ

ओस्लो (नर्वे) — नेपालको पर्यटन प्रवर्धन तथा दुई देशबीचको सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले नर्वेको ओस्लोमा त्यहाँस्थित गैरआवासीय नेपाली संघले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
Read more...
Subscribe to this RSS feed