२० वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनएको पहलमा जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।

एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउन्डेसनको सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्रदान गरिने छ। त्यसका लागि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरूलाई छनोट गरिएको छ।

आइएचएनओ र एनआरएनए जापानले तय गरेका बल्क मध्ये ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना, बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा २० जना र सी बल्कबाट ५९ जनाको आवेदन परेकोमा २० जना गरी जम्मा ७० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि छनौट गरिएको हो।

छात्रवृत्तिमा छनौट हुने विद्यार्थीले आफू पढेको कलेज वा स्कुलबाट सोचुग्यो भएपछि स्वतः समाप्त हुनेगरि २ वर्षसम्म यो छात्रवृत्ति प्राप्त गर्ने छन् भने प्राप्त हुने रकम पार्ट टाइम काम गरेको समय अनुसार घटबढ हुने सक्ने कार्यक्रममा जानकारी गराइएको थियो।

आइएचएनओको सहकार्यमा विगतका वर्षदेखि प्रदान गरिँदै आएको उक्त छात्रवृत्तिका लागि यस वर्ष माग भएको आवेदनमा २ सय ४३ जनाले दिएको आवेदनबाट गोला प्रथाद्वारा ७० विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको एनआरएनए जापानले जानकारी दिएको छ। 

प्रकाशित: ५ मंसिर २०८० ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App