३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

आँखा चिम्ली आएथें, आँखा चिम्ली जानु छ

अनुभूति

घरको कौसीमा आफैले जडान गराएको घुमाउरो भर्‍याङमा अचानक भवितव्यले ठोकिएर थच्चारिएँ। ढाडको पछिल्लो भित्री हाड चर्केमर्केको एक्सरेद्वारा फेला परेथ्यो। हाडजोर्नी विशेषज्ञ चिकित्सक डा. सुधांशु झाले बताउनुभयो। यसको सच्चा उपचार उत्तानिएर ओछ्यानमा आराम लिनु रहेको जानें। गरें नि उस्तै। ओछ्यानिएर आकाश उन्मुखिनु त सहज थियो।

लघु शंका, दीर्घ शंका निवारणमा मरणान्त पर्दाको प्राणान्त अनुभूति कहालीलाग्दो छ। कठैबरा ! बकरा आफै! हे दैव शिवाय छ नै अरू के? यस्तो पीडाजन्य अवस्था पूर्वजन्मका बैरीलाई पनि नहोओस् कामना मेरो। होसै हराएर उत्तानपाद पर्दा छोराबुहारी जेनु धौबञ्जार ग्वंगलले पाखुरीमा च्यापेर येनकेन प्रकारले उठाएथे।

घरको कौसीमा आफैले जडान गराएको घुमाउरो भर्‍याङमा अचानक भवितव्यले ठोकिएर थच्चारिएँ। ढाडको पछिल्लो भित्री हाड चर्केमर्केको एक्सरेद्वारा फेला परेथ्यो।

२०७९ मंसिरको पिँडालु, सखरखण्ड पूर्णेको अपराह्न अवसर। दुर्दिन साबितिएथे ! जिन्दगी रहेछ यस्तै निरीह। एकदुई दिन बलमिचाइ गरें। त्यहीताका परम हितैषी मित्र रोचक घिमिरे, उहाँकी श्रीमती, दुई छोरासहित कौसीमै लम्कँदै आउनुभयो। मानौं केही भएकै छैन झैं पूर्ववत हँसीठट्टा गर्दै रमायौं। भोलिपल्ट पनि प्राज्ञ मित्र माया ठकुरी र कृषि वैज्ञानिक विक्रमभक्त जोशी उहाँको पहिलो कृतिसाथ आउनुभयो। कृति कथावस्तुमै केन्द्रित थियो। प्राज्ञ माया ठकुरी नितान्त सौम्य शालिन, सौहार्द्र, नम्र नारी हुनुहुन्छ।

यतिखेर विचरण गर्दै छु। अन्तरङ्गभरि आफै। निबन्ध विचरणै त हो। कहिले अन्तरालमा आफ्नै भित्रभित्रै। बहारभरि सेरोफेरो आफ्नै। छरछिमेक, टोलटोलिया, गाउँ, वडा, नगरपालिकाहरू।

 प्रदेश, देश, राष्ट्र, अन्तर्राष्ट्र, विश्व, अन्तरिक्ष ! २०८० जेठ २ सोमबार कुनै आमसञ्चारको माध्यमबाट मंगल र बृहस्पति ग्रहका आआफ्नै उपग्रह रहेको थाहा पाएँ। अहिलेसम्म बृहस्पतिका अधिक उपग्रह रहेकामा मंगलग्रहले उछिन्नेको जानें। ज्ञानमाथि विज्ञानले विजय हासिल गर्दै लम्कँदो युग हाम्रो। कति अझै आयामिक फड्को मार्दै अग्रगमन गर्दै जाँदो हो अकल्पनीय छ।

यतिखेर विचरण गर्दै छु। अन्तरङ्गभरि आफै। निबन्ध विचरणै त हो। कहिले अन्तरालमा आफ्नै भित्रभित्रै। बहारभरि सेरोफेरो आफ्नै। छरछिमेक, टोलटोलिया, गाउँ, वडा, नगरपालिकाहरू।

जे होस्, हामीले युगसितै आफ्ना सुस्त पाइला चालि नै रहनु छ। यो बैंसमा मनमस्तिष्क यतैतेतै तन्मयतापूर्वक चलि नै रहनुपर्छ, पर्दो रहेछ। आफ्नै पाइला हुन्, हामीलाई गन्तव्यतिर क्रमबद्ध लम्काइरहन्छन्। यही चिन्मय चिन्तनले लुखुरक्याइरहेछ यस घडीसम्म। यसपछि पर्दामै भरपर्नु पर्दो छ। यसमा केको लाज?

लाग्छ सत्यनिष्ठ पाइलाहरूले कर्मनिष्ठ पार्दो रहेछ। सत्यनिष्ठताले कर्मनिष्ठ! कर्मनिष्ठले गन्तव्य निर्धारण गर्दो हुन्छ। जीवन्तअनुभूति ओकल्दै छु। निबन्ध मेरा यी स्वानुभूति रहेका छन्। स्वानुभूति ओकल्नु आफ्नै निर्धक्क इमान धर्मका बाचा बन्धु ठान्छु। परस्परमा हामी सहमतम् बन्छौं। के फरक पर्दो हो। शुभचिन्तनभरि सुकार्यमा लाग्न?

आँखा चिम्ली आएथें, आँखै चिम्ली जानु छ भनेथें। आँखा चिम्ली रहुन्जेल गर्भे बालकले आफ्ना पूर्वजन्मको सबै कुरा सम्झँदा रहेछन्। आँखा उघार्दै च्याँ गर्नेबित्तिकै पूर्वजन्मका सबै दृश्य अलप हुँदा गर्छन्।

मेरा मातापिता, हजुरबाआमाले पनि सुनाउनुभएको झिसमिसिँदै छन् यो स्मृति पटमा। हुन त यी गन्थनमन्थन पूर्वजन्मवादी बुझिन्छन्। पूर्वीय जीवनदर्शन भरिका प्रसंग हुन्। पूर्वीय जीवनदर्शन पनि निर्विवाद कहाँ रहे र? चार्वाकीय जीवनदर्शनले नकारेका पनि त छन्। चार्वाक भन्छन्: भस्मिभुतस्य देहस्य पुनरागमनकुतः? यावतजीवेत सुखम् जीवेत ऋणंकृत्वा, घृतम्पिजेत्। नितान्त भौतिकवादी अनुभूत हुन्छन् चार्वाक।

आँखा चिम्ली आएथें, आँखै चिम्ली जानु छ भनेथें। आँखा चिम्ली रहुन्जेल गर्भे बालकले आफ्ना पूर्वजन्मको सबै कुरा सम्झँदा रहेछन्। आँखा उघार्दै च्याँ गर्नेबित्तिकै पूर्वजन्मका सबै दृश्य अलप हुँदा गर्छन्।

यस दर्शनले ककसलाई प्रोत्साहन दिन्छ, सहृदय पाठकबृन्द महानुभाव आफ्नै विवेकले चिन्तन गर्नुहुन आग्रह यो कलमजीवी प्राणीको। शुभम् भवतु कल्याणम्! किन्तु चार्वाक दर्शनले लुटेरा साँढेहरूलाई प्रोत्साहन गर्छन्।

अतः यो चेत असल नियतबस होसियारीपूर्वक पाइला चाल्नुपर्नेमा विश्वस्त छु। चार्वाक महाशयले झैं ‘ऋणंकृत्वा घृतम् पिबेत’ भन्ने साहस गर्दिनँ। ऋणं कृत्वा घृतम् पिबेतको सट्टा ‘कृत्यं कृत्वा घृतम् पिबेत’ भन्न चाहन्छु। आँखा चिम्लिरहन नपरुन्जेलै! परमार्थको मर्म यही भन्ठान्छु। परम अर्थ=परमार्थ! जीवन सार्थक सन्देश यही नै। जय देश! जय नागरिक ! जय नेपाली जनता समाज!

अतः यो चेत असल नियतबस होसियारीपूर्वक पाइला चाल्नुपर्नेमा विश्वस्त छु। चार्वाक महाशयले झैं ‘ऋणंकृत्वा घृतम् पिबेत’ भन्ने साहस गर्दिनँ। ऋणं कृत्वा घृतम् पिबेतको सट्टा ‘कृत्यं कृत्वा घृतम् पिबेत’ भन्न चाहन्छु।

अहो ! बुद्धमार्गी लामा सम्प्रदायबीच पनि पुनर्जन्मवादी विश्वासिलो धारणा दह्रो रहेको छ। २०४४ जेठ असारतिर सोलुखुम्बु भ्रमणमा पुगेथें। सोलुखुम्बु सगरमाथाको आधारभूमि रहेको छ। त्यहाँको स्याङ्बोचेबाट अमाडब्लाम्, पुमोरी आदि हिमालका चुचुराहरू नजिकबाटै अवलोकन गर्र्दै मग्नमस्त भएथें।

अझै ताजा सम्झना बोकेको मनज्ञ लाग्छ। झसझस भल्यास्स लाग्छ। यो चेतलाई अझै-आजपर्यन्त ! त्यसैताका सायद स्याङबोचे गुम्बामा अवतारी लामा दर्शनार्थी बन्न पाएथें। गुम्बाको सेरोफेरो परिक्रमा गर्ने स्थलगत प्रबन्ध थियो। मैले भक्ति अर्पी प्रत्यक्ष दर्शी बन्ने रहर। उत्कट अभिलाषा साँचेथें मनज्ञ। यो अभिलाषी जिज्ञाशुले।

बालयोगी अवतारी लामा कसरी पहिल्याउने? त्यसका साधनायन्त्र साधना कसरी? जिज्ञाशा राख्दा त्यसै गुम्बाका बुढापाका लामाहरूले बताए। बालयोगी लामाले आफ्ना पैतृक घरमा बस्दाबस्दै उद्घोष गर्ने गर्थे-मेरो पूर्वजन्मस्थल स्याङबोचे गुम्बा हो। त्यहाँ मैले ध्यान उपासना गर्ने कक्ष, ध्यान, पूजापाठ गर्ने कक्ष, खाने थाल, पानी खाने ग्लास आदि छन्।

बालयोगी अवतारी लामा कसरी पहिल्याउने? त्यसका साधनायन्त्र साधना कसरी? जिज्ञाशा राख्दा त्यसै गुम्बाका बुढापाका लामाहरूले बताए। बालयोगी लामाले आफ्ना पैतृक घरमा बस्दाबस्दै उद्घोष गर्ने गर्थे-मेरो पूर्वजन्मस्थल स्याङबोचे गुम्बा हो।

बाल योगी अवतारी लामाले उद्घोष गर्ने गरेको कुरो त्यस गुम्बाका लामाहरूले त्यहाँ लगेथे। नभन्दै बालअवतारीले गुम्बा पुग्नासाथ पूर्वजन्ममा प्रयोग गरेका यावत वस्तु निष्ठापूर्वक बताउँदै गए। त्यसैताका उहाँले आफै अग्रसर भई प्रत्येक कक्ष र स्थान, आसन, सामग्री सामानहरू छुँदै इङ्गित गर्दै गए। अनि उनीहरू सबै विश्वस्त हुँदै गएको बुझें। अन्धविश्वास भित्रका अर्ध विश्वासको बखान गर्दै छु! भवतु सर्व मंगलम्!

प्रकाशित: ९ असार २०८० ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App