२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भाइलेन्ट निर्देशक रेड्डीका एग्रेसिब पात्र ‘रणवीर’

दक्षिण भारतका निर्देशक सन्दीप रेड्डी वांगाले एक भाइलेन्ट निर्देशकका रूपमा पहिचान बनाएका छन्। जुन उनले ‘कविर सिंह’ र ‘अर्जुन रेड्डी’ चलचित्रको निर्देशनबाट प्रमाणित गरिसकेका छन्। उनै भाइलेन्ट निर्देशक रेड्डीको चलचित्र एनिमलले पछिल्ला दिन चलचित्रको पर्दामा धुम मच्चाइ रहेको छ।

रणवीर कपूर, रश्मिका मन्दना, अनिल कपुर मुख्य भूमिकामा देखाइएको बलिउड चलचित्र एनिमलमा बबी देओल पहिलो पटक भिलेनको भूमिका उत्रिएका छन्। यस बाहेक शक्ति कपुर, तृप्ति डमिरी, सुरेश ओबराय, प्रेम चोपडा, उपेन्द्र लिमय चलचित्रका पात्रको रूपमा रहेका छन्।

अनिल रणवीरको बुवाको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएकी छन्। धनाढ्य बुवा अनिल कपुरको माया प्राप्तिका लागि रणवीर कपुर पूरा फिल्मभर तड्पिरहेका हुन्छन्। बुवा अनिल कपुरमाथि ज्यान लिने हमलापछि त रणवीर पूर्ण रूपमा पागल नै हुन्छन्। बुवाको हत्या प्रयास गर्नेलाई समाप्त गर्ने कसम नै खान्छन्। यो काम उनी गर्न सक्छन् कि सक्दैनन्। चलचित्रको मुख्य कथा यही हो।

धनी वर्ग जो, पैसा र प्रतिष्ठाका लागि मात्रै बाँचेका हुन्छ। त्यसकै लागि काम गरिरहेको हुन्छ। जसका कारण परिवारलाई दिनुपर्ने समय दिन सक्दैनन्। एक बालकले आफ्ना बुवाबाट अपेक्षा गरेको माया र समयको कुरालाई चलचित्रका माध्यमबाट देखाउने प्रयास गरिएको छ। बाल्यकालको त्यो हुर्काइले भविष्यमा पार्ने प्रभाव नै चलचित्रको कथा हो।

चलचित्रमा रणवीर कपुर सुरुदेखि अन्तिमसम्म छाएका छन्। रणवीर चलचित्रमा टपफममा देखिएका छन्। रणवीरलाई दर्शकसँग यति जोडिएको छ कि जब रणवीर कपुर फाइट सिनमा कुटाइ खान्छन्। त्यति बेला त्यो पात्रसँगको जोडाइले आभास पाउँछ। मनोरञ्जनका नाममा चलचित्रमा मात्रै एक्सन देखिन्छ। एक्सन र ब्याकग्राउड म्युजिकको त तारिफ नै गर्नुपर्छ। जसलाई साउथ इन्डियन चलचित्रको ज्यानको रूपमा समेत लिइन्छ।

आलोचनाको कुरा गर्दा चलचित्रमा रणवीर कपुरको मुख्य उद्देश्य नै प्रष्ट छैन। एनमिलमा रणवीरलाई एक हिंस्रक जनावरका रूपमा उत्रारिएको छ। बन्दुकलाई जसरी प्रदर्शन गरिएको छ यसको कुनै कारण नै देखिन्न। चलचित्रमा रणवीर कपुर बाहेक अन्य कुनै पनि चरित्र माथि लगानी नै गरिएको छैन भन्दा फरक पर्दैन।

चलचित्रको पहिलो हाफले दर्शकलाई बाधेर राखेको छ। जसमा दर्शकले चलचित्रलाई भिडियो गेम जसरी खेलिरहेका हुन्छन्। दोस्रो हाफले भने थोरै प्रेसर महशुस गराउँछ। यदि तपाईँलाई ‘कविर सिंह’ र ‘अर्जुन रेड्डी’ले परेशान गरेको थियो भने यो चलचित्रले अझै परेशान गर्नेछ।

अर्थ सङ्कलनको कुरा गर्ने हो भने, पछिल्लो दुई दिनयता नेपाल र भारतसँगै भारतमुलका नागरिक बस्ने मुलुकहरूका सिनेमा घरमा एनिमलले धुम मच्चाइ रहेको छ। चलचित्रले एडभान्स बुकिङमा गदर–२, टाइगर–३ र वारको रेकर्ड तोडेको छ। समाचार एजेन्सी पिटिआइका अनुसार चलचित्रले पहिलो दिन विश्वभरको बक्स अफिसमा एक सय १६ करोड भारतीय अर्थात एक सय ८५.६ करोड रुपैयाँको संकलन गर्न सफल भयो।

भारतमा पहिलो दिन कमाइ गर्ने सूचिमा एनिमल तेस्रो नम्बरमा छ। यसअघि जवानले ६५.५० करोड, पठानले ५५ करोड र एनिमले ५४.७५ करोड कमाउन सफल भएका थिए। यस्तै केजिएफ–२ हिन्दीले ५३.९५ र वारले ५१.६० करोड संकलन गरेका थिए।

हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा आएको यो चलचित्रले समग्र भारतमा ६३.८० करोड भारु नेट ओपनिङ ग¥यो। जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ।

शुक्रबार भारतमा कुनै बिदा थिएन, नत कुनै विशेष पर्व वा श्रृखला नै थिए, सुपरस्टार केमियो समेत थिएन, एडल्ट सर्टिफिकेट, ३ घण्टाभन्दा लामो रनटाइम र अर्को फिल्मसँग भिडेपनि ‘एनिमल’को यो कमाइ आक्रामक हो। विक्की कौशल स्टार र भारतीय फिल्म ‘साम बहादुर’ले सकारात्मक समीक्षा प्राप्त गरेपनि खराब ओपनिङ गरेको छ। 

भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको चलचित्र एनिमलको कथा निर्देशक सन्दिप आफैले लेखेका हुन्।

प्रकाशित: १७ मंसिर २०८० ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App