२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

प्रकृति पर्यावरण: सांस्कृतिक चाड

प्रकृति विश्व विधाता। पर्यावरण प्रकृतिकै प्रजनन। यावत् प्राणी प्राकृतिक पर्यावरणकै सन्तति। पर्यावरणअनुरूप प्राणी प्रजनित छन्। विश्वको प्रकृति एकनास छैन। यसै हेतु बस विश्वका जीवजन्तुका रूपाकृति समान छैन। कहीँ सिंह छन्। कतै बाघ त कतै सेता भालु। काकाटु हुने ठाउँमा मैना दुर्लभ। ठूला निला झिँगा सेता किरा बिस्ट्याउँछन्। चितुवा, भालु रुख चढ्छन्। बाघ, सिंह प्रजातिका जंगली जन्तु सक्दैनन्। काकाटु मिठासपूर्ण स्वर गायन गर्छन्। काग उराठ लाग्दो ध्वनि बर्साउँछन्। विविधतायुक्त प्राणी विश्व वैविध्यजन्य विशाल सम्पदा। विविधता विश्व विशेषता। यसमै निहीत छ हाम्रा गौरवपूर्ण मान–सम्मान वर्चस्व।  

प्रकृति, पर्यावरणसित रम्दै, जमर्किंदै आदिम नर–नारीले श्रीवृद्धि गरे। श्रीवृद्धिनिम्ति लगन चाहिन्छ। प्रत्येक सिर्जनशील क्षण समान हुन्न। प्रत्येक नरनारीका लागि आआफ्नै हुन्छन्। सिर्जनशील क्षण मुहूर्तमुखी हुन्छन्। त्यसै समयमा हामी सिर्जना गर्छौं। सिर्जना अनुपम हुन्छ। हामी सिर्जनशील बन्न चाहन्छौं। मानिसलाई सिर्जनाले मानव तुल्याए। मानव उपकारी बन्छ। सिर्जनाले बहुजनको हित गर्छ। मानविभित्र सदाबहार उपकारी भाव चिन्तनमय हुन्छ। सद्चिन्तन नै मानवीय चेत बनेको हुन्छ। सद्चिन्तन स्वस्थ हुन्छ। सद्चिन्तनले हामीलाई स्वस्थ सदाबहार बनाउँछ, राखिराख्छ। आरोग्यको आधार कुञ्ज निकुञ्ज नै यही ठान्छु।  

उमेरले बय दुर्बलाउँदो छ। स्वानुभूति ओकलिरै’छु। स्वानुभव जति पुट लाग्दो तत्व ज्ञान अरू के? आफ्नै निष्ठाभित्रको चेष्टा यो। चेष्टा दान जस्तो महादान अरू के? आफैसित साहुतिन्छु। रमाउँछु आफैसित। शरीर नहल्लिए नि मन आकासिन्छ। मन आकासिँदो जति उडान अन्तरीक्षयान नि नसकिँदो हो। भित्रभित्रै गुनगुनाउछु। शुभचिन्तक हितैषीका हितकारी शुभकामना फल यो। यिनै रटनामा मग्नमस्त छु। मग्न–मस्ति नै सुखानुभूति। यो भए अरू के गर्ने? सुखानुभव लोक यस्तै हुँदो अजंमाउछु। भित्रभित्रै! सदाबहार चिन्तनचित्त सदा सुखद् श्वासप्रश्वास! प्रकृति पर्यावरण–सांस्कृतिक चाड!

प्रकृतिले पर्यावरण निर्धारण गर्छ, गर्‍यो। पर्यावरणले जीवनजगत्को आवरण बनायो। सबै बुझक्कड बुझ्छन् यस तथ्य। मानिस प्राणीले दुई पाइतालाले हिँड्न थाले। जब दुई हातलाई उपयोग गरे। प्रारम्भिक चरणमा सिधा उभिन नसक्दो मानिस सनैसनै सोझिए। विकास क्रममा पाना पल्टाउँदा भेटिन्छ। लाग्छ कसैले नि सदियौँ गुजारा गर्नुपरेको आख्यानका व्याख्यान पढिन्छन्। वैदिक सूत्राधार क्रमिक पारामा श्रवण सूत्रबाट क्रमिक तवरले पठन पद्धतिमा परिणत भए। क्रमिक तवरले विद्युत तरङ्गले सर्वसुलभ तुल्याए। पुर्खाले नपाएका अनुभूति हाम्रा भोग चलन भए। क्रम निरन्तर रहने छन्। देवागत अन्तरिक्षमै उलटपलट नभइदिए। प्रकृति पर्यावरणीय संरचनामा उल्कापात भइ नदिए।  

प्रकृति पर्यावरण–सांस्कृतिक चाड बहुआयामिक चर्चा! पल्टाई पल्टाई हर्दा आयामहरू भेटिन्छन्। आयामका अर्को आयाम फेला पर्छन्। खोज अनन्त अन्त। एक प्राप्तिले अर्कोतिर पछ्याउने प्रेरणा अङ्कुराउँछ। रक्षा शक्तिले अनन्ततिर प्रेरित गर्छ। स्वस्थ चिन्तनले सफलताको मार्ग प्रशस्त गर्छ। सफलताका लागि स्वरूप चिन्तन! हाम्रो उपासना मन्त्र! स्वस्थ चिन्तन उपासनाको मार्ग उत्तम! ज्ञान मार्ग फराकिए विज्ञानका व्यावहारिक प्रयोगले। विज्ञान व्यावहारिक। व्यावहारिक प्रत्यक्षीकरण। प्रत्यक्षीकरण मूर्त रूप। मूर्त सार्वजनिक अवलोकनार्थ। अमूर्त चिन्तन तत्व। मूर्तले प्रत्यक्ष दर्शन दिन्छ। अमूर्तले मननको क्षितिज उचार्छ। हाम्रो प्रकृति चिन्तनमुखी बन्छ। यसै ध्याउन्नमुखी बन्दै लम्ब्याउँदै छु श्वासप्रश्वासलाई। शुभेच्छा सद्भावुक महानुभाव बृन्दका...! जय कल्याण पृथ्वीको!

हाम्रा यावत संस्कृति चाडपर्व प्रकृति पर्यावरणकै वरपर रुमलिरहेका छन्। हाम्रा यावत संस्कृति संसारभरिकै समाज अँगाल्छ। संसारभरका सांस्कृतिक संस्कारहरू समान छैनन्। आआफ्नै प्रकारका छन्। फरक खाले प्रकरणका मूल कारक तत्व प्रकृति, पर्यावरण, जलवायु रहेका छन्। फरक प्रकरणका जरोकिलो प्रकृति पर्यावरणै। मौसमको निर्धारक प्रकृति नै। प्रकृति विरुद्धम् नाचरनियम्, संस्कृत वाङ्मय भन्छ। यसमा विश्वस्त छु। प्रकृति अनुकूल चल्नेको केही दया लागोइन। निकट भूतको अनुभूतिले पुष्ट गराएका छन्। नचेत्नुका परिणाम परिणति आँखाअगाडिका साक्ष छन्। सञ्चार माध्यमले सुलभ बनाएका छन्। औलादोला छौं हामी। वसन्त ऋतुसितै फागु मचाउँछौं। होली मच्याउन चिर गाड्छौं। चिर गाड्नु सांस्कृतिक संस्कार। संस्कार संस्कृतिकै पूर्वाचरण। पूर्वाचरण संस्कृतिको पहिलो खुड्किलो। चरण पहिलो प्रस्थान÷चरण पाइला। पहिलो पाइलाले सयौं कोसको यात्रा हाँक्छ। गान्धीले महात्मा वाणी दिए। उक्ति संस्कृतिका अग्रगव्य उद्घोष!

नेपाली चाडपर्वका प्रस्थानबिन्दु वसन्तपञ्चमी। ऋतुराज वसन्त। प्रफुल्लता वसन्तबहार। बहारले पर्वाउँछ मनैभरि मनज्ञ उमङ्ग। उमङ्गले उल्लास छचल्काउँछ। उमङ्गले आत्म सन्तुस्ति। यिनैले अङ्गअङ्ग नचाउँछ। नाच्दो अङ्गले मन प्रफुल्याउँछ। शरीरका अङ्ग प्रफुल्ल हुँदा स्वस्थ बन्छ जीवन। स्वस्थ जीवन चिरायु बन्छ। चिरायु जीवन मृत्युञ्जयी होइन। मृत्युलाई उछिन्दै अगाडि बन्नु। मृत्यु उछिन्दै बाँच्न प्रकृति पर्यावरणको पृष्ठभूमि प्रयाप्तिन पर्छ। प्रयातिनुको तात्पर्य सम्पूणता बटुल्नुसित छैन। प्रयाप्त त्यतिन्जेल अनुभूत गरिन्छ परिस्थिति परिवेशजन्य आवश्यक जीवनदायी सचेतना जगाउने हिम्मत हैसियत आत्मसात गरिन्छ। प्रकृति पर्यावरण सांस्कृतिक चाड यो वा त्यो बहानामा पुर्खाले युगान्तकारी सांस्कृतिक चाड सम्पदा सिर्जना गरेका हुन्।  

विश्व सांस्कृतिक मुहार एक समान छैन। प्रकृति पर्यावरण विश्वभर उस्तै छैन। भूअवस्थिति उस्तै छैन। अन्तर छ– पर्यावरण। फरक पर्यावरणवश रहनसहन बेग्लाबेग्लै भए। संस्कार, सांस्कृतिक चाडपर्व आआफ्नै भए। रहेर पनि आफ्नै कित्ता काँटमा छौं। सांस्कृतिक रीतिरिवाज आफ्नै भए। वैविध्य यही त हो। वसन्तलाई ऋतुराज मानिएर वासन्ती उमङ्ग–तरङ्गको कदर गरें। स्थावर जङ्गम यावत पुनर्जीवन जगाउँछन्। विश्व गोलार्धको हुबहु खण्डमा। हिमवत खण्ड त हाम्रो भूमि नै। तर, हाम्रा शिखरवर्ती चुचुराहरू हिमकै घर रहेका छन्। हिमालय हिमको आलय! उच्च शिखरीय भूभागका अफ्रिकी मुलुकहरूमा पनि हिमचुलीहरू छन्। नभएका कहाँ र? त्यहाँ कामकाज र बर्षौंवर्ष बसोबास गरेका अनुभवी आफन्तले सुनाए। ज्ञानका अनेक स्रोतमध्ये एक थिए। त्यो बेलाको ज्ञान सूचना यो! आधुनिक सञ्चार वैज्ञानिक साधनाले घरैपिच्छे यो सुविधा साधन संयुक्त छन्। भविष्य कति सुविधाजनक हुँदो हुन्? अथाह अकल्पनीय! न भूतो न भविष्यति, पौराणिक आख्यान। सदाबहार लाग्छ।  

प्रकृति पर्यावरण सांस्कृतिक चाड हाम्रो राजधानी उपत्यकाका काठमाडांै, ललितपुर, भक्तपुर आआफ्नै तौरतरिका अपनाउँछन्। एक आपसमा मेल खान्नन्। वसन्त बहारमा कान्तिपुर सेतो मत्स्येन्द्रनाथ यात्रा गर्छन्। भक्तपुर भैरव भद्रकाली रथ यात्रा गर्छन्। लिङ्गनेत्थान गर्छन्। उल्लास मान्छन्। ललितपुर रातो मत्स्येन्द्रनाथ यात्रा गर्छन्। जावलाखेल मैदानमा भोटो जात्रा मनाउँछन्। राष्ट्रकै दीर्घकालीन चाडपर्व। यसरी नै बनेपा, खुपासी, धुलिखेल आआफ्नै चाडपर्व। राष्ट्रका पूरै जिल्ला आफ्नै मतापमा। मुस्ताङ, मनाङजस्ता हिमवतखण्ड स्थानीय पर्यावरण जलवायु अनुरूप पहिरनमा नाचगान गर्छन्। पदचाप चाल्छन्। दैलेख, डोटी, सिलगढीमा पनि स्थानीय पर्यावरण अनुकूल सांस्कृतिक चाडपर्व चलाउँछन्। धनकुटा, पोखराको त कुरै छाडौं। यिनका आफ्नै बखान थाहा छ। आम नेपालीलाई नै। 

प्रकाशित: २५ भाद्र २०७९ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App