१६ वैशाख २०८१ आइतबार
image/svg+xml
ब्लग

पहिलो अनुभवमै ‘अन्नपूर्ण आधार शिविर’! भएन न त मजा

पानीसँगै असिना अनि हिउँ, वाह् सप्तरंगी अनुभव

धेरै जनामध्येबाट थोरै हुन्छन्, हिमाल आरोहणको सपना देख्नेहरु। ती मध्ये अझै थोरै हुन्छन्, ती सपना पूरा गर्नेहरु। हिमाल आरोहण गर्न साहस नहुनेहरुको अर्को सपना बन्न सक्छ, आधार शिविरसम्मको यात्रा। त्यही आधार शिविर यात्राको सपना देख्ने एउटा पात्र थिए म।

जीवनमा एकचोटी अन्नपूर्ण आधार शिविरसम्म पुग्ने सपना थियो मेरो। त्यहि सपनालाई पूरा गर्न गत चैत १० गते अन्नपूर्ण आधार शिविरको यात्रामा निस्किए म। यो यात्रामा निस्किदै गर्दाको उत्साह एकातर्फ थियो भने कसरी जान सक्छेस् भन्ने प्रश्नहरुले गर्दा सक्छु र भन्ने सोच अर्कोतर्फ थियो। यहि दोधारबीचको यात्रामा निस्किदै गर्दा अन्नपूर्ण आधार शिविर जसरी नि पुग्छु भन्ने प्रण चै गरेको थिए। मेरो सपना पुरा गर्न मैले लामो यात्रा तय गर्ने निधो गरे।

यो यात्रामा संगै हुनुहुथ्यो एनिका राई दिदि। दुबैको गतव्य एउटै, ‘अन्नपूर्ण आधार शिविर’। पोखराबाट ‘हुदु’ भन्ने ठाउँसम्मको यात्रा गाडीमा सुरु ग¥यौं। पोखराबाट घान्दु्रक हुँदै पनि आधार शिविर जान सकिँदो रहेछ। हामी भने हुदुको बाटो हुँदै गर्यौं। हुदुबाट २ घण्टाजति हिडेर हामीले पुनः गाडीको यात्रा गर्यौ। गाडीले हामीलाई ‘झिनु’ पुर्याइदियो। त्यसपछि सुरु भयो वास्तविक पद यात्रा।

झीनुबाट सिधै उकालो पहाड चढनु पर्छ। बाटो भने कतै राम्रो छ कतै अलि बिग्रिएको। उकालो चढेर झिनुको डाँडामा पुगेर तलतिर हेर्दा लाग्छ कसरी हिडियो यति धेरै उकालो? त्यसपछि आउँछ छुम्रुङ। माथि डाँडाबाट हेर्दा छुम्रुङ असाध्यै राम्रो देखिन्छ। गाउँको बीचबाट हिड्ने बाटो, ढुङ्गा हालेका घरको छाना अनि हरियाली बाताबरण। छुम्रुङलाई छोड्दै ओरालो झरेपछि नदि आउँछ अनि त्यसपछि आउँछ ‘सिन्हा’को बाटो।

पहिलो दिन सिन्हामा गएर बस्यौं। होटलको सत्कार र संचालकहरुको व्यवहार लोभ लाग्दो थियो। होटलकी दिदि भन्दै हुनुहुथ्यो, ‘नेपाली पर्यटकहरुलाई हामीले कम पैसा लिन्छौं। यसले नेपाली पर्यटकहरुको आगमन पनि बढुन् भनेर हो।’ यो पक्ष मलाई निकै मन परेको थियो। मानविय स्वभाव नै हो, सस्तो फेला पारेपछि खुसी हुने।

दोस्रो दिन बिहानी खाजा खाएपछि हाम्रो पाइला अगाडि बढे। हामी जतिसक्छौं त्यति लामो बाटो हिड्ने भनेर अगाडि बढेका थियौं। बाटोमा बेस क्याम्प जाँदै र आउँदै गरेका स्वदेशी र बिदेशी पर्यटकहरु बाक्लै भेटिन्थ्ये। थकित भएपनि भेटिएपछि एकअर्कालाई गरिने त्यो मुस्कानसहितको नमस्कारले ती थकान सबै मेटिन्थ्ये। त्यहि बेला बुझे मैले एक मुस्कानले मानिसलाई कति प्रेरणा मिल्छ भनेर। अझ पदयात्रामा ‘मुस्कान’ आत्मबलका लागि कम्ता चाँहिदैन।

सिन्हाबाट हिडेको हामी दोभान पुग्दा मौसममा केहि परिवर्तन भयो, पानी पर्ला जस्तो भयो। दोभानबाट हामी केही अगाडी बढ्दै गर्दा ठूलो पानी नै पर्यो। पानीसंगै असिना पनि। पानीसंगै रुझदै हामी देउराली पुग्यौं। त्यहा पुग्दा त हिउँ नै पर्न थाल्यो। आहा! हिउँ । यसरी हिउँ परेको मैले जीवनमा पहिलो चोटी प्रत्यक्ष रुपले देखेकी थिए।

हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको दुखाई कहिलेकाहि लाग्थ्यो सक्दिन की के हो?

हिउँको रमाइलोसंगै हामी हिंडिरहयौं। धेरै हिउँ परेकाले हिड्नलाई भने असहज भएको थियो। ओडार भन्ने ठाउँबाट देउरालीसम्म पुग्ने बाटोमा भने हिउँपहिरो जाँदो रहेछ। हामीलाई अन्य व्यक्तिहरुले भन्दै थिए यहाँ त हिउँपहिरो जान सक्छ, अलि छिट्टो छिट्टो हिड्नु। बल्ल बल्ल यात्रामा निस्किएको म, हिउँपहिरोको डरले उत्तिकै सतायो।  

तेस्रो दिन बिहान देउरालीबाट हामी अगाडि बढ्यौं। धेरै हिउँ परेकोले हिड्न गाह्रो थियो। बाटो पुरै हिउँले छोपिएको। हिउँमाथिबाट बनेको बाटो हिड्नुपर्ने। तर हिउँले छप्पकै छोपेको हिमाल, अनि आइरहेको चिसो सिरेटो त्यसले छुट्टै उर्जा दिथ्र्यो। त्यहाँबाट हामी खोलाको किनारै किनार अगाडि बढ्यौं। देउरालीबाट अगाडी बढ्दाको बाटो भने त्यति राम्रो छैन्। वर्षेनी हजारौें यात्रा गर्ने बाटोको हालत देख्दा दुःख लाग्यो। सरकारसँग गुनासो पनि उत्तिकै। हाम्रो कर–कर सुनेर होला बाटोमा भेटिएका ट्रेकिङ्ग गाइड दाईहरुले भन्दै हुनुहुन्थ्र्यो, ‘अब बनाउँछ होला यहाँको पनि बाटो।’

त्यसपछि हामी पुग्यौं माछापुच्छे« बेस क्याम्प। माछापुच्छे« बेस क्याम्प ३ हजार ७ सय मिटरको उचाइमा छ। त्यहाँ पुग्दा मलाई लागेको थियो कोही साच्चिकै घुम्ने योजना बनाउदै छन् भने अन्नपूर्ण बेस क्याम्पको यात्रा राम्रो हुन सक्छ। माछापुच्छे« बेस क्याम्पबाट करिब २ घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प पुगिदो रहेछ। हामी त्यो रात अन्नपूर्ण बेस क्याम्प नै बस्ने भनेर अगाडि बढ्यौं।

जति जति हामी माथि पुग्थ्यौं, त्यति नै हामीलाई गाह्रो भएको जस्तो महसुस हुन्थ्यो। हिउँको बाटोलाई छिचोल्दै हामी अगाडी बढ्यौं। बेस क्याम्प पुग्नै लाग्दा ठूलो हावा चल्यो, हिउँहरु उडाएर बाटो नै देखिन छाड्यो। त्यो बेला भने मेरो मन चिसो भएको थियो। केहि त हुने होइन भनेर। त्यो समयमा मलाई टाउको दुख्नुका साथै सास फेर्न गाह्रो भएको थियो। तर केहि समयपछि हावा चल्न रोकियो हामी गतव्यतर्फ बढ्यौं। झण्डै आधा घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प लेखिएको ठाउँमा पुग्यौं। त्यहाँ पुग्दा मेरो खुशीको सिमा नै थिएन्। हामी त्यो रात बेस क्याम्प नै बस्यौं।  

हाम्रो यात्रामा भेटिएका थिए ट्रेकिङ्ग गाइड तेन्जिङ नोर्वे शेर्पा। उनले थाइल्याण्डको टिम लिएर जाँदै थिए। हामी सिन्हादेखि नै त्यही टीम संगसंगै थियौं। हामीसंग उनले गरेको व्यवहार कम्ता अभिभावकिय थिएन्। बाटोमा अन्य गाइडहरुसंग पनि हामी गफ गर्दै गएका थियौं। केहि राम्रैसंग बोलेका थिए केहिको बोलाई असामान्य थियो। असामान्य बोल्नेहरुलाई देखेर मलाई लागेको थियो सबै क्षेत्रमा एउटा न एउटा नराम्रा मान्छे हुँदा नै रहेछन्।  

थकित भएर बेस क्याम्पमा पुगेका हामीलाई रमाइलो गर्न भने थकानले छेकेन राती ११ बजेसम्म नाचेर बस्यौं। सुनसान बेस क्याम्प,स्पीकरमा बजेको गीत छेक्यो छेक्यो देउराली डाडा कुइरो र हुसुले अनि हामी दुई जना र हामी संगै गएको ग्रुपको नाच। मैले सोचेको पनि थिइन त्यस्तो थकित हुँदा नी त्यति रमाइलो गरिन्छ भनेर।

भोलिपल्ट हामी सुर्य उदाएको हेर्ने योजनामा थियौं। बिहान उठेर हामी सुर्य उदाएको हेर्न निस्कियौं। चारैतिर हिमालले घेरेको, हिमाललाई हिउँले छपक्कै छोपेको अनि हिमालको टुप्पोमा बिहानी सुर्यको किरण वर्णन गर्ने कुनै शब्द नै छैन्।

केहि फोटो र भिडियो खिचेपछि हामी बेसक्याम्पबाट फर्कियौं। फर्किदै गर्दा मलाई लागेको थियो अब जीवनमा मैले यस्तो यात्रा गर्न सक्छु कि सक्दिन्। यसरी पुरा गरे मैले मेरा एउटा रमाइलो सपना।  

प्रकाशित: ३० जेष्ठ २०८० ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App