१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

‘बिचरा’ प्रधानमन्त्री !

जब जनतामाझ नेतृत्वको खराब ‘इम्प्रेसन’ पर्छ, सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन्। यस्तै प्रतिक्रियाको सिकार भएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल। 

गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नव विवाहित नातिनी–ज्वाइँ र उनका परिवारलाई भेटेको तथा हेलिप्याडमा बिदाइ गर्दे गरेको तस्बिर बुधवार दिउँसैदेखि विभिन्न सामाजिक सञ्जालहरूमा भाइरल भयो।

तस्बिर झट्ट हेर्दा प्रधानमन्त्रीले नव विवाहित नातिनी–ज्वाइँलाई घुमाउन सेनाको हेलिकोप्टर प्रयोग गरेको जस्तो देखिन्छ। तस्बिरको पृष्ठ भागमा नेपाली सेनाको हेलिकोप्टर छ। प्रधानमन्त्री दाहालसँगै भर्खरै काठमाडौँको गोकर्ण रिसोर्टमा विवाह भएकी नातिनी, नातिनी ज्वाइँ अनि ज्वाइँतर्फका आफन्त देखिन्छन्।

मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेर ‘अब म क्रमभङ्ग’ गर्छु र ‘फरक ढङ्ग’ ले हिँड्ने प्रतिवद्घता जनाएको प्रधानमन्त्री दाहाल वुधबार दिउँसो मात्र सार्वजनिक भएको तस्बिरका कारण अनाहकमा आलोचित बने। प्रमको त्यो तस्बिरले उनको वाचालाई उल्लाएको भन्दै धेरैले आलोचना र टिप्पणी गरे।

सामाजिक सञ्जालमा उक्त तस्बिर राख्दै कमेन्ट गर्नेमा राजनीतिक नेतारकार्यकर्ता, पत्रकारदेखि सर्वसाधारण समेत थिए।

‘हिजोको त्यो सुशासनको भाषण, आजको यो गति,’ सामाजिक सञ्जालमा अर्जुन पोखरेल लेख्छन्, ‘छोरी नातिनी र आफन्तका साथ हेलिकोप्टरमा सरर ।।।’

पोखरेलले भनेको जस्तो उक्त हेलिकोप्टर चढेर प्रधानमन्त्री  आफन्तका साथ हेलिकोप्टरमा सरर।।।। गरेको भए सायद यो आलोचना सान्दर्भिक ठहरिन्थ्यो।  भनिन्छ, ‘एउटा तस्बिरले हजार शब्द बोल्छ। तर कहिले कहीँ थोरै साँचो नबोल्न पनि सक्छ। त्यसैले तस्बिरले नबोलेको अर्को पाटो पनि हर्नुपर्ने हुन्छ। कतै प्रधानमन्त्रीलाई भेट्न आएका आफन्तले बिदाइको क्रममा खिचेको तस्बिर पनि हुन सक्छ। यो सायद तस्बिर खिच्ने प्रधानमन्त्री सचिवालयका फोटोग्राफर प्रदीपराज वन्तलाई थाहा होला।

प्रधानमन्त्री सचिवालयका फोटोग्राफर वन्तले प्रधानमन्त्री संलग्न उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि तनावमा आए। उनले तस्बिरको वास्तविकता प्रस्ट्याउने प्रयत्न गरे। र, भने, ‘बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्याल्चोक, गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया आौपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नव विवाहित नातिनिज्वाईँको परिवारलाई भेटेको तथा हेलिप्याडमा बिदाइ गर्दा मैले कैद गरेको तस्बिर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढङ्गले तस्बिरलाई लिएर अनावश्यक भ्रम नछर्न हार्दिक अनुरोध गर्दछु।’

त्यस्तै त्यहाँको कार्यक्रमबारे प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) को जनतासँग रूपान्तरण अभियान अन्तर्गत वारपाक सुलिकोट गाउँपालिको ८ वडामा पुगेको जनाएको छ। यसबाट के बुझिन्छ भने प्रधानमन्त्री सरकारी हेलिकोप्टर प्रयोग गरेर पार्टीको कार्यक्रममा गोरखा पुगेका हुन्। पार्टीको काममा सेनाको हेलिकोप्टर प्रयोग गर्नु कति जायज नाजायज तर्क यसमा गर्न सकिन्थ्यो।

तर तस्बिर खिचेको आधारमा मात्रै त्यसैलाई आधार बनाएर खेदो खन्नु अलि धेरै भयो कि ? बिचरा प्रधानमन्त्री !

प्रकाशित: १२ पुस २०८० ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App