२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुट्टी खोलामा निर्माण गरिंदै छ सुविधासम्पन्न घाट

सिरहाको लहान नगरपालिका-४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ।

नगरपालिकाको दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगर प्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका थिए।

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउन लागेको नगर प्रमुख चौधरीले बताए। भवन दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुने छ।

अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ। घाटमा किरियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत  संरचना पनि निर्माण गरिने छ।

प्रकाशित: ८ वैशाख २०८१ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App